
लन्डन । नेपाल आदिवासी जनजाति महासंघ यूकेले विदेशमा बस्ने नेपालीहरुलाई मताधिकारको व्यवस्था गर्न माग गरेको छ ।
महासंघको टोलीले शुक्रबार २ जनवरी २०२६ का दिन नेपाली राजदूतावास लन्डन पुगेर आसन्न प्रतिनिधिसभा निर्वाचनमा विदेशबाटै मतदानको व्यवस्था गर्ने पाउनुपर्ने मागसहितको ज्ञापनपत्र बुझाएको हो ।
टोलीमा सहभागी गैर आवासीय नेपाली संघ (एनआरएनए)का उपाध्यक्षसमेत रहनुभएका अभियन्ता विश्वास दीप तिगेलाका अनुसार, ज्ञापनपत्र महासचिव फारम दुराले वाचन गरेका थिए भने कार्यवाहक अध्यक्ष विमलाकुमारी राईले जनजाति महासंघको मागलाई वर्तमान सरकारको प्रधानमन्त्रीसमक्ष पुर्याई दिन आग्रह गर्दै कार्यवाहक राजदूत विपिन दुवाडीलाई ज्ञापनपत्र हस्तान्तरण गरिन् र यहाँ यूकेको स्थितिलाई प्रत्यक्ष देखेकोले दूतावास आफैंले पनि थप पहल गर्न आह्वान गरिन् ।
कावा अध्यक्ष राईले ज्ञापनपत्र बुझाउन उपस्थित हुने सबैलाई धन्यवाद पनि ज्ञापन गर्नुभएको थियो ।
ज्ञापनपत्र बुझ्दै कार्यवाहक राजदूत दुवाडीले विदेशमा रहेका नेपालीहरुलाई पनि मतदानको नैसर्गिक अधिकार भएको र सो पत्रलाई तुरुन्त परराष्ट्र मन्त्रालयमार्फत प्रधानमन्त्रीसमक्ष बुझाउने प्रतिज्ञा गरेको उपाध्यक्ष तिगेलाले जानकारी दिनुभयो ।
ज्ञापनपत्र हस्तान्तरणको कार्यक्रम समापनसँगै ब्रिटिश गोर्खाहरूका लागि नेपाली नागरिकताको निरन्तरता अभियानले पनि आफ्नो माग राखेको थियो ।
टोलीमा महासंघका अध्यक्ष रिटायर्ड मेजर योगेश कोयू राई नेपालमा रहनुभएकोले उपाध्यक्ष राईको नेतृत्वमा प्रतिनिधिमण्डल दूतावास पुगेको हो । टोलीमा महासंघका सचिव इन्द्रप्रसाद राई, पूर्वअध्यक्ष थर्क रानामगर, पूर्वअध्यक्ष सिरीप्रसाद साम्यो, सल्लाहकारहरु भक्तबहादुर दुरा, डा.सुमाया राई, जनजाति अभियन्ता सन्तवीर नेम्बाङ, दलबहादुर बुढाथोकी, मनोज पुन, रिटायर्ड क्याप्टेन वीरबहादुर गाहामगर, मनिकला राई, कृष्ण राई, एनआरएनए उपाध्यक्ष तिगेलालगायतको उपस्थिति थियो ।

विदेशमा बस्ने नेपालीहरुलाई मताधिकारको व्यवस्था गर्न नेपाल आदिवासी जनजाति महासंघ यूकेको माग
नेपालमा बुद्ध एयरको विमान विमानस्थलको रनवेमा चिप्लिएर दुर्घटना, यात्रु सकुशल
कांग्रेस महाधिवेशन आगामी वैशाख २८ मा गर्ने प्रस्ताव पारित, महामन्त्रीलगायतको असहमति
सञ्चारकर्मी टीकाराम यात्री बेलायतस्थित ए स्टार मोर्गेजेजको ‘ब्रान्ड एम्बास्डर’ नियुक्त
स्विट्जरल्यान्डमा नयाँ वर्षको पार्टीका क्रममा रिसोर्टमा आगलागी, कम्तीमा ४० जनाको मृत्यु, १०० भन्दा बढी घाइते
जनवरी १ मा लन्डनमा टोपी दिवस मनाइने
इराकमा कार्यरत नेपालीलाई अभिलेखीकरणमा ल्याउने नेपाल सरकारको निर्णय अत्यन्त स्वागतयोग्य : एनआरएनए
तमु धीं यूकेले भव्य रुपमा मनायो ल्होछार
बेलायत निवासी साहित्यकार केदार संकेतको ‘अन्तिम साँझ’ कथासङ्ग्रह लोकार्पण
रास्वपा सभापति र काठमाडौं महानगर प्रमुखबीच राजनीतिक सहमति, भावी प्रधानमन्त्रीको उम्मेदवार बालेन्द्र शाह