
लण्डन । बुद्धिष्ट कम्युनिटी सेन्टर (बीसीसी) यूकेद्वारा खेन्पो सेनाङ्ग ग्याम्जाे तामाङ्गको स्वागत गरेको छ ।
बीसीसी यूकेकोे निमन्त्रणमा गत सोमबार २९ जुलाईका दिन नेपालबाट एक बर्षका लागि लामा गुरुको रुपमा आएका खेन्पो सेनाङ्ग ग्याम्जोलाई बीसीसी यूकेका अध्यक्ष हर्कबहादुर गुरुङ तथा आमा प्रमुख जगना गुरुङले खादा लगाई गुम्बामा स्वागत गर्नुभएको हो ।
सो अवसरमा बीसीसी यूकेका लामा गुरु लोपेन नोर्बु, लोपेन दावा, बीसीसी यूकेका पूर्वअध्यक्ष नरेश गुरुङ, आमा उपप्रमुख शारदा गुरुङलगायत भक्तजन तथा शुभचिन्तकहरुले समेत खादा लगाई उहाँलाई स्वागत गर्नुभएको थियो ।
काठमाडौं, बौद्धस्थित सेचेन गुम्बासँग आबद्ध खेन्पो सेनाङ्ग ग्याम्जोले अबको एक वर्ष गुम्बामा रहेर बौद्ध परम्परा तथा सिद्धान्तबारे जानकारी गराउने, विभिन्न कर्मकाण्ड तथा पूजाहरु गर्नुका साथसाथै बुद्धका विभिन्न ग्रन्थ तथा सुत्रहरु अनुवादसहित पढाउनुहुनेछ । त्यस्तै, उहाँले प्रवचन दिने, साम्बोटा लिपी पढाउने र शील प्रदान समेत गर्ने गुम्बाका एक सदस्यले जानकारी गराउनुभयो ।
बीसीसी यूके सन् २००७ सालमा स्थापना भई धार्मिक, सामाजिक तथा विभिन्न परोपकारी कामहरु गर्दै आएको छ ।
पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र पूर्वपरराष्ट्रमन्त्री डा.आरजु राणाविरुद्ध पक्राउ पुर्जी जारी
प्रवासी नेपाली सम्पर्क मञ्च बेलायतद्वारा नेपाल सरकारलाई ९ बुँदे ज्ञापनपत्र, के-के छन् माग ?
अमेरिका र इरानबीच दुई साताका लागि युद्धविराम गर्ने सहमति
एनआरएनए–ईक्यान सहकार्य: विदेश जाने विद्यार्थीका लागि क्यारियर पोर्टलदेखि अभिमुखीकरण सुदृढीकरणसम्म
श्रीलङ्का सरकारद्वारा ३२ करोड डलर राहत प्याकेज घोषणा
जितबहादुर सिंजाली मगर साहित्य प्रतिष्ठानद्वारा विभिन्न पुरस्कार घोषणा
लन्डन दूतावासमा २५ अप्रिलमा नेपाली बालबालिकाका लागि ‘वान चाइल्ड, वान प्लान्ट’ कार्यक्रम हुने
भूपू गोर्खाहरूलाई नागरिकको दर्जामा राख्न नेपाल सरकारसँग सांसद हर्कराज राईको माग
संसद्मा रवि लामिछानेको उद्घोष – ‘एकपटकको नेपाली सधैंको नेपाली’को वाचा पूरा गरेरै छाड्छौं
एनआरएनएले प्रवासी नेपाली श्रमिकका लागि १० अप्रिलमा मानसिक स्वास्थ्य सचेतना कार्यक्रम गर्ने