
काठमाडौँ । मदन पुरस्कार गुठीले विसं २०८१ को मदन पुरस्कारका लागि छनोट भएका श्रेष्ठ पुस्तकहरूको सूची आज सार्वजनिक गरेको छ ।
गुठीले मंगलबार एक विज्ञप्ति जारी गरी पुरस्कारका लागि २९९ पुस्तक प्राप्त भएकामा त्यसमध्यबाट सात पुस्तकको सूची सार्वजनिक गरेको हो ।
सूचीमा परेका पुस्तकहरुमा छुदेन काविमोको ‘उरमाल’, रमेश भुसालको ‘छालबाटो : कैलाशदेखि गङ्गासम्म’, कुमारी लामाको ‘दज्र्यु संलाप’, मनप्रसाद सुब्बाको ‘पञ्चतत्वको पालाम’, श्रेयज सुवेदीको ‘बहुरुपी’, सुधीर शर्माको ‘भिक्षु, व्यापार र विद्रोह (नेपालको भोट–चीन सम्बन्ध र भारत)’ र तीर्थ गुरुङको ‘हिउँको गीत’ परेका छन् ।
गुठीका अध्यक्ष कुन्द दीक्षितले ती सात कृतिमध्ये छानिएको एक कृतिलाई २०८१ सालको मदन पुरस्कार प्रदान गरिने जानकारी गराउनुभएको छ । उक्त पुरस्कारको राशि रु चार लाख रहेको छ ।
तनहुँ समाज हङकङले गर्यो मिर्गौला तथा क्यान्सर पीडितलाई आर्थिक सहयोग
राष्ट्रिय स्वतन्त्र पार्टीको उपसभापतिमा सोविता गौतम, महामन्त्रीमा विपिनकुमार आचार्य निर्वाचित
भेनेजुएलामा महाभूकम्प, २३५ जनाको मृत्यु, ४ हजार ३०० भन्दा बढी घाइते [अपडेट]
राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशनः कुन केन्द्रीय सदस्यले कति मत पाए ? [सूची]
भेनेजुएलामा शक्तिशाली भूकम्प : कम्तीमा १६४ जनाको मृत्यु, ९७१ घाइते [अपडेट]