
अष्ट्रेलियाली । लगभग ७० लाख अस्ट्रेलियालीहरू घातक जङ्गली आगोको उच्च जोखिममा रहेको क्षेत्रमा बसोबास गर्दै आएको गैरसरकारी संस्था क्लाइमेट काउन्सिल र इमर्जेन्सी लिडर्स फर क्लाइमेट एक्सन (इएलसिए) ले मङ्गलबार प्रकाशित गरेको प्रतिवेदनले जनाएको छ । प्रतिवेदनले प्रमुख सहरहरूको बाहिरी इलाकाहरूमा बसोबास गरिरहेका अष्ट्रेलियालीहरु सन २०२५ जनवरीमा लस एन्जलस (एलए) जङ्लमा लागेको आगो जस्तै सहरी आगलागीको जोखिममा रहेको चेतावनी दिएको छ ।
प्रतिवेदनले सिड्नी, मेलबर्न, पर्थ, एडिलेड, होबार्ट र क्यानबेराका प्रमुख सहरहरूको बाहिरी भागमा सहरी किनारामना एलए आगलागी विनाशकारी हुने जनाएको छ । प्रतिवेदनका अनुसार प्रमुख शहरहरूको बाहिरी उपनगरहरूमा बसोबास गर्ने अष्ट्रेलियालीहरूको सङ्ख्या सन् २००१ देखि ६५.५ प्रतिशतले बढेर ६९ लाख भन्दा बढी पुगेको छ भने उच्च जोखिममा रहेका आगो क्षेत्रमा ९० प्रतिशत घरहरू आधुनिक बुशफायर र कमजोर मापदण्डमा निर्माण गरिएका छन् ।
यसले अघिल्लो अनुसन्धानलाई उद्धृत गर्दै आगलागी उच्च मृत्युको कारण भएको जनाएको छ । इएलसिएका संस्थापक र न्यू साउथ वेल्स राज्यका पूर्व अग्नि आयुक्त ग्रेग मुलिन्सले विज्ञप्ति मार्फत लगभग हरेक अष्ट्रेलियाली सहरमा लस एन्जलस जस्ता खतरनाक आगलागीको पूर्व सर्तहरूको खतरा रहेको बताउनु भएको छ ।
उहाँले विनाशकारी आगलागीको सम्भावनालाई बढ्दो रूपमा सामना गरिरहेको बताउदै “जलवायु प्रदूषणले अहिले आगोको मौसमको अवस्था बिग्रँदै गइ आधुनिक आगो निभाउने र रोकथाम क्षमताहरूको सीमाभन्दा बाहिर हुने बताउनु भएको छ ।
प्रतिवेदनले जलवायु प्रदूषण घटाउनुका साथै सहरी क्षेत्रमा आपतकालीन सेवा व्यवस्थापन क्षमतालाई प्राथमिकताका रूपमा बढाउन आग्रह गरेको छ ।
पोखरामा नेपाली कलालाई विश्वमाझ चिनाउन प्रदर्शनी : नेपाली ३३ र बेलायतसहितका १५ विदेशी कलाकारको सहभागिता
१६ जनवरीभित्र सदस्यता लिन गैरआवासीय नेपालीहरूलाई एनआरएनएको आग्रह
नेपाल सरकार श्रम मन्त्रालयद्वारा ‘इपिएस’ परीक्षा पास गरेकाका पक्षमा निर्णय
बेलायतसहित युरोपमा चिसोका कारण जनजीवन प्रभावित
ऊर्जामन्त्री कुलमान घिसिङद्वारा पदबाट राजीनामा
नेपाली बक्सिङ खेलका प्रथम ओलम्पियन नामसिंह थापा मगरको हङकङमा निधन
नेपालमा बुद्ध एयरको विमान विमानस्थलको रनवेमा चिप्लिएर दुर्घटना, यात्रु सकुशल
बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने
भेनेजुएलाको राजधानीमा विस्फोट, अमेरिकी हस्तक्षेपको आरोप, के-के छन् घटनाक्रम ?
स्विट्जरल्यान्डमा नयाँ वर्षको पार्टीका क्रममा रिसोर्टमा आगलागी, कम्तीमा ४० जनाको मृत्यु, १०० भन्दा बढी घाइते