
जकार्ता । पूर्वी इन्डोनेसियाको सक्रिय ज्वालामुखी माउन्ट लेवोटोबी लाकी–लाकी शुक्रबार पटक–पटक विस्फोट हुँदा त्यस क्षेत्रको आकाशमा बाक्लो खरानी उडेकाले स्थानीय एयर पोर्टहरु बन्द गर्न बाध्य तुल्यायाएको अधिकारीहरूले बताएका छन् ।
फ्लोरेस टापुमा अवस्थित उक्त ज्वालामुखी शुक्रबार बिहान ११ः१५ बजे विस्पोट भएर २।५ किलोमिटर वरपरको क्षेत्रको हावामा धुँवा तथा खरानी फैलिएको राष्ट्रिय ज्वालामुखी विभागले विज्ञप्ति जारी गर्दै उल्लेख गरेको छ ।
लेवोटोबी लाकी–लाकी ज्वालामुखी इन्डोनेसियाको दोस्रो उच्च सतर्क स्तरको ज्वालामुखि अन्तर्गत पर्दछ भने यसको क्रेटर वरिपरि पाँच किलोमिटर बहिष्करण क्षेत्र कायम गरिएको छ ।
यदी समयमा भारी वर्षा भएमा ज्वालामुखी विस्पोटबाट निस्केका सामग्रीको मिश्रण सहितको खतरनाक बाढी आउन सक्ने जनाउदै ज्वालामुखी विभागले नदी नजिकका बासिन्दाहरूलाई पनि सतर्क रहन सुझाव दिएको छ ।
अधिकारीहरूले लेवोटोबी लाकी–लाकीबाट करिब ६० किलोमिटर पश्चिममा रहेको मौमेरे सहरको स्थानीय विमानस्थलमा सञ्चालन स्थगित गरेका छन्, जसका कारण पाँच वटा आन्तरिक उडानहरूलाई प्रभावित भएको विमानस्थल प्रमुख पार्थाहियान पञ्जाइतनलाई उदृत गर्दै एएफपीले बताएको छ ।
यस अघि गत जुलाईमा, लेवोटोबी लाकी–लाकी १८ किलोमिटर वरपरको क्षेत्रमा खरानी तथा धुवाँ फैलिने गरी विस्पोट हुँदा बालीको रिसोर्ट टापुको अन्तर्राष्ट्रिय विमानस्थलमा २४ वटा उडानहरू रद्द गर्न बाध्य तुल्याएको जनाइएको छ ।
इन्डोनेसिया, एक टापुहरुको समूहले बनेको राष्ट्र हो प्रशान्त “रिंग अफ फायर“ मा यसको स्थितिको कारण बारम्बार भूकम्पीय तथा ज्वालामुखी जन्य प्रकोपको सामना गरी रहनु पर्ने बाध्यता रहेको जनाइएको छ ।
इन्डोनेसियामा ज्वालामुखी विस्फोट, आकाशमा बाक्लो खरानी उडेकाले स्थानीय एयर पोर्टहरु बन्द
विदेशी विद्यार्थी भिसामा बेलायतको कडा नियम : बीचमै विद्यार्थीले पढाइ छाडे विश्वविद्यालयले भर्ना गर्न नपाउने
पाँचथर समाज सेवा यूकेका अध्यक्ष नगेन्द्रराज नेम्वाङलाई पितृशोक
बेलायतको फार्नबोरोमा आगामी जुलाई २४ र २५ मा आन्तरिक क्षमता अभिवृद्धि तालिम हुने
विमल गुरुङ कृति पुरस्कारका लागि कृति आह्वान
गोर्खा वाकलाई मेलाकै रुपमा आयोजना गर्दैछौं : भीमराज तुम्बाहाम्फे [अन्तर्वार्ता]
पोखरामा साहित्यकार सुमलकुमार गुरूङको युद्ध उपन्यास ‘कर्मवीर’ लोकार्पण
क्यान्सरपीडित पन्जासिङ घलेलाई पञ्चासे हर्पनडाँडा समाज यूकेबाट ८ लाख ६० हजार सहयोग हस्तान्तरण
२०८३/८४ को बजेट स्वागतयोग्य, प्रभावकारी कार्यान्वयन गर्न आवश्यक : एनआरएनए
दक्षिण कोरियाको राजधानी सियोलमा मनाइयो सगरमाथा दिवस