
लन्डन । शेर्पा संघ बेलायतको २२ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ ।
लन्डनको फेल्टमस्थित नमस्ते गुर्खा रेस्टुरेन्टमा ६ सेप्टेम्बर २०२५ मा शेर्पा संघ बेलायतको साधारणसभा सम्पन्न भएको हो । संघका अध्यक्ष रिन्जी शेर्पा लामाको अध्यक्षतामा र बुद्धिष्ट कम्युनिटी सेन्टर यूकेका अध्यक्ष आङदावा च्यावाको प्रमुख आतिथ्यामा सम्पन्न भएको वार्षिक साधारणसभा संचालन महासचिव नोर्बु शेर्पाले गर्नुभएको थियो ।
संघका प्रथम उपाध्यक्ष नुरी शेर्पाले स्वागत मन्तव्य राख्नुभएको थियो । सभामा कार्यसमितिका सदस्यहरु, संघका सल्लाहकारहरु साथै आजीवन तथा साधारण सदस्यहरुको उपस्थिति रहेको थियो ।

महासचिव शेर्पाले संस्थाको वार्षिक प्रतिवेदन र कोषाध्यक्ष छेते शेर्पाले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको सभामा विभिन्न प्रस्तावहरुमाथि छलफल गरी निर्णय पारित गरिएको थियो । सभाले संघका निवर्तमान अध्यक्ष आङ दावा च्यावाद्वारा प्रस्तावित शेर्पा संघ बेलायत साउथ सेन्ट्रल कम्युनिटीका संस्थापक अध्यक्ष शान्ता शेर्पालाई शेर्पा संघ बेलायतको सल्लाहकार चयन गरेको छ ।
सभामा शेर्पा संघ बेलायतका संरक्षक स्वर्गीय आङकलजंग लामाको फोटोमा खादा र फूल अर्पण गरी दिप प्रज्वलन गरिएको थियो । उहाँको सम्झना र सम्मानमा एक मिनेट मौनधारण गरिएको थियो । साथै लामाको आत्माको चिरशान्तिको कामना गर्दै मणि जप गरिएको संघका महासचिव शेर्पाले जानकारी दिनुभयो ।

स्वर्गीय लामाको शेर्पा समुदायप्रति अतुलनीय योगदान रहेको चर्चा गरिएको थियो । सभामा स्वर्गीय आङकलजंग लामाकी धर्मपत्नी माया लामा र दुई छोराहरुको उपस्थिति रहेको थियो । सोही अवसरमा स्वर्गीय लामाका धर्मपत्नी मायाले शेर्पा संघ बेलायतलाई १ हजार १५ पाउन्ड प्रदान गरी शेर्पा संघ बेलायतको पहिलो ट्रस्टी मेम्बर बन्नुभयो ।#

वार्षिक साधारणसभाको अन्त्यमा संघका अध्यक्ष रिन्जी शेर्पा लामाले उपस्थित सबैलाई धन्यवाद दिँदै सभा समापन गर्नुभएको थियो ।
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
अष्ट्रेलिया सिड्नीमा गोलीकाण्ड, कम्तीमा ११ जनाको ज्यान गयो
यस्तो चयन हुनेछ एमालेको केन्द्रीय कमिटीको संरचना
बेलायतका घरधनीहरूलाई नयाँ नियमबारे जानकारी राख्न आग्रह
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?
नेपाली प्रतिभा प्रतिष्ठान बेलायतद्वारा किराती र चौधरीलाई सम्मान तथा पुरस्कार