ढाका, २५ असार । उत्तरी बङ्गलादेशमा शुक्रबार मुसलमानको महान पर्व रमाजानको अवसरमा एक धनी व्यक्तिबाट सहयोग स्वरुप कपडा वितरणका लागि आयोजना गरिएको कार्यक्रमा सहभागीमध्ये २३ जनाको ज्यान गएको समाचार छ ।
सोही घोषणा बमोजिम जम्मा भएका गरिब व्यक्तिहरुबीच चलेको तछाडमछाड र भागदौडमा कम्तीमा २३ व्यक्तिको मृत्यु भएको समाचारमा जनाइएको छ ।
सो घटनामा ५० भन्दा बढी व्यक्ति घाइते भएका प्रहरी स्रोतले जनाएको छ । घाइतेको उपचार जारी छ ।
सो घटना बङ्गलादेशको उत्तरी सहर माइमेनसिङ्घ सहरको एक कम्पनीनजिकै भएको हो । उक्त कम्पनी परिसरमा सानो प्रवेशद्वारबाटभित्र प्रवेश गर्न खोजेका व्यक्तिबीच सो भागदौड चलेको स्थानीय प्रहरी प्रमुखले जानकारी दिएका छन् ।
माइमेनसिङ्घका प्रहरी प्रमुखका मोइनुल हाकिएलले सो घटनास्थलबाट २३ व्यक्तिको शव निकालिएको र तीमध्ये प्रायः दर्बल महिलाहरु परेको एएफपी समाचार समितिलाई बताएका छन् ।
बङ्गलादेशको राजधानी ढाकादेखि १२० किलोमिटर उत्तरमा पर्ने स्थानमा सो घटना भएको जनाइएको छ ।
सो कारखाना नजिकैका प्रहरी प्रमुख कामरुल इस्लामले स्थानीय सञ्चार माध्यमलाई उद्धृतगर्दै ५० भन्दा बढी व्यक्ति घाइते भएको हुनाले मृतकको सङ्ख्या बढ्नसक्ने बताए ।
सो घटनामा मारिएका एक महिलाका पति रोबिउल मोहमद नामक स्थानीय व्यक्ति एक टेलिभिजन च्यानललाई आफ्नी श्रीमती उनी र बालबालिकाको लागि कपडा सहयोग लिन त्यहाँ गएकी बताएका छन् ।
‘मलाई थाहा छैन अब मेरो बालबालिकाको भविष्य अब के हुने हो’ उनले रुदै भनेको टेलिभिजन च्यालनले देखाएका थिए ।
कम्पनीका संस्थापकले गरेको कपडा वितरणको घोषणा सुनेर ठूलो सङ्ख्यामा गरिब जम्मा भएका थिए । सो इलाकामा ठूलो सङ्ख्याका गरिब व्यक्तिहरु रहेका र सोही कारण एक अर्काबीच कुल्चिने र तछाडमछाड चलेको बताइएको छ ।
एनआरएनए रुसद्वारा नयाँ वर्षका अवसरमा मस्कोमा सांस्कृतिक कार्यक्रम सम्पन्न
बेलायतमा ग्रेटर रसमोर नेपाली कम्युनिटीले मनायो नयाँ वर्ष
इलाम समाज बेलायतमा नयाँ कार्यसमिति चयन, अध्यक्षमा धनबहादुर राई
खाडी क्षेत्र तनाव चुलिँदै, वार्ता अन्योलमा
यस्तो छ नेपालका प्रधानमन्त्रीसहित मन्त्रीहरूको सम्पत्ति विवरण
वालेन सरकारमा दुई नयाँ मन्त्री नियुक्त
नेपालका श्रममन्त्री दीपककुमार साह पदमुक्त
प्रवासी नेपाली सम्पर्क मञ्च बेलायतद्वारा नेपाल सरकारलाई ९ बुँदे ज्ञापनपत्र, के-के छन् माग ?
प्रतिनिधिसभाको उपसभामुखमा रुबीकुमारी ठाकुर निर्वाचित
एनआरएनए पदाधिकारी र नेपाल पत्रकार महासंघबीच भेट, गैरआवासीय नेपालीका मुद्दालाई प्राथमिकता दिइने