
लन्डन । नेपाली कीर्तिमानी आरोही तथा पूर्वगोर्खा सैनिक हरि बुढामगरले कृत्रिम खुट्टाको सहायताले विश्वका छैटौं शिखर कार्स्टेन्स पिरामिड (पुन्काक जया)को सफल आरोहण गर्नुभएको छ ।
अक्टोबर १८ तारिख बिहान ७ बजे ओसिनियाको सबैभन्दा अग्लो यो शिखरमा पुगेर उहाँले कृत्रिम खुट्टाको सहायताले यो हिमाल चढ्ने पहिलो व्यक्तिको कीर्तिमान बनाउनुभएको हो । सेभेन समिट अभियानअन्तर्गत विश्वका सातै महाद्वीपका अग्ला शिखर चढ्ने उहाँको यात्रामा यो छैटौं सफलता मिलेको हो । उहाँले कार्स्टेन्स पिरामिड सात शिखरमध्ये सबैभन्दा प्राविधिक रूपमा चुनौतीपूर्ण रहेको बताउनुभएको छ ।
उहाँको यो सफल आरोहणमा नेपालका मिङ्मा फोर्त्से, अविरललगायत स्थानीय गाइडहरूले सहयोग गरेका थिए। सेभेन समिट ट्रेक्स, फोर्टीन् पिक्स एक्स्पिडिशन र ट्रपिक एडभेन्चर पपुआ जस्ता संस्थाहरूले लजिस्टिक सहयोग पुर्याएका थिए।
बुढामगरले हालसम्म मोन्ट ब्लांक (४,८१० मि.), माउन्ट किलिमन्जारो (५,८९५ मि.), माउन्ट एभरेस्ट (८,८४९ मि.), डेनाली (६,१९० मि.), एकोनकागुवा (६,९६१ मि.) र कार्स्टेन्स पिरामिड (४,८८४ मि.) को आरोहण गरिसक्नुभएको छ ।
अब उहाँ आफ्नो अन्तिम लक्ष्य अण्टार्कटिकाको माउन्ट भिन्सन (४,८९२ मि.) आरोहणका लागि आगामी डिसेम्बरमा प्रस्थान गर्दै हुनुहुन्छ ।
सन् २०१० मा अफगानिस्तान युद्धमा दुवै खुट्टा गुमाएका बुढामगरले कृत्रिम खुट्टाको सहायताले आफ्नो साहसिक यात्रालाई निरन्तरता दिँदै आउनुभएको छ ।
जनवरीमा बेलायतबाट नेपाल गए ३ हजार ९७३ पर्यटक
बेलायतमा ६/५ गोर्खा राईफल्सले ७८औं स्थापना दिवस मनायो
पदम गुरुङले पाए ननिटन काउन्सिलबाट ‘फ्रिम्यान अफ द बरो’ को सम्मान
युएईले दियो २ सय ६७ नेपालीलाई आममाफी
बेलायतको नेपाली दुताबासमा विद्यार्थीका समस्याबारे सम्मेलन
एनआरएनए प्रतिनिधिमण्डलद्वारा परराष्ट्रमन्त्री बालानन्द शर्मासँग भेट
अमेरिकामा भीषण आँधी : ११ हजार ४०० भन्दा बढी उडान रद्द
स्याङ्जा समाज यूकेको अध्यक्षमा रुपा गुरुङ सर्वसम्मत चयन
महाराष्ट्रका उपमुख्यमन्त्री अजित पवारको चार्टर विमान दुर्घटनामा निधन
ग्लास्गो नेपाली एसोसिएसन स्कटल्यान्डको अध्यक्षमा रामप्रसाद कँडेल चयन