
लन्डन । बेलायत भ्रमणमा रहनुभएका नेपाल मगर संघ केन्द्रीय समितिका अध्यक्ष ज्ञानेन्द्र पुनमगरलाई अभिनन्दन गरिएको छ ।
हार्भे ग्रामर स्कुल फोल्क्सटोनको हलमा शनिबार १ मार्च २०२५ मा आयोजित मगर संघ युके केन्ट शाखाको पहिलो त्रैमासिक बैठकमा अध्यक्ष पुनमगरलाई अभिनन्दन गरिएको हो ।

केन्द्रीय अध्यक्ष ज्ञानेन्द्र मगर संघ युकेले गत २२ फेब्रुअरीमा आयोजना गरेको ४३ औं मगर एकता दिवसका लागि यूके आउनुभएको हो । सोही मौकामा अध्यक्ष पुनमगरले नेपालमा बन्न लागेको लखन संग्रहालय निर्माण सहयोगको निम्ति जानकारी दिँदै छोटो छलफल अन्तरक्रिया चलाउनुभएको थियो ।
बैठकमा संस्थाकफ भावी कार्यक्रमको तयारीबारे छलफल र कसरी सफल पार्न सकिन्छ भनेर सुझाव, सल्लाह आदनप्रदान भएको मगर संघ युके केन्ट शाखाका अध्यक्ष रिटाएर्ड मेजर प्रेमबहादुर आले एमभिओले जानकारी दिनुभयो ।
बैठक गत जनवरीमा आयोजित माघे सङ्क्रान्ति कार्यक्रम सफल बनाउन सहयोग गर्ने सम्पूर्ण कलाकार तथा अभिभावकहरुबीच भेटघाट साथै अभिनन्दन गरिने हेतुले आयोजना गरिएको उहाँको भनाइ छ ।
शाखा सचिव बिनम रानाले सन्चालन गरेको बैठकमा मगर संघ युके केन्द्रीय समिति अध्यक्ष सिता पुन मगर, कलाकार, अभिभावक, संस्थाका सल्लाहकारहरुको बाक्लो उपस्थिति रहेको थियो ।

औपचारिक बैठक हुनु अगावै केन्टुबरी र केन्ट समूहबीच मैत्रीपूर्ण बास्केटबल खेल भएको थियो ।
अन्त्यमा सहभागी सम्पूर्णले खानपिन र नाचगान गरेर मनोरन्जन गरेका थिए ।
तस्बिर सौजन्य : मनबहादुर थापा
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
उपनिर्वाचनमा बर्नह्यामको जितले बेलायती प्रधानमन्त्री स्टारमरमाथि दबाब
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
पूर्वगोर्खा वृद्ध, वृद्धा नेपालीमाथि बेलायतमा आक्रमण
तमु धीं यूकेको १७औँ नेपाली मेला अगस्ट ३० मा, एम्बासडर कपदेखि सांस्कृतिक प्रतिस्पर्धा हुने
मेरो मेनोपज यात्रा: मौन पीडाबाट आत्मविश्वाससम्म
नेपालका परराष्ट्रमन्त्री शिशिर खनाल बेइजिङमा
नेपालमा चेक अनादरको अभियोगमा सेफ सन्तोष साह पक्राउ
स्कटल्याण्डमा सेलरोटी बिक्रीबाट मन्दिरका लागि दुई घण्टामै ४०० पाउन्ड संकलन