
फाइल फोटो
लन्डन । ग्रेटर रश्मूर नेपाली कम्युनिटी (जीआरएनसी)ले यही शनिबार ८ नोभेम्बर २०२५ मा रिमेम्बरेन्स डे समारोह आयोजना गर्दै छ ।
पहिलो भीसी कुलबिर थापासहित पहिलो, दोस्रो विश्वयुद्धमा ज्यानको आहुति दिने सबै गोर्खा वीरयोद्धाको सम्झनामा रिमेम्बरेन्स डे मनाउन लागिएको हो । जीआरएनसीले हरेब वर्ष मार्चपास,मौनधारण, भीसीको सालिकमा माल्यार्पणलगायत कार्यक्रम गरी मनाउने गरेको छ ।
कार्यक्रम अल्डरसटस्थित प्रिन्सेस गार्डेनमा प्रथम भीसी कुलवीर थापा मगरको सालिक अगाडि हुनेछ । समय बिहान ९ बजेर ४० मिनेटमा तोकिएको छ ।
जीआरएनसीकी अध्यक्ष लीला सेलिङ माबोले रिथ (Wreath) अर्पण गर्न चाहने संस्था वा व्यक्तिहरूले आफ्नो नाम ४ नोभेम्बरभित्र आयोजक समितिसँग सम्पर्क गरी दर्ता गराउन अनुरोध गर्नुभएको छ ।
जीआरएनसीकी अध्यक्ष माबोले रिमेम्बेरेन्स डेमा उपस्थित भई कार्यक्रम सफल पारिदिन अपिल गर्नुभएको छ । उहाँले पूर्वगोर्खा सैनिकलाई सम्भव भएमा मेडलसहित आकर्षक पहिरन र महिलाहरुलाई सारी वा मौलिक भेष लगाएर उपस्थित हुन आग्रह गर्नुभयो ।
‘हाम्रा प्रथम र दोस्रो विश्वयुद्धदेखि लिएर अफगानिस्तानसम्मका विश्वशान्तिको निम्ति बलिदान दिनुभएका वीर पुर्खाहरूको स्मृतिमा स्थापित यस पवित्र सालिकको अस्तित्व जोगाउने उद्देश्यले, यस वर्ष पनि हरेक वर्षझैं ‘रिमेम्बरेन्स डे’ नजिकै पर्ने शनिबार, ८ नोभेम्बर २०२५ का दिन समारोह आयोजना गरिने जानकारी गराइन्छ,’ उहाँले फेसबुकमा लेख्नुभएको छ ।
कसैले पोप्पी प्राप्त गर्न नसकिएको भए र ईच्छुकले जीआरएनसीका उपाध्यक्ष उत्तरबहादुर गुरुङ, महासचिव सुनिल राना र गोर्खा मेमोरियल प्रोजेक्टका ट्रस्टी ओमप्रसाद थापा काउछालाई सम्पर्क गर्न अनुरोध गरिएको छ ।
बर्लिनाले ट्यालेन्टमा नेपालका चार प्रतिभा छनोट
एनआरएनए-एआईयू एमबीबीएस छात्रवृत्ति कविलवस्तुका सचिन र चितवनकी भावनालाई दिने घोषणा
पोखरामा नेपाली कलालाई विश्वमाझ चिनाउन प्रदर्शनी : नेपाली ३३ र बेलायतसहितका १५ विदेशी कलाकारको सहभागिता
१६ जनवरीभित्र सदस्यता लिन गैरआवासीय नेपालीहरूलाई एनआरएनएको आग्रह
नेपाल सरकार श्रम मन्त्रालयद्वारा ‘इपिएस’ परीक्षा पास गरेकाका पक्षमा निर्णय
नेपाली बक्सिङ खेलका प्रथम ओलम्पियन नामसिंह थापा मगरको हङकङमा निधन
भेनेजुएलाको राजधानीमा विस्फोट, अमेरिकी हस्तक्षेपको आरोप, के-के छन् घटनाक्रम ?
भेनेजुएलामा भएका अमेरिकी कारबाहीमा बेलायतको कुनै संलग्नता छैन : प्रधानमन्त्री स्टार्मर
बेलायतमा दिउँसोको समयमा “जङ्क फूड” को विज्ञापनमा प्रतिबन्ध
साझा नेपाली समाज यूकेको अध्यक्षमा नारायण फुँयाल चयन