लन्डनमा नेपाली बैंक सिटिजन्सलाई दोस्रो पटक ‘बैंक अफ द इयर अवार्ड’

लन्डन । नेपाली बैंक सिटिजन्स बैंक इन्टरनेसनल ‘बैंक अफ द इयर २०२५’ को अवार्डबाट सम्मानित भएको छ । लन्डनस्थित द फाइनान्सियल टाइम्सले आयोजना गरेको एक कार्यक्रमबीच सिटिजन्स बैंकलाई उक्त अवार्ड प्रदान गरिएको हो ।

बैंक सञ्चालक समितिका अध्यक्ष प्रबलजंग पाण्डे र बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलले संयुक्त रुपमा बैंकको प्रतिनिधित्व गर्दै सम्मान ग्रहण गरेको बैंकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । यसअघि बैंक अफ द इयर २०२४ को अवार्डसमेत बैंकले प्राप्त गरिसकेको छ ।

बैंकिङ क्षेत्रको ओस्कार पुरस्कार मानिने विश्वकै प्रतिष्ठित बैंक अफ द इयर २०२५ को अवार्डबाट दुई वर्ष लगातार सम्मानित हुन पाउँदा अत्यन्त गौरवान्वित महसुस गरेको बैंक संचालक समितिका अध्यक्ष प्रबलजंग पाण्डेले बताए । आगामी दिनमा अझ जिम्मेवार बनेर उत्कृष्ट ग्राहकमैत्री आधुनिक बैंकिङ सेवासुविधा ग्राहकमाझ ल्याउन हौसला मिलेको उनको भनाइ छ ।

सरोकारवाला निकायको सहयोग एवं कर्मचारीको मिहिनेतबाट यो सफलता सम्भव भएको बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलले बताए ।
द फाइनान्सियल टाइम्सले वार्षिक रुपमा विभिन्न देशका बैंकले गर्ने कार्यसम्पादन एवं गतिविधिलाई दृष्टिगत गर्दै बैंक अफ द इयरबाट सम्मानित गर्दै आएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री