सिलोन, ११ साउन । भारतीय पूर्व राष्ट्रपति डा एपीजे अब्दुल कलामको उपचारको क्रममा मेघालयस्थित बेथानी अस्पतालमा सोमबार निधन भएको छ । उनी ८३ वर्षका थिए ।
सिलोनको ‘इन्डियन इन्स्टिच्यूत अफ म्यानेजमेन्ट’ नामक एक क्याम्पसमा प्रवचन दिने क्रममा अकस्मात बेहोस भई ढलेपछि उनलाई अस्पताल लगिएको थियो ।
डा कलामले भारतको राष्ट्रपतिको रुपमा सन् २००२ देखि २००७ सम्म सो पदमा रही कार्यभार सम्हालेका थिए । उनको जन्म दक्षिण भारतको रामेश्वरम्मा सन् १९३१ अक्टुबर १५ मा एउटा माझी परिवारमा भएको थियो ।
उनलाई भारतका ‘मिसाइल म्यान’ का रुपमा पनि चिनिन्थ्यो । भारत सरकारले उनको निधनमा एक हप्ताको राष्ट्रिय शोक घोषणा गरेको छ ।
यसैबीच भारतीय गृहमन्त्री राजनाथ सिंहले ट्वीट गर्दै भारतका पूर्व राष्ट्रपति डा एपीजे अब्दुल कलामको आकस्मिक निधनले साह्रै दुखित भएको उल्लेख गरेका छन् । उनले कलाम सिङ्गोपुस्ताका लागि एक प्रेरणा हुनुहुन्थ्यो भनेका छन् ।
पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकलाई बिहीबारभित्र अनुसन्धान पूरा नभएमा हिरासत मुक्त गर्न सर्वोच्चको आदेश
इरान र अमेरिकाबीच ४५ दिने युद्ध विराम प्रस्ताव
नेपाल पत्रकार महासङ्घ र सञ्चारमन्त्री तिमिल्सिनाबीच सरकारी विज्ञापनसम्बन्धी छलफल
नेपालमा लगानीको लागि अभिप्रेरित गर्न विश्वमा छरिएर रहेका नेपालीहरूलाई राष्ट्रपति पौडेलको आग्रह
पर्वत समाज यूकेको च्यारिटी डिनर कार्यक्रम सम्पन्न, झण्डै १४ हजार पाउन्ड संकलन
जितबहादुर सिंजाली मगर साहित्य प्रतिष्ठानद्वारा विभिन्न पुरस्कार घोषणा
लन्डन दूतावासमा २५ अप्रिलमा नेपाली बालबालिकाका लागि ‘वान चाइल्ड, वान प्लान्ट’ कार्यक्रम हुने
संसद्मा रवि लामिछानेको उद्घोष – ‘एकपटकको नेपाली सधैंको नेपाली’को वाचा पूरा गरेरै छाड्छौं
भूपू गोर्खाहरूलाई नागरिकको दर्जामा राख्न नेपाल सरकारसँग सांसद हर्कराज राईको माग
नेपालमा हवाई इन्धनको मूल्य बढ्यो, अमेरिकामा पेट्रोलको मूल्य सन् २०२२ यताकै उच्च