
लन्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) हङकङ राष्ट्रिय समन्वय परिषद्ले आगामी वर्ष ईको कविता प्रतियोगिता आयोजना गर्ने भएको छ ।
वातावरणीय चेतना फैलाउन, नेपाली साहित्यमा ईको कविता प्रवर्द्धन र विश्वभरका नेपाली साहित्यकारहरुलाई एकजुट गर्ने उद्देश्यसहित कविता प्रतियोगिता आयोजना गरिन लागेको हो । प्रतियोगितामा सहभागी हुने स्रष्टाहरुले ईको कविता (प्रकृति, वातावरण, जलवायु परिवर्तन आदि) विषयमा नेपाली भाषामा लेख्नु पर्नेछ ।
३ सय शब्दभित्रको मौलिक रचना हुनुपर्ने र एआईबाट सारांश वा लेखिएका कवितालाई प्रतियोगितामा समावेश नगर्ने समेत आयोजकले प्रस्ट पारेको छ । प्रतियोगितामा विश्वभरका नेपाली साहित्यकारहरुले डिजिटल माध्यमबाट भाग लिन सकिनेछन् । आगामी वर्षको ३१ जनवरी २०२६ भित्र सिर्जना पठाइसक्नुपर्ने छ । तर, अन्तिम नतिजा घोषणा मिति भने खुलाइएको छैन । प्रवेश नि:शुल्क गराइएको छ ।
प्रतियोगितामा सहभागीहरुका लागि कूल पुरस्कार राशि नेपाली रुपैयाँ १ लाख रहेको एनआरएनए हङकङले जनाएको छ । उकृष्ट ५० रचनाहरूको ई-पुस्तक प्रकाशन तथा सम्मानपत्र, उकृष्ट १० रचनालाई नेपाली ५ हजार तथा सम्मानपत्र,१० उकृष्टमध्ये सर्वोत्कृष्टलाई ३० हजार नेपाली रुपैयाँ तथा सम्मानपत्र प्रदान गरिने जनाइएको छ ।
प्रतियोगितामा प्राप्त सम्पूर्ण प्रकाशनयोग्य कवितालाई संस्थाको वेबसाईट तथा सामाजिक सञ्जालमा राखिने छ । रचना पठाउँदा रचनाकारले हालसालैको आफ्नो प्रस्ट फोटो, आफ्नो पूरा नाम, ठेगाना, सम्पर्क नम्बर र रचना मौलिक हो भनेर प्रतिबद्धता जनाएको हुनुपर्ने मापदण्ड तोकिएको छ ।
तनहुँ समाज हङकङले गर्यो मिर्गौला तथा क्यान्सर पीडितलाई आर्थिक सहयोग
राष्ट्रिय स्वतन्त्र पार्टीको उपसभापतिमा सोविता गौतम, महामन्त्रीमा विपिनकुमार आचार्य निर्वाचित
भेनेजुएलामा महाभूकम्प, २३५ जनाको मृत्यु, ४ हजार ३०० भन्दा बढी घाइते [अपडेट]
राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशनः कुन केन्द्रीय सदस्यले कति मत पाए ? [सूची]
भेनेजुएलामा शक्तिशाली भूकम्प : कम्तीमा १६४ जनाको मृत्यु, ९७१ घाइते [अपडेट]