
लन्डन । शेर्पा संघ बेलायतको २२ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ ।
लन्डनको फेल्टमस्थित नमस्ते गुर्खा रेस्टुरेन्टमा ६ सेप्टेम्बर २०२५ मा शेर्पा संघ बेलायतको साधारणसभा सम्पन्न भएको हो । संघका अध्यक्ष रिन्जी शेर्पा लामाको अध्यक्षतामा र बुद्धिष्ट कम्युनिटी सेन्टर यूकेका अध्यक्ष आङदावा च्यावाको प्रमुख आतिथ्यामा सम्पन्न भएको वार्षिक साधारणसभा संचालन महासचिव नोर्बु शेर्पाले गर्नुभएको थियो ।
संघका प्रथम उपाध्यक्ष नुरी शेर्पाले स्वागत मन्तव्य राख्नुभएको थियो । सभामा कार्यसमितिका सदस्यहरु, संघका सल्लाहकारहरु साथै आजीवन तथा साधारण सदस्यहरुको उपस्थिति रहेको थियो ।

महासचिव शेर्पाले संस्थाको वार्षिक प्रतिवेदन र कोषाध्यक्ष छेते शेर्पाले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको सभामा विभिन्न प्रस्तावहरुमाथि छलफल गरी निर्णय पारित गरिएको थियो । सभाले संघका निवर्तमान अध्यक्ष आङ दावा च्यावाद्वारा प्रस्तावित शेर्पा संघ बेलायत साउथ सेन्ट्रल कम्युनिटीका संस्थापक अध्यक्ष शान्ता शेर्पालाई शेर्पा संघ बेलायतको सल्लाहकार चयन गरेको छ ।
सभामा शेर्पा संघ बेलायतका संरक्षक स्वर्गीय आङकलजंग लामाको फोटोमा खादा र फूल अर्पण गरी दिप प्रज्वलन गरिएको थियो । उहाँको सम्झना र सम्मानमा एक मिनेट मौनधारण गरिएको थियो । साथै लामाको आत्माको चिरशान्तिको कामना गर्दै मणि जप गरिएको संघका महासचिव शेर्पाले जानकारी दिनुभयो ।

स्वर्गीय लामाको शेर्पा समुदायप्रति अतुलनीय योगदान रहेको चर्चा गरिएको थियो । सभामा स्वर्गीय आङकलजंग लामाकी धर्मपत्नी माया लामा र दुई छोराहरुको उपस्थिति रहेको थियो । सोही अवसरमा स्वर्गीय लामाका धर्मपत्नी मायाले शेर्पा संघ बेलायतलाई १ हजार १५ पाउन्ड प्रदान गरी शेर्पा संघ बेलायतको पहिलो ट्रस्टी मेम्बर बन्नुभयो ।#

वार्षिक साधारणसभाको अन्त्यमा संघका अध्यक्ष रिन्जी शेर्पा लामाले उपस्थित सबैलाई धन्यवाद दिँदै सभा समापन गर्नुभएको थियो ।
फिफा विश्वकप फुटबल : उरुग्वे-साउदी अरब तथा स्पेन-केप भर्डेलबीचको खेल बराबरी
मेरो मेनोपज यात्रा: मौन पीडाबाट आत्मविश्वाससम्म
बेलायतसहित अन्तर्राष्ट्रिय बजारमा चलचित्र ‘पेन्सन पट्टा’
अमेरिका र इरानबीच हर्मुज खुल्ने सहमति, युद्धविराम विस्तारको प्रयास
स्कटल्याण्डमा सेलरोटी बिक्रीबाट मन्दिरका लागि दुई घण्टामै ४०० पाउन्ड संकलन
सबैले सेयर किनी नेपाली भिलेज यूके ऐतिहासिक परियोजना सफल पार्न आह्वान
बेल्जियममा उभौली साकेला ५०८६ भव्य रूपमा मनाइयो
उत्तरी आयरल्याण्डलगायत क्षेत्रमा अशान्ति, सतर्क रहन बेलायतवासी नेपालीलाई एनआरएनए यूकेको अपिल
नेपाल–भारत सीमा समस्या कूटनीतिक संवाद र वार्तामार्फत समाधान खोजिनेछः परराष्ट्रमन्त्री खनाल
डरत्रासका गतिविधि तत्काल रोक्न इरानलाई बेलायतसहित २२ देशको चेतावनी