
चलचित्र ‘द ब्लू लाइट’ यही माघ १६ गते रिलिज हुँदै छ । बलिराम चौहानले निर्देशन गरेको चलचित्रमा थुप्रै स्थापित कलाकार छन् । यो चलचित्र एकपटक हेरेर बिर्सिनेभन्दा पनि अनुभूत गर्ने सिनेमा भएको निर्देशक चौहानको भनाइ । उहाँले चलचित्रले मानव मन, एक्लोपन र वास्तविकता तथा भ्रमबीचको सूक्ष्म रेखालाई पहिल्याउने काम गरेको बताउनुभएको छ । आफू रातारात हिट हुन र त्यसैगरी हराउन नआएको बताउने निर्देशक चौहान आफू लामो रेसका लागि तयार भएर चलचित्र उद्योगमा प्रवेश गरेको बताउनुहुन्छ । निर्देशक चौहानसँग प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘द ब्लू लाइट’का बारेका गरिएको छोटो कुराकानी :
ट्रेलर हेर्दा त ‘द ब्लू लाइट’ हरर फिल्म जस्तो देखियो, हो ?
होइन, हाम्रो चलचित्र हरर होइन । तर, केही दृश्य डरलाग्दा चाहिँ छन् ।
– ‘द ब्लू लाइट’ कस्तो चलचित्र हो, ताकि लगातार नेपाली सिनेमाले निराश बनाइरहेका बेला दर्शक यो चलचित्र हेर्न जाउन् ?
‘द ब्लू लाइट’ एक मनोवैज्ञानिक ड्रामा–थ्रिलर फिल्म हो । यो केवल हेर्ने फिल्म मात्र होइन, यो अनुभूत गर्ने सिनेमा हो । यसले मानव मन, एक्लोपन र वास्तविकता तथा भ्रमबीचको सूक्ष्म रेखालाई अन्वेषण गर्छ ।
– ‘द ब्लू लाइट’मा कलाकारहरूको ठूलो जमघट देखिएको छ, भूमिकालाई लिएर कलाकारलाई चित्त बुझाउन कठिन भएन ?
त्यस्तो केही कठिनाइ आएन । सबैले मन पर्ने पात्र नै पाउनुभएको छ । रेगुलर गर्दै आएका पात्रभन्दा फरक र प्रभावशाली पात्र रहेकाले यस फिल्मका हरेक कलाकार खुसी नै हुनुहुन्छ ।
– पछिल्ला केही वर्षलाई हेर्ने हो भने डेब्यु निर्देशकको बाढी छ, तर जसरी आइरहेका छन्, त्यसैगरी हराइरहेका पनि छन्, चलचित्र रिलिजपछि तपाईंको स्थान कहाँनेर होला ?
सबैको यात्रा र गन्तव्य फरक हुन्छ । मैले दिने योगदान पनि फरक हुन्छ । म आफूलाई एउटा लामो यात्राको लागि तयार गरेको छु । मलाई रातारात न चम्किनु छ, न त हराउनु छ ।
– प्रेम, धोका र बदलाको आइडिया आफैँमा नयाँ होइन, दशर्कलाई होल्ड गर्ने के छ खास ?
हामीले देखाउन खोजेको विष्यवस्तु नयाँ पक्कै पनि छैन । तर, हामीले त्यही कुरालाई नयाँ शैलीमा देखाएका छौँ । यसभित्र रहेका पात्रका संवेग र भावनाहरू उच्च संबेदनसशील छन्, जसले दर्शकलाई एक खालको अनुभव दिन्छ भने आशा गर्दछौँ ।
– ‘द ब्लू लाइट’ हिरो बेनिशा कि अर्पण अथवा अरु कोही हो ?
दुवै हुन् । उहाँहरुकै वरिपरि यो चलचित्रको कथा घुम्छ ।
बेलायतमा गोर्खा पिस फाउन्डेशनले आगामी जुन ७ मा ‘गोर्खा वाक’ आयोजना गर्ने
बुद्ध जयन्ती मनाउन खेन्पो शेर्पा आइपुगे लन्डन
युरोपवासी सापकोटा भरतपुर महानगरको अन्तर्राष्ट्रिय पर्यटन प्रवर्द्धकमा नियुक्त
नेपालमा निजामती कर्मचारीको तलब १५ दिनमा भुक्तानी सुरु
गैरआवासीय नेपाली विधेयकमा व्यापक संशोधन गर्न एनआरएनएको माग
गैरआवासीय नेपाली ऐनसम्बन्धी मस्यौदा आगामी संसद् अधिवेशनमा प्रस्तुत गर्ने परराष्ट्रमन्त्री खनालको प्रतिबद्धता
गोर्खा सैनिक र उनीहरुका सन्ततिको नागरिकता निरन्तरताबारे नेपालका राष्ट्रपति पौडेललाई बुझाइयो ज्ञापनपत्र
बेलायतवासी युद्ध साहित्यकार काङमाङ नरेश राईलाई ‘प्रज्ञा अन्तर्देशीय पुरस्कार-२०८२’ प्रदान गरिने
पुस्तक चर्चाः कामी शेर्पाका सगरमाथामा ६ पाइला
तमु प्ये ल्हु संघ यूकेको टोलीद्वारा क्होला अध्ययन-अवलोकन भ्रमण सम्पन्न