
लन्डन । गैरआवासीय नेपाली संघको अन्तर्राष्ट्रिय समन्वय परिषद् (एनआरएनए आईसीसी) को बृहत् एकताको अवधारणा अनुमोदन गरिएको छ ।
एनआरएनएलाई एकताबद्ध बनाउन डा बद्री केसी र महेश श्रेष्ठद्वारा प्रस्तुत ‘बृहत एकताको अवधारणा’ २ नोभेम्बरमा बसेको बैठकले अनुमोदन गरेको हो । अवधारणामा संघ १२ औँ महाधिवेशन तथा विश्व सम्मेलन आगामी सन् २०२६ जनवरी महिनाको ३०,३१ र फेब्रुअरी १ तारिखमा सम्पन्न गर्ने, एनआरएनको वैधानिकता लगायतका विषयमा अदालतमा परेका मुद्दाहरू सबै पक्षले आपसी सहमतिमार्फत समाधान गर्नेलगायत विषय उल्लेख रहेको प्रवक्ता फणिन्द्र पन्तद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।


पद सम्हालेको एक वर्ष नपुग्दै बेलायतका लागि नेपाली राजदूत घिमिरे स्वदेश फिर्ता
एनआरएनए बृहत् एकताको अवधारणा अनुमोदन
एनआरएनए महिला विभागद्वारा जेनजी आन्दोलनपछि नेपालमा डायस्पोराको भूमिका विषयक अन्तरक्रिया
दोलखा रोल्वालिङ हिमपहिरो : एक विदेशीसहित ३ जनाको मृत्यु, ५ जनाको उद्धार, ७ अझै बेपत्ता
नेपाली राजदूतहरुलाई मन्त्रालयमै कामकाज गर्नेगरी फर्काउन सरकारको पत्राचार