
लन्डन । नेपाली समाज नटिङ्घम यूकेले आउँदो २७ जुलाईमा चौंथो मिडल्याण्ड नेपाली मेला आयोजना गर्ने भएको छ ।
थोर्प आर्नोल्ड क्रिकेट क्लब परिसरमा आइतबार आयोजित पत्रकार सम्मेलनमा समाजका अध्यक्ष लोकनाथ अधिकारीले नटिङ्घमको मेलबर्न पार्कमा नेपाली मेला गर्न लागिएको जानकारी दिनुभएको हो । उहाँले मेलालाई मिडल्याण्ड मात्र नभएर बेलायतवासी समस्त नेपालीले पर्वका रुपमा मनाउने समेत बताउनुभयो । उहाँका अनुसार मेलाको तयारी भइरहेको छ ।
मध्यान्ह १२ बजेदेखि सुरु हुने मेलामा भलिबल तथा फुटबल जस्ता खेलकुद गतिविधि, खाना, हस्तकला र च्यारिटीका स्टल, राष्ट्रिय कलाकारहरुका साथ सांस्कृतिक प्रस्तुति एवं बालबालिकाका लागि बाउन्सी क्यासल र ‘फेस पेन्टिङ’ समावेश हुने उहाँले बताउनुभयो । यस्तै मेलामा मौलिक नौमती बाजा, थपडी र मादलमा तीजको मौलिक नाचगान, भजनकीर्तन, लाखे नाचसहितका सांस्कृतिक आकर्षण, कबड्डी, घैंटो फोर्ने खेल, पत्नी बोक्ने दौडजस्ता थुप्रै मनोरञ्जनात्मक खेल पनि खेलाइने अध्यक्ष अधिकारीले जनाउनुभयो । आकर्षक पुरस्कारहरुसहितको राफल ड्र पनि गरिने छ ।
नेपाली कला संस्कृति, परम्परा, धर्म र नेपालीपन झल्काउने उद्देश्यका साथ शुरु गरिएको मेलामा मिडल्याण्डका १० भन्दा बढी संस्थाहरुको सहकार्य रहने पनि अध्यक्ष अधिकारीले बताउनुभयो । उहाँले सहभागिताका लागि सबैमा अपिल पनि गर्नुभयो ।
मेलामा स्थानीय सांसद एलेक्स नोरिस, नेपाली राजदूतासका कार्यवाहक राजदूत विपिन दुवाडीलगायत झण्डै ५ हजार दर्शकको उपस्थिति रहने अपेक्षा गरिएको छ ।
पत्रकार सम्मेलनमा संस्थापक अध्यक्ष रणबहादुर केसी, पूर्वअध्यक्ष विष्णु चालिसे, गोविन्द खरेल, पूर्वअध्यक्ष प्रवीण ओझा, सल्लाहकार शेखर कँडेल, पूर्वअध्यक्ष दीपक सापकोटा, महासचिव डिलाराम गौतम, मेलाको एक प्रमुख सहयोगी संस्था साझा नेपाली समाज यूकेका अध्यक्ष नारायण फुयाँल,महासचिव शशांक शर्मालगायतले मेलाबारे बोल्नुभएको थियो ।
मेला गर्न २० हजार पाउण्ड खर्च लाग्ने अनुमान आयोजकको छ ।
नेपाली समाज नटिङ्घम यूकेले आगामी २७ जुलाईमा चौंथो मिडल्याण्ड नेपाली मेला आयोजना गर्ने
बेलायतका प्रधानमन्त्री स्टार्मरमाथि पद छोड्न राजनीतिक दवाव, राजीनामा घोषणाको अपेक्षा
राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशन भरतपुरमा उद्घाटन
नेपाली ‘डायस्पोरा’लाई मातृभूमिमा लगानी गर्न दूतावासको आग्रह
वेल्समा नेपाली टोलीबीच मैत्रीपूर्ण फुटबल : १–१ गोलको बराबरीमा सकियो
मेरो मेनोपज यात्रा: मौन पीडाबाट आत्मविश्वाससम्म
पूर्वगोर्खा वृद्ध, वृद्धा नेपालीमाथि बेलायतमा आक्रमण
स्कटल्याण्डमा सेलरोटी बिक्रीबाट मन्दिरका लागि दुई घण्टामै ४०० पाउन्ड संकलन
बेलायतसहित अन्तर्राष्ट्रिय बजारमा चलचित्र ‘पेन्सन पट्टा’
फिफा विश्वकप फुटबल : उरुग्वे-साउदी अरब तथा स्पेन-केप भर्डेलबीचको खेल बराबरी