
नयाँदिल्ली । भारतमा अप्रिल १९ देखि जुन १ सम्म हुन लागेको आमनिर्वाचनमा करिब ९७ करोड भारतीय नागरिक मतदान गर्न योग्य देखिएका छन् । यो सङ्ख्या विश्वव्यापी जनसङ्ख्याको १० प्रतिशतभन्दा बढी हो । यसको नतिजाको घोषणा ४४ दिनपछि जुन ४ मा मात्र सार्वजनिक हुनेछ ।
विशाल आकार र धेरै जनसङ्या भएकाले गर्दा भारतको निर्वाचन चरणवद्धरूपमा लामो समयको अन्तरालमा सम्पन्न हुन्छ ।
बेलायती शासनबाट स्वतन्त्र भएपछि सन् १९५१–५२ मा भएको भारतको पहिलो निर्वाचनमा मतदान गर्न करिब चार महिना लागेको थियो । सन् १९८० मा भने जम्मा चार दिनमा निर्वाचन गरिएको थियो ।
सन् २०१९ को निर्वाचनमा मतदान गर्न ३९ दिन लागेको थियो । यो वर्ष हुने भारतको आमनिर्वाचन हालसम्मको दोस्रो लामो निर्वाचन हो ।
मतदाता सङ्ख्या ९६ करोड ९० लाख दर्ता भएसँगै भारतको मतदाताको आकार युरोपेली सङ्घको जनसङ्ख्याभन्दा ठूलो भएको छ ।
संसदको तल्लो सदनका लागि ५४३ सांसद चयनका लागि सात चरणमा मतदान हुने भएको छ । भारतको २८ राज्य र आठ सङ्घीय क्षेत्रले फरक–फरक समयमा मतदान गर्नेछन् । अप्रिल १९ मा सुरु भएर जुन १ मा अन्त्य हुने निर्वाचनको प्रत्येक चरण एक दिनको हुनेछ ।
“निर्वाचन अधिकारीहरूले लामो यात्रा गरेर भएपनि हरेक मतदाताको मताधिकार सुनिश्चित गर्नुपर्छ,” ‘पिआरएस लेजिस्लेटिभ रिसर्च’ का चक्षु रोयले भन्नुभयो ।
निर्वाचनमा खटिएका लगभग एक करोड ५० लाख मतदान अधिकारी र सुरक्षाकर्मीले देशको कुना–कुनामा पुगेर हरेक नागरिकको मताधिकार सुनिश्चित गर्ने व्यवस्था मिलाइएको भारत सरकारले जनाएको छ ।
सन् २०१९ मा भएको चुनावमा एक मतदाताको लागि मतदान अधिकारीको टोली चार दिनसम्म ४८० किलोमिटर यात्रा गरेर भारतको दुर्गम अरुणाचल प्रदेश पुगेका थिए ।
उक्त निर्वाचनमा मतदान अधिकारीहरूले हिमालयको अग्लो स्थानमा रहेको एक गाउँमा पन्ध्र हजार २५६ फिट अग्लो बुथ स्थापना गरेका थिए, जुन विश्वको सबैभन्दा अग्लो मतदान केन्द्र हो ।
यसपटकको निर्वाचनमा पनि दक्षिणी केरला राज्यको वन्यजन्तु आरक्ष भित्र र अर्को पश्चिमी गुजरात राज्यको ढुवानी कन्टेनरजस्ता दुर्गम स्थानहरूमा मतदान केन्द्रहरू स्थापना गरिने छ ।
विज्ञहरूका अनुसार सुरक्षाको दृष्टिकोणले पनि भारतमा धेरै–चरणमा निर्वाचन हुन लागेको हो । कडा सुरक्षाका कारण वर्षौदेखि मतदान शान्तिपूर्ण र सम्मानजनक रूपमा हुँदै आएको छ ।
सिमानाको रक्षामा खटिएका दशौँ हजार सङ्घीय सुरक्षा बलहरू राज्य प्रहरीसँगै हिंसा रोक्न र मतदान मेसिनहरूको ढुवानीमा खट्ने भएका छन् ।
“देशको भूगोल ठूलो छ । सुरक्षा बलहरूले देशको खोला, पहाड, जङ्गल, लम्बाई तथा चौडाई घुम्नुपर्ने हुन्छ । मतदातालाई मतदान गर्न सहज बनाउँन हामी सक्दो कोसिस गर्नेछौँ,” प्रमुख निर्वाचन आयुक्तले भन्नुभयो ।
महिला फुटबल नेपालसँग भारत पराजित
प्रतिनिधिसभा विघटनविरुद्धको रिटमा सर्वोच्चले दिएन अन्तरिम आदेश
‘हिडन भ्याली’मा अलपत्र परेका तीन बेलायती महिलासहित १२ स्वदेशी पर्यटकको उद्धार प्रयास जारी : नेपाली सेना
श्रेष्ठ नेतृत्वको एनआरएनएले पुनर्निर्माण गरेको उपत्यका ट्राफिक प्रहरी ‘कन्ट्रोल रुम’ हस्तान्तरण
बेलायतमा सवारी दुर्घटनामा नेपाली युवक मारेको अभियोगमा चर्चित र्यापर पक्राउ
बेलायतको ननिटनका मेयर भूतपूर्व गोर्खा क्याप्टेन सारू सिंहदरबारमा सम्मानित
आदिवासी जनजाति महासंघ क्यालिफोर्नियाको अध्यक्षमा कुमार दोङ
नेपालमा कार्की नेतृत्वको सरकारमा दुई मन्त्री थप
बेलायतमा तमु समाज यूकेले यस वर्ष पनि खेल्यो देउसी-भैलो
जीआरएनसी यूकेले भवन खरिद प्रक्रिया अघि बढायो, पूर्वअध्यक्ष बेल्वासेको संयोजकत्वमा समिति गठन