नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?

लन्डन । नेपाल पत्रकार महासंघ यूके शाखाको भर्चुअल बैठक आगामी कार्यक्रम, सल्लाहकार चयन, सदस्यता विस्तार तथा विविध संस्थागत विषयहरूमा महत्त्वपूर्ण निर्णय गर्दै सकिएको छ ।

शाखाकी अध्यक्ष विमला सेनेको अध्यक्षतामा १६ जुन २०२६ मा सम्पन्न भर्चुअल बैठकले संस्थामा ९ जना सल्लाहकार थप्दै आगामी १० जुलाईमा १५ औं स्थापना दिवस तथा वार्षिक उत्सव कार्यक्रम भव्य रूपमा मनाउनेलगायत निर्णय गरेको हो । सल्लाहकारमा वरिष्ठ पत्रकार भगीरथ योगी, पूर्वअध्यक्ष चिरन शर्मा, श्याम लुइँटेल, दिनेश परियार, पूर्ण गुरुङ, कुशल श्रेष्ठ, प्रजय शुक्ला, नरेश काङ्माङ राई र जयराम तामाङलाई चयन गरेको छ ।

यसअघि संस्थापक अध्यक्ष नवीन पोखरेल तथा पूर्व अध्यक्षहरु नरेश खपांगीमगर र ध्रुवराज अर्याल सल्लाहकार चयन भइसक्नुभएको थियो ।

शाखाले दिएको जानकारी अनुसार बैठकमा ६ जुनमा वेल्समा सम्पन्न नेपाली समुदायसँगको अन्तरक्रिया कार्यक्रमको समीक्षा गरिएको थियो । उक्त कार्यक्रम अत्यन्त सफल, ऐतिहासिक तथा स्मरणीय रहेको निष्कर्ष बैठकले निकालेको छ ।

अन्य निर्णयहरुमा

  • यूकेका अन्य स्थानहरूमा पनि समुदायसँग अन्तरक्रिया तथा पत्रकारितासम्बन्धी कार्यक्रम आयोजना गर्ने
  • आगामी १० जुलाई २०२६ मा आयोजना हुने १५ औं स्थापना दिवस तथा वार्षिक उत्सव तयारीबारे विस्तृत छलफल
  • स्थापना दिवस कार्यक्रममा संस्थापक सम्मान गर्ने कार्यक्रम तय भएकाले हाल सम्पर्कमा नभएका र बेलायत बाहिर भएकालाई पनि सम्पर्क गर्ने प्रयास भइरहेको
  • आर्थिक व्यवस्थापन तथा स्पोन्सरसीप जुटाउन सामूहिक पहल गर्ने निर्णय
  • अतिथि निमन्त्रणा गर्न पत्राचारको जिम्मेवारी महासचिव तथा दुई सचिवद्वय विश्वासदीप तिगेला र मन्जु भण्डारीलाई
  • बैठकमा नयाँ सदस्यता खुला गर्ने विषयमा पनि छलफल ।
  • इच्छुक व्यक्तिहरूलाई आवेदन दिन सक्ने व्यवस्था गर्ने, पुराना छुटेका वा सदस्यता नपाएका व्यक्तिहरूको शुल्क व्यवस्थापन गर्ने तथा यस विषयमा थप अध्ययन गर्न १५ स्थापन दिवसलगत्तै समिति गठन गर्ने निर्णय
    -विविध एजेन्डाअन्तर्गत सचिव मञ्जु भण्डारी खरेल गुल्मी जिल्ला समाज यूकेको अध्यक्ष पदमा निर्वाचित भएकोमा बैठकले बधाई तथा शुभकामना व्यक्त गरेको छ।
  • कार्यसमिति सदस्य नरेन्द्र नेम्वाङका पिताको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै शोक प्रस्ताव पारित

प्रतिक्रिया

सम्बन्धित सामाग्री