
लण्डन । बुद्धिष्ट कम्युनिटी सेन्टर (बीसीसी) यूकेद्वारा खेन्पो सेनाङ्ग ग्याम्जाे तामाङ्गको स्वागत गरेको छ ।
बीसीसी यूकेकोे निमन्त्रणमा गत सोमबार २९ जुलाईका दिन नेपालबाट एक बर्षका लागि लामा गुरुको रुपमा आएका खेन्पो सेनाङ्ग ग्याम्जोलाई बीसीसी यूकेका अध्यक्ष हर्कबहादुर गुरुङ तथा आमा प्रमुख जगना गुरुङले खादा लगाई गुम्बामा स्वागत गर्नुभएको हो ।
सो अवसरमा बीसीसी यूकेका लामा गुरु लोपेन नोर्बु, लोपेन दावा, बीसीसी यूकेका पूर्वअध्यक्ष नरेश गुरुङ, आमा उपप्रमुख शारदा गुरुङलगायत भक्तजन तथा शुभचिन्तकहरुले समेत खादा लगाई उहाँलाई स्वागत गर्नुभएको थियो ।
काठमाडौं, बौद्धस्थित सेचेन गुम्बासँग आबद्ध खेन्पो सेनाङ्ग ग्याम्जोले अबको एक वर्ष गुम्बामा रहेर बौद्ध परम्परा तथा सिद्धान्तबारे जानकारी गराउने, विभिन्न कर्मकाण्ड तथा पूजाहरु गर्नुका साथसाथै बुद्धका विभिन्न ग्रन्थ तथा सुत्रहरु अनुवादसहित पढाउनुहुनेछ । त्यस्तै, उहाँले प्रवचन दिने, साम्बोटा लिपी पढाउने र शील प्रदान समेत गर्ने गुम्बाका एक सदस्यले जानकारी गराउनुभयो ।
बीसीसी यूके सन् २००७ सालमा स्थापना भई धार्मिक, सामाजिक तथा विभिन्न परोपकारी कामहरु गर्दै आएको छ ।
बेलायतसहित युरोपमा चिसोका कारण जनजीवन प्रभावित
ऊर्जामन्त्री कुलमान घिसिङद्वारा पदबाट राजीनामा
राष्ट्रिय सभा निर्वाचन : १९ पदका लागि ४४ जनाको उम्मेदवारी
यी हुन् एनआरएनए यूकेको स्कटल्यान्डमा बसेको पूर्ण बैठकका निर्णयहरु
ट्रम्पको घोषणाः भेनेजुएलाबाट करोडौँ ब्यारेल तेल बजारमा
नेपाली बक्सिङ खेलका प्रथम ओलम्पियन नामसिंह थापा मगरको हङकङमा निधन
बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने
नेपालमा बुद्ध एयरको विमान विमानस्थलको रनवेमा चिप्लिएर दुर्घटना, यात्रु सकुशल
विविध धार्मिक कार्यक्रमकासाथ बीसीसी यूकेले मनायो तमु ल्होछार
भेनेजुएलामा भएका अमेरिकी कारबाहीमा बेलायतको कुनै संलग्नता छैन : प्रधानमन्त्री स्टार्मर