
फाइल फोटो
लन्डन । ग्रेटर रश्मूर नेपाली कम्युनिटी (जीआरएनसी)ले यही शनिबार ८ नोभेम्बर २०२५ मा रिमेम्बरेन्स डे समारोह आयोजना गर्दै छ ।
पहिलो भीसी कुलबिर थापासहित पहिलो, दोस्रो विश्वयुद्धमा ज्यानको आहुति दिने सबै गोर्खा वीरयोद्धाको सम्झनामा रिमेम्बरेन्स डे मनाउन लागिएको हो । जीआरएनसीले हरेब वर्ष मार्चपास,मौनधारण, भीसीको सालिकमा माल्यार्पणलगायत कार्यक्रम गरी मनाउने गरेको छ ।
कार्यक्रम अल्डरसटस्थित प्रिन्सेस गार्डेनमा प्रथम भीसी कुलवीर थापा मगरको सालिक अगाडि हुनेछ । समय बिहान ९ बजेर ४० मिनेटमा तोकिएको छ ।
जीआरएनसीकी अध्यक्ष लीला सेलिङ माबोले रिथ (Wreath) अर्पण गर्न चाहने संस्था वा व्यक्तिहरूले आफ्नो नाम ४ नोभेम्बरभित्र आयोजक समितिसँग सम्पर्क गरी दर्ता गराउन अनुरोध गर्नुभएको छ ।
जीआरएनसीकी अध्यक्ष माबोले रिमेम्बेरेन्स डेमा उपस्थित भई कार्यक्रम सफल पारिदिन अपिल गर्नुभएको छ । उहाँले पूर्वगोर्खा सैनिकलाई सम्भव भएमा मेडलसहित आकर्षक पहिरन र महिलाहरुलाई सारी वा मौलिक भेष लगाएर उपस्थित हुन आग्रह गर्नुभयो ।
‘हाम्रा प्रथम र दोस्रो विश्वयुद्धदेखि लिएर अफगानिस्तानसम्मका विश्वशान्तिको निम्ति बलिदान दिनुभएका वीर पुर्खाहरूको स्मृतिमा स्थापित यस पवित्र सालिकको अस्तित्व जोगाउने उद्देश्यले, यस वर्ष पनि हरेक वर्षझैं ‘रिमेम्बरेन्स डे’ नजिकै पर्ने शनिबार, ८ नोभेम्बर २०२५ का दिन समारोह आयोजना गरिने जानकारी गराइन्छ,’ उहाँले फेसबुकमा लेख्नुभएको छ ।
कसैले पोप्पी प्राप्त गर्न नसकिएको भए र ईच्छुकले जीआरएनसीका उपाध्यक्ष उत्तरबहादुर गुरुङ, महासचिव सुनिल राना र गोर्खा मेमोरियल प्रोजेक्टका ट्रस्टी ओमप्रसाद थापा काउछालाई सम्पर्क गर्न अनुरोध गरिएको छ ।
बेलायतद्वारा रूस विरुद्ध नयाँ प्रतिबन्ध घोषणा
सावित्राको उपचारका लागि खर्च जुट्यो, रकम सङ्कलन रोक्न आग्रह
अमेरिकामा नयाँ कर लागू
एनआरएनएको १२ औं अन्तर्राष्ट्रिय महाधिवेशन : निर्वाचन कार्यतालिका सार्वजनिक
धादिङ बस दुर्घटनामा मृत्यु हुनेको संख्या १९ पुग्यो [अपडेट]
एनआरएनए यूकेले चन्दा उठाएर नेपाल पठायो विद्यार्थी विवेकानन्द मण्डलको शव
सहारा यूकेद्वारा तीन विद्यालयमा ९ लाख रुपैयाँको अक्षय कोष स्थापना
बेलायतवासी आङ्बुहाङको काठमाडौंमा रहेको जग्गा नक्कली धनीपुर्जा बनाएर बेच्न खोज्ने तीन पक्राउ
नेपाली कांग्रेसको प्रतिज्ञापत्रमा गैरआवासीय नेपालीका मुद्दा
खेलाडीद्वयलाई सिभाली र रेखमायालाई जनही ५१ हजार राशिको ‘तमु प्रतिभा पुरस्कार’ प्रदान