
एडिलेड । नेपालीहरू जहाँ पुगे पनि आफ्ना चाडपर्व र सांस्कृतिक अभ्यासलाई निरन्तरता दिइरहेका छन् । अस्ट्रेलियाको एडिलेडमा रहेका विभिन्न नेपाली संस्थाहरूले नेपाली भाषा कक्षा संचालन र सांस्कृतिक चाडपर्व आयोजना गर्दै आएका छन् । नेपालीहरूको संख्या बढ्दै गएसँगै साउथ अस्ट्रेलियामा नेपाली संस्कृति, भाषा र परम्पराप्रतिको रुचि पनि बढ्दै गएको देखिन्छ ।
यही पृष्ठभूमिमा, साउथ अस्ट्रेलिया सरकारका बहुसांस्कृतिक मन्त्री जो बेट्टिसनले हालै संसद् भवनमा दशैं र तिहारको उपलक्ष्यमा विशेष समारोहको आयोजना गर्नुभयो । गत वर्ष साउथ अस्ट्रेलिया सरकारले नेपाली भाषी संघ–संस्थाको सहभागितामा दशैं विशेष कार्यक्रम आयोजना गरेको थियो भने यस वर्ष तिहारलाई पनि समेट्दै “दशैं–तिहार विशेष समारोह” आयोजना गरेको हो ।
मन्त्री बेट्टिसनले नेपाली समुदायको योगदान, एकता र सांस्कृतिक मूल्यप्रतिको सम्मानस्वरूप यो कार्यक्रम गरिएको बताउनुभयो । उहाँले नेपाली समुदायलाई “सांस्कृतिक सम्पदाका वाहक”को रूपमा सम्बोधन गर्दै आफ्ना परम्पराहरूमा गर्व गर्न प्रेरित गर्नुभयो । साथै, भविष्यमा पनि यस्ता अवसरहरूलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
कार्यक्रममा सहभागीहरूले देउसी–भैलोको आकर्षक प्रस्तुति पनि दिएका थिए । पारम्परिक लयमा प्रस्तुत देउसी–भैलोले सभाकक्षमा उत्सवमय कार्यक्रमले प्रवासमा रहेका नेपालीहरू आफ्नो सांस्कृतिक पहिचान जोगाउन र नयाँ पुस्तामा भाषा तथा परम्पराको सम्मान जगाउन कति सक्रिय छन् भन्ने देखाएको छ । भुटानी–नेपाली संघ संस्थाका प्रतिनिधिहरूको सहभागिताले प्रवासी नेपालीहरूको साझा पहिचान र एकताको सन्देश झल्काएको थियो।
साउथ अस्ट्रेलिया सरकारले विगतमा विभिन्न देशका समुदायहरूको संयुक्त सहभागितामा दीपावली/दिवाली विशेष कार्यक्रम आयोजना गर्दै आएकोमा, यस वर्ष नेपाली भाषी समुदायको सम्मानमा मौलिक पर्व तिहारलाई पनि समेटी नेपाली समुदायसँगै दशैं–तिहार विशेष समारोह आयोजना गरेको हो । यो पहलले साउथ अस्ट्रेलियाको बहुसांस्कृतिक राज्य भावनालाई अझ सुदृढ बनाएको सहभागीहरूको भनाइ छ ।
समारोहमा पण्डित शास्त्री संभव सुवेदी स्वस्तिवाचन गरेर पुजा गर्नु भएको थियो भने अस्ट्रेलियामा हुर्कदै गरेको दोस्रो पुस्ताको प्रतिनिधित्व गर्दै रितिशा दहालले दशैं-तिहारमाथि प्रकाश पार्नु भएको थियो । कलाकार क्षितिज सापकोटाले देउसी-भैलौ भट्याउँदा सभाहल नेपालमय भएको थियो । कार्यक्रममा विशेष जलपानको व्यवस्थासमेत गरिएको थियो ।
कार्यक्रममा साउथ अस्ट्रेलिया सरकारको बहुसांस्कृतिक आयोगकी सदस्य मञ्जु खड्काले दशैं–तिहारको सांस्कृतिक महत्त्वबारे जानकारी दिनुभयो । उहाँले नेपाली समुदायका परम्परागत पर्वहरूले सामाजिक एकता, पारिवारिक सुदृढीकरण र सकारात्मक सांस्कृतिक आदान–प्रदानमा योगदान पुर्याउने बताउनुभयो । साथै, साउथ अस्ट्रेलिया सरकारले नेपाली समुदायका पर्वहरूलाई सम्मानका साथ मनाउने परम्परा सुरु गरेकोमा धन्यवाद ज्ञापन गर्दै यो पहलले प्रवासी नेपालीहरूको मनोबल र सांस्कृतिक पहिचान सुदृढ भएको टिप्पणी गर्नुभयो ।
युरोपमा शनिबार १९ करोड ३० लाख मानिस उच्च तापक्रमबाट प्रभावित
भेनेजुएलाको भूकम्पमा मृत्यु हुनेको सङ्ख्या ९२० पुग्यो, विदेशी नागरिक पनि प्रभावित
फिफा विश्वकप २०२६ : नर्वेलाई हराउँदै फ्रान्स समूह आइको बिजेता
तनहुँ समाज हङकङले गर्यो मिर्गौला तथा क्यान्सर पीडितलाई आर्थिक सहयोग
राष्ट्रिय स्वतन्त्र पार्टीको उपसभापतिमा सोविता गौतम, महामन्त्रीमा विपिनकुमार आचार्य निर्वाचित
नेपाली ‘डायस्पोरा’लाई मातृभूमिमा लगानी गर्न दूतावासको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशन भरतपुरमा उद्घाटन
नेपाली समाज नटिङ्घम यूकेले आगामी २७ जुलाईमा चौंथो मिडल्याण्ड नेपाली मेला आयोजना गर्ने
ग्यास टर्मिनल विस्फोटले कतारमा सङ्कट : कम्तीमा ५४ घाइते, १८ जना अझै बेपत्ता
बेलायती प्रधानमन्त्री किर स्टार्मरद्वारा राजीनामाको घोषणा