
लन्डन । बेलायत भ्रमणमा रहनुभएका नेपाल मगर संघ केन्द्रीय समितिका अध्यक्ष ज्ञानेन्द्र पुनमगरलाई अभिनन्दन गरिएको छ ।
हार्भे ग्रामर स्कुल फोल्क्सटोनको हलमा शनिबार १ मार्च २०२५ मा आयोजित मगर संघ युके केन्ट शाखाको पहिलो त्रैमासिक बैठकमा अध्यक्ष पुनमगरलाई अभिनन्दन गरिएको हो ।

केन्द्रीय अध्यक्ष ज्ञानेन्द्र मगर संघ युकेले गत २२ फेब्रुअरीमा आयोजना गरेको ४३ औं मगर एकता दिवसका लागि यूके आउनुभएको हो । सोही मौकामा अध्यक्ष पुनमगरले नेपालमा बन्न लागेको लखन संग्रहालय निर्माण सहयोगको निम्ति जानकारी दिँदै छोटो छलफल अन्तरक्रिया चलाउनुभएको थियो ।
बैठकमा संस्थाकफ भावी कार्यक्रमको तयारीबारे छलफल र कसरी सफल पार्न सकिन्छ भनेर सुझाव, सल्लाह आदनप्रदान भएको मगर संघ युके केन्ट शाखाका अध्यक्ष रिटाएर्ड मेजर प्रेमबहादुर आले एमभिओले जानकारी दिनुभयो ।
बैठक गत जनवरीमा आयोजित माघे सङ्क्रान्ति कार्यक्रम सफल बनाउन सहयोग गर्ने सम्पूर्ण कलाकार तथा अभिभावकहरुबीच भेटघाट साथै अभिनन्दन गरिने हेतुले आयोजना गरिएको उहाँको भनाइ छ ।
शाखा सचिव बिनम रानाले सन्चालन गरेको बैठकमा मगर संघ युके केन्द्रीय समिति अध्यक्ष सिता पुन मगर, कलाकार, अभिभावक, संस्थाका सल्लाहकारहरुको बाक्लो उपस्थिति रहेको थियो ।

औपचारिक बैठक हुनु अगावै केन्टुबरी र केन्ट समूहबीच मैत्रीपूर्ण बास्केटबल खेल भएको थियो ।
अन्त्यमा सहभागी सम्पूर्णले खानपिन र नाचगान गरेर मनोरन्जन गरेका थिए ।
तस्बिर सौजन्य : मनबहादुर थापा
नेपाल आदिवासी जनजाति महासङ्घको ११ औँ राष्ट्रिय महाधिवेशन २२ जनवरीदेखि
युरोपेली सङ्घसँग सम्बन्ध सुधार्न बेलायतको लेबर तयार
विश्वकप ग्लोबल छनोटः नेपाल थाइल्याण्डसँग पराजित
अमेरिकामा मौसमी फ्लुको प्रभाव कायमै, अस्पताल भर्ना दुई लाख ३० हजार
नेपाली कांग्रेस (देउवा पक्ष) निर्वाचन आयोगको निर्णयविरुद्ध सर्वोच्च अदालत जाने
सरल छविका थिए प्रशान्त तामाङ
संयुक्त राष्ट्रवादी नेपाली संगठन बेलायतले मनायो ३०४औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस
नेपाली कम्युनिष्ट पार्टीको केन्द्रीय सदस्यको संख्या २४ सय ९९, मंगलबार लिए शपथ
पूर्व गोर्खा सैनिक हरिबहादुर बुढामगरद्वारा कृत्रिम खुट्टाकै सहारामा सातै महादेशका शिखर आरोहण
इरानमा चर्किँदै सरकारविरोधी प्रदर्शन, मृतक सङ्ख्या ५४४ पुग्यो