
लन्डन । बेलायतमा कार्यरत प्राज्ञिक तथा पेशाकर्मीहरुको संस्था सोसाइटी अफ नेप्लिज प्रोफेसनल्स युकेको नवौँ वार्षिक साधारणसभाले नयाँ नेतृत्व चयन गरेको छ ।
आइतबार प्लमस्टिड लण्डनमा सोसाइटीका अध्यक्ष इन्जिनियर विष्णु न्यौपानेको अध्यक्षतामा सम्पन्न वार्षिक साधारणसभामा संघका महासचिव डा ओम प्रसाद गौतमले सन् २०२२–२४ मा संघले गरेका गतिविधिबारे जानकारी गराएका थिए भने कोषाध्यक्ष शम्भुनाथ अधिकारीले समाजको आयव्यय विवरण प्रस्तुत गरेका थिए । सामान्य छलफल पश्चात् साधारणसभाले दुवै प्रतिबेदनहरु पारित गर्यो । अध्यक्ष न्यौपानेले आफ्नो कार्यकालमा सघाउने कार्यसमिति, संरक्षक परिषद, सल्लाहकार, सदस्यहरु सबैलाई हार्दिक धन्यवाद दिएका थिए ।
त्यसपछि निर्वाचन समितिले निर्वाचनको कार्यक्रम शुरु गरेको थियो । जसअनुसार अध्यक्षबाहेक सबै पदमा निर्विरोध निर्वाचन भएको थियो । अध्यक्ष पदका लागि उपाध्यक्ष गजेन कटुवाल तथा महासचिव डा ओम प्रसाद गौतमले उम्मेद्वारी दिएका थिए । साधारणसभामा उपस्थित सदस्यहरुले मतदान गरेपछि घोषित नतिजाअनुसार गजेन कटुवाल अध्यक्ष पदमा निर्वाचित भएका छन् ।
निर्वाचन समितिका सदस्य अर्कराज तिमिल्सिनाले नवनिर्वाचित कार्य समितिलाई शपथ दिलाएका थिए भने निर्वाचन समितिका संयोजक इन्जिनियर श्याम थापाले नयाँ कार्य समितिलाई सफल कार्यकालको शुभकामना दिए । नवनिर्वाचित अध्यक्ष गजेन कटुवालले नयाँ कार्य समितिले निवर्तमान कार्य समितिले शुरु गरेका दोहोरो नागरिकतासम्बन्धी प्राज्ञिक अध्ययन लगायतका कार्यलाई टुंगोमा पुराउने र संस्थालाई एकजुट बनाएर अगाडी लैजाने प्रतिवद्धता व्यक्त गरे । उनले सोसाइटीअन्तर्गत गठित नेप्लिज युथ नेटवर्कलाई आफ्नो सम्पूर्ण साथ सहयोग रहने बताउंदै नयाँ कार्यसमितिलाई सहयोग गर्न सबैलाई अपिल पनि गरे।
सोसाइटीका पूर्व अध्यक्ष पुण्य रेग्मी तथा निवर्तमान अध्यक्ष बिष्णु न्यौपानेले नवनिर्वाचित कार्यसमितिलाई बधाई दिंदै संस्थालाई एकजुट बनाएर लग्न आग्रह गरेका थिए।
सन् २००८ मा सोसाइटी अफ नेप्लिज प्रोफेसनल्स युकेको स्थापना गरिएको थियो। सन् २०२४–२६ का लागि निर्वाचित कार्यसमितिमा उपाध्यक्ष डा रामजी पौडेल, महासचिव डा विदुर घिमिरे, सचिव शम्भुनाथ अधिकारी, कोषाध्यक्ष रन्जन बिष्ट तथा सदस्यहरुमा श्रीमती जमुना न्यौपाने कोइराला, श्रीमती लीला रेग्मी, पूर्ण रोक्का, राजु न्यौपाने, रामहरी हमाल तथा सुश्री शिक्षा बराल चुनिएका छन् ।
नेपालको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा ‘लाइटिङ’ प्रणालीमा समस्या, उडान प्रभावित
अमेरिकी एयरलाइन्सले एक हजार उडान रद्द गर्यो, सरकारी बन्दको असर बढ्दै
हङकङ इन्टरनेशनल सिक्सेस प्रतियोगिता : नेपालद्वारा भारत ९२ रनले पराजित
नेपाली कांग्रेस नेता एवं पूर्वमन्त्री अफताव आलमको निधन
११ राजदूत फिर्तासँगै परराष्ट्रकै कर्मचारीलाई तोकियो कार्यवाहक, बेलायतमा दुवाडी
बेलायतमा ८ नोभेम्बरमा जीआरएनसीको ‘रिमेम्बरेन्स डे’समारोह
लन्डन जाने रेलमा छुरा प्रहार : ९ जना गम्भीर घाइते, दुई संदिग्ध पक्राउ
बेलायतसहित देशका नेपाली राजदूत फिर्ता बेलाउने सरकारको निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको आदेश
नेपाल बाहिर रहेका नेपालीलाई मतदान अधिकार प्रदान गर्ने विषयमा छलफल
आइसिसी विश्वकप क्रिकेट लिग-२ : नेपाल अमेरिकासँग ४ विकेटले पराजित