
लन्डन । ‘नेपालीका लागि नेपाली’ भन्ने मूल मन्त्रका साथ सन् २००३ मा सुरु भएको गैरआवासीय नेपाली अभियान (एनआरएनए) २२ वर्ष पूरा भएको अवसरमा राष्ट्रिय समन्वय परिषद्, पोर्चुगलले स्थापना दिवस विशेष कार्यक्रमका साथ मनाएको छ ।
पोर्चुगलको लिस्बनमा आयोजित कार्यक्रममा शुभकामना आदान–प्रदान तथा अन्तरक्रिया सत्रसमेत सम्पन्न भएको थियो । कार्यक्रममा परिषद्का अध्यक्ष बमबहादुर जीसीले अध्यक्षता गर्नुभएको थियो भने प्रमुख अतिथि एनआरएनए युरोप उपसंयोजक रोबर्ट लिम्बु हुनुहुन्थ्यो । कार्यक्रममा विशिष्ट अतिथिका रूपमा आईसीसी सदस्य राजकुमार थापा उपस्थित हुनुहुन्थ्यो ।
त्यसैगरी पूर्वआईसीसी सदस्य धनराज शेर्पा, निवर्तमान संरक्षक समितिका सदस्यद्वय यमेन्द्र घर्तीमगर र राजाराम लामिछाने, निवर्तमान अध्यक्ष उमेश कुमार खड्का, आईसीसी सदस्य पास्नुरबु शेर्पा लगायतले कार्यक्रमलाई सम्बोधन गर्नुभएको थियो ।
वक्ताहरूले पोर्चुगलस्थित नेपाली समुदायको हितका लागि गैरआवासीय नेपाली संघ एकजुट भई काम गर्नुपर्नेमा जोड दिनुभएको थियो। यसै क्रममा प्रमुख अतिथि रोबर्ट लिम्बु र आईसीसी सदस्य राजकुमार थापाले पनि आफ्ना भनाइ राख्दै संघले युरोपमा नेपाली समुदायको पहिचान र अधिकार सुदृढीकरणमा निरन्तर योगदान दिइरहेको उल्लेख गर्नुभयो ।
कार्यक्रमको अन्त्यमा अध्यक्ष बमबहादुर जीसीले सम्पूर्ण उपस्थित एनआरएन अभियन्ता र अतिथिहरूप्रति धन्यवाद व्यक्त गर्दै नेपाली समाज सुदृढीकरणका लागि संघले अघि सारेका योजनाहरू साझा गर्नुभयो ।
कार्यक्रमको सञ्चालन महासचिव गुरु पेमा तामाङले गर्नुभएको थियो ।
बेलायतमा ज्यान गुमाएका युविन तामाङको परिवारलाई धरान समाज यूकेद्वारा ६ लाख २७ हजारभन्दा बढी सहयोग
इन्डोनेशियामा बाढी र पहिरोबाट मृत्यु हुने सङ्ख्या ५०२ पुग्यो, ५०८ जना अझै बेपत्ता
नोभेम्बरमा बेलायतबाट नेपाल गए ७ हजार १८९ पर्यटक
नेपाली कांग्रेसको महाधिवेशन पुस २६ देखि २८ गतेसम्म हुने
बेलायतमा अध्ययन गर्न विद्यार्थी आउने मुख्य पाँच मुलुकमा नेपाल पनि
बेलायतमा तमु धीं, तमु समाज, बीसीसी यूकेलगायत संस्था ल्होछार मनाउँदै, कहिले, के छन् कार्यक्रम ?
हङकङमा विशाल आवासीय कम्प्लेक्समा भीषण आगलागी, ४४ जनाको मृत्यु
सुन तस्करी प्रकरण : पूर्वसभामुख महरा २० लाख धरौटीमा रिहा
लगातारको भारी वर्षापछि श्रीलङ्कामा भीषण बाढी–पहिरो, ५६ जनाको मृत्यु
विदेशमा रहेका नेपालीलाई नेपालबाटै स्वास्थ्य परामर्श