
लन्डन । ‘नेपालीका लागि नेपाली’ भन्ने मूल मन्त्रका साथ सन् २००३ मा सुरु भएको गैरआवासीय नेपाली अभियान (एनआरएनए) २२ वर्ष पूरा भएको अवसरमा राष्ट्रिय समन्वय परिषद्, पोर्चुगलले स्थापना दिवस विशेष कार्यक्रमका साथ मनाएको छ ।
पोर्चुगलको लिस्बनमा आयोजित कार्यक्रममा शुभकामना आदान–प्रदान तथा अन्तरक्रिया सत्रसमेत सम्पन्न भएको थियो । कार्यक्रममा परिषद्का अध्यक्ष बमबहादुर जीसीले अध्यक्षता गर्नुभएको थियो भने प्रमुख अतिथि एनआरएनए युरोप उपसंयोजक रोबर्ट लिम्बु हुनुहुन्थ्यो । कार्यक्रममा विशिष्ट अतिथिका रूपमा आईसीसी सदस्य राजकुमार थापा उपस्थित हुनुहुन्थ्यो ।
त्यसैगरी पूर्वआईसीसी सदस्य धनराज शेर्पा, निवर्तमान संरक्षक समितिका सदस्यद्वय यमेन्द्र घर्तीमगर र राजाराम लामिछाने, निवर्तमान अध्यक्ष उमेश कुमार खड्का, आईसीसी सदस्य पास्नुरबु शेर्पा लगायतले कार्यक्रमलाई सम्बोधन गर्नुभएको थियो ।
वक्ताहरूले पोर्चुगलस्थित नेपाली समुदायको हितका लागि गैरआवासीय नेपाली संघ एकजुट भई काम गर्नुपर्नेमा जोड दिनुभएको थियो। यसै क्रममा प्रमुख अतिथि रोबर्ट लिम्बु र आईसीसी सदस्य राजकुमार थापाले पनि आफ्ना भनाइ राख्दै संघले युरोपमा नेपाली समुदायको पहिचान र अधिकार सुदृढीकरणमा निरन्तर योगदान दिइरहेको उल्लेख गर्नुभयो ।
कार्यक्रमको अन्त्यमा अध्यक्ष बमबहादुर जीसीले सम्पूर्ण उपस्थित एनआरएन अभियन्ता र अतिथिहरूप्रति धन्यवाद व्यक्त गर्दै नेपाली समाज सुदृढीकरणका लागि संघले अघि सारेका योजनाहरू साझा गर्नुभयो ।
कार्यक्रमको सञ्चालन महासचिव गुरु पेमा तामाङले गर्नुभएको थियो ।
सदनमा मन्त्रीहरू नियमित उपस्थित हुन श्रम संस्कृति पार्टीको माग
रुसी तेलसम्बन्धी नयाँ प्रतिबन्ध कार्यान्वयनमा बेलायत सरकारको ढिलाइ
नेपाल मगर संघको १३ औँ राष्ट्रिय महाधिवेशन काठमाडौंमा
क्यालिफोर्नियामा भीषण आगलागी, १७ हजार विस्थापित
अमेरिकाको कोलोराडोमा अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलन
‘लाहुरेनी सौन्दर्य’ भित्र के के रैछन् त ? [प्रतिक्रिया]
ई–बिडिङ प्रकरणमा पूर्वमन्त्री विक्रम पाण्डेसहित ११ जनालाई धरौटीमा छाड्न आदेश
बेलायतको बदलिँदो राजनीति : जनता किन खोज्दैछन् नयाँ विकल्प ?
पूर्वगृहमन्त्री सुधन गुरुङका सम्बन्धमा छानबिन गर्न समिति गठन
तीन दिने वज्रसत्व महासाधनाका लागि लन्डन आइपुगे धर्मगुरु लुङ्गरिक रिन्पोछे