
लन्डन । नेपाल आदिवासी जनजाति महासंघ यूकेले विदेशमा बस्ने नेपालीहरुलाई मताधिकारको व्यवस्था गर्न माग गरेको छ ।
महासंघको टोलीले शुक्रबार २ जनवरी २०२६ का दिन नेपाली राजदूतावास लन्डन पुगेर आसन्न प्रतिनिधिसभा निर्वाचनमा विदेशबाटै मतदानको व्यवस्था गर्ने पाउनुपर्ने मागसहितको ज्ञापनपत्र बुझाएको हो ।
टोलीमा सहभागी गैर आवासीय नेपाली संघ (एनआरएनए)का उपाध्यक्षसमेत रहनुभएका अभियन्ता विश्वास दीप तिगेलाका अनुसार, ज्ञापनपत्र महासचिव फारम दुराले वाचन गरेका थिए भने कार्यवाहक अध्यक्ष विमलाकुमारी राईले जनजाति महासंघको मागलाई वर्तमान सरकारको प्रधानमन्त्रीसमक्ष पुर्याई दिन आग्रह गर्दै कार्यवाहक राजदूत विपिन दुवाडीलाई ज्ञापनपत्र हस्तान्तरण गरिन् र यहाँ यूकेको स्थितिलाई प्रत्यक्ष देखेकोले दूतावास आफैंले पनि थप पहल गर्न आह्वान गरिन् ।
कावा अध्यक्ष राईले ज्ञापनपत्र बुझाउन उपस्थित हुने सबैलाई धन्यवाद पनि ज्ञापन गर्नुभएको थियो ।
ज्ञापनपत्र बुझ्दै कार्यवाहक राजदूत दुवाडीले विदेशमा रहेका नेपालीहरुलाई पनि मतदानको नैसर्गिक अधिकार भएको र सो पत्रलाई तुरुन्त परराष्ट्र मन्त्रालयमार्फत प्रधानमन्त्रीसमक्ष बुझाउने प्रतिज्ञा गरेको उपाध्यक्ष तिगेलाले जानकारी दिनुभयो ।
ज्ञापनपत्र हस्तान्तरणको कार्यक्रम समापनसँगै ब्रिटिश गोर्खाहरूका लागि नेपाली नागरिकताको निरन्तरता अभियानले पनि आफ्नो माग राखेको थियो ।
टोलीमा महासंघका अध्यक्ष रिटायर्ड मेजर योगेश कोयू राई नेपालमा रहनुभएकोले उपाध्यक्ष राईको नेतृत्वमा प्रतिनिधिमण्डल दूतावास पुगेको हो । टोलीमा महासंघका सचिव इन्द्रप्रसाद राई, पूर्वअध्यक्ष थर्क रानामगर, पूर्वअध्यक्ष सिरीप्रसाद साम्यो, सल्लाहकारहरु भक्तबहादुर दुरा, डा.सुमाया राई, जनजाति अभियन्ता सन्तवीर नेम्बाङ, दलबहादुर बुढाथोकी, मनोज पुन, रिटायर्ड क्याप्टेन वीरबहादुर गाहामगर, मनिकला राई, कृष्ण राई, एनआरएनए उपाध्यक्ष तिगेलालगायतको उपस्थिति थियो ।

सोसाइटी अफ नेप्लिज् इन्जिनियर्स इन यूकेको ११ औं वार्षिक सम्मेलन लन्डनमा सम्पन्न
नेपालको परराष्ट्र मन्त्रालयको १०० दिन : भूतपूर्व ब्रिटिस गोर्खाका मागबारे बेलायतका उच्च पदाधिकारीसँगको बैठकलगायत उपलब्धि
बेलायतको समकालीन साहित्य प्रतिष्ठानको आयोजनामा क्याम्ब्रिजमा नेपाली काव्य यात्रा सम्पन्न
हर्मुज सुरक्षित बनाउन सक्रिय बने फ्रान्स–बेलायत
नेपालमा बढे विदेशी पर्यटक, ६ महिनाको अवधिमा ६ लाख २० हजार ४५३ भित्रिए
बीसीसी यूकेद्वारा डर्डल डोरमा एकदिने भ्रमण, च्योद् साधना सम्पन्न
बेलायतको प्रधानमन्त्रीको प्रतिक्षारत उम्मेदवारद्वारा आर्थिक एजेन्डा सार्वजनिक हुँदै
शिशुलाई जबरजस्ती स्वीकार गराइएको घटनामा बेलायतका प्रधानमन्त्रीद्वारा माफी
विदेशस्थित नेपाली नियोग र राहदानी विभागबाट प्रदान गरिने सेवा केही दिन बन्द हुन सक्ने
नेपालमा वालेन्द्र शाह नेतृत्वको सरकारको १०० दिन : के के भए उपलब्धि ?