
नेपाली भिलेज यूके परियोजना कुनै व्यक्ति, संघ, कुनै धर्म र कुनै भेगको मात्रै नभएर समस्त नेपालीहरुको परियोजना हो । यसको मूल लक्ष्य भनेको बेलायतमा नेपाली कला, संस्कार, संस्कृतिलाई संरक्षण, संवर्द्धन र प्रवर्द्धन तथा विकास गर्ने एउटा थलो निर्माण गर्नु हो, यसको काम अगाडि बढिरहेको छ ।
यो परियोजना ४ वर्षअघि हामीले औपचारिक रुपमा अगाडि बढायौं । जसमा बेलायतका लागि नेपाली राजदूत पनि उपस्थित हुनुहुन्थ्यो । सँगै यहाँका स्थानीय व्यक्तिहरुको पनि बाक्लो उपस्थिति थियो । नेपाल र नेपाली डायस्पोरा यूकेका विभिन्न स्थानबाट धेरै गन्यमान्यहरु पनि उपस्थित हुनुभएको थियो । त्यसपछि यो परियोजना अगाडि बढिरहेको छ ।
यो परियोजना विशेषगरी हाम्रो भावी पिढीलाई नेपाली कला, संस्कार, संस्कृतिको बारेमा आएर सिक्ने ठाउँ दिने साथै पर्यटन प्रवर्द्धनमा पनि टेवा पुर्याउने । हुनसक्छ भने, अलकति अहिलेको परिस्थितिमा सबैलाई चाहिने वेलबिङ सेन्टरको रुपमा पनि खडा गर्ने लक्ष्य छ ।
सुरुमा हामीले यो परियोजनालाई तीन चरणमा अगाडि बढाएका थियौं । पहिलो चरण हासिल भइसकेको छ र हालमा दोस्रो र तेस्रो चरणलाई एकपटक अगाडि बढाइरहेका छौं । पहिलो चरणमा हामीलाई जरुरी पर्ने पैसा जम्मा गर्नुथियो । सेयरबाट दुई वर्षमा पैसा कलेक्सन गर्ने लक्ष्य राखेका थियौं । तर, साढे ५ महिनामै चाहिएको भन्दा बढी लगानी आएपछि हामीले रोक्न बाध्य भयौं । जम्मा भएको रकमबाट हामीले तीन वर्षअघि जग्गा खरिद गर्यौं । अहिले केही संरचना पनि तयार भएका छन् । हामीसँग अहिले १ सय ३ रोपनी (२४ एकड) जग्गा छ । साथसाथै ४ बेडरुमको घर र ठूलठूला दुई वटा वान र सेफहरु छन् । यी घर र वानहरुलाई रिनोभेट गर्न बाँकी छ ।
सुरुमा मर्मत गरेर फोर बेडरुमको होलिडे होमलाई हामीले सञ्चालनमा ल्याएका छौं । पछि यो घरलाई नेपालको जस्तै पिँढी निकालेर जहाँ ढिकी र जाँतोहरु पनि राख्ने । जसले गर्दा नेपाली घर जस्तो देखियोस् भन्ने हाम्रो लक्ष्य छ । साथै भएका वानहरुलाई कम्प्लिट रेनोभेसन गरेर अफिस र स्टोर बनाउने । ठूलो वानलाई एक्जिबिसन हल बनाउने । जहाँ नेपाल र वेल्सको ऐतिहासिक सामानहरुको डिस्प्ले गर्ने हो । त्यसलाई रेस्टुरेन्ट अथवा क्याफेको रुपमा पनि प्रयोग गर्ने ।
हामीसँग अहिले सानो कारपार्क छ । आउनका लागि साँघुरो बाटो छ । पछि प्लानिङ कमिसन प्राप्त भइसकेपछि मूल प्रवेशद्वार तलको जमिनबाट हुनेछ । जुन मूल बाटोबाटै कनेक्सन हुन्छ । पस्ने बित्तिकै ठूलो कारपार्क बायाँपट्टी । दायाँपट्टी ओचआर फलफूलहरुको बगैंचा हुन्छ ।
हामीसँग पछाडि ठूलो प्लट छ । बाँकी प्लटहरु अलि माथि छ । पछाडिको ठूलो प्लटमा ठूलो चौतारी, ढुंगेधाराहरु र विभिन्न नेपाली प्रख्यात सम्पदाहरुको रिप्लीक निर्माण गर्ने छौं | यो जमिनमा एक फन्को घुम्न करिब २ घण्टा लाग्छ । सानो प्लटको उतापट्टी खोला छ । उक्त खोला हाम्रो जमिनसँग जोडिएकोले सदुपयोग गर्न सक्छौं । जहाँ पानीघट्ट निर्माण गर्ने योजना छ । तर अहिले प्लानिङ पर्मिसन प्राप्त नभइसकेकोले हामीले कम्तीमात्रै रेनोभेसन गरेका छौं । बाँकी गर्नुपर्ने धेरै छ ।
यो कम्युनिटी बेस, कमर्सियल प्रोजेक्ट हो । सेयरको माध्यमबाट सञ्चालनमा ल्याएका छौं । ९ जना बोर्ड अफ डाइरेक्टर मेम्बरहरु हुनुहुन्छ । प्राय: सुरुमै मसँग जोडिनु भएको हो । हालसम्म ४ सय ६१ सेयर हामीले बेचिसक्यौं । यसमा सेयरधनीहरु नेपाली मात्रै नभएर यहाँका स्थानीय मेयर, काउन्सिलहरु व्यवसायीहरुदेखि लिएर अमेरिका, माल्टा, मध्यपूर्वबाट पनि हामीसँग जोडिनुभएको छ । साथै कतिपय साथीहरु नेपालबाट पनि हाम्रो उद्देश्यलाई मन पराएर जोडिनुभएको छ । यहाँहरुले पनि सेयर किन्नु भई अपनत्व लिन सक्नु हुने छ |
अहिले दोस्रो चरणमा हामीले प्लानिङ कमिसनमा सबै कागजात पेस गरिसकेका छौं । यो परियोजना राष्ट्रिय निकुञ्जभित्र पर्ने भएकोले प्लानिङ पर्मिसन पाउन समय लागेको छ । चुनौतीहरु आएको छ, त्यसलाई विस्तारै हल गर्दैछौं । तेस्रो चरणमा हामी आफ्नै होटल सानो प्लटमा बनाउनेवाला थियो । तर प्लानिङमा कठिनाइ आएकोले के गर्ने भन्ने सोचिरहेका थियौं । भाग्यवश हामीलाई नजिकै २२ कोठे भवन प्राप्त भयो । जुन हामीले खरिद गर्ने सम्झौता गरी बाँकी प्रक्रिया अघि बढाइसकेका छौं ।
(प्रबन्ध निर्देशक मेजर खुशीमान गुरुङ एमभीओले ६ जुन २०२६ मा नेपाली भिलेज यूके परियोजनाको स्थलगत भ्रमणमा पुगेका नेपाल पत्रकार महासंघ यूकेको टोलीलाई दिएको जानकारी भिडियोबाट साभार)
बेलायतका रक्षामन्त्री जोन हेलीद्वारा राजीनामा
सबैले सेयर किनी नेपाली भिलेज यूके ऐतिहासिक परियोजना सफल पार्न आह्वान
डरत्रासका गतिविधि तत्काल रोक्न इरानलाई बेलायतसहित २२ देशको चेतावनी
उत्तरी आयरल्याण्डलगायत क्षेत्रमा अशान्ति, सतर्क रहन बेलायतवासी नेपालीलाई एनआरएनए यूकेको अपिल
संस्कारदेखि शान्तिसम्मको यात्रा [दृष्टिकोण]
विदेशी विद्यार्थी भिसामा बेलायतको कडा नियम : बीचमै विद्यार्थीले पढाइ छाडे विश्वविद्यालयले भर्ना गर्न नपाउने
वेल्स राज्यमा नेपाली समुदायसँग नेपाल पत्रकार महासंघ बेलायतको अन्तरक्रिया, कसले के भने ?
बेलायतवासी १७ नेपाली ‘लन्डन टु पेरिस’ साइकलयात्रामा
पाँचथर समाज सेवा यूकेका अध्यक्ष नगेन्द्रराज नेम्वाङलाई पितृशोक
तमु धिं नेपालको १७ औं महाधिवेशन असोज ९ र १० गते