
चितवन । भरतपुर महानगरपालिकाका प्रमुख रेणु दाहालले संयुक्त अधिराज्य बेलायतको हाउस अफ कमन्सका उपसभामुख नाइजल इभान्ससँग भेटवार्ता गर्नुभएको छ ।
अन्तर्राष्ट्रिय मेयर अवार्ड थाप्ने सिलसिलामा हाल बेलायत रहनुभएका दाहाल र उपसभामुख इभान्सबीच लण्डनमा भेटवार्ता भएको हो ।
दाहालले दिनुभएको जानकारीअनुसार भेटका क्रममा वर्षौंदेखिको नेपाल–बेलायत सम्बन्ध तथा ब्रिटिस सेनामा सेवा गरिरहेका गोर्खा सैनिक लगायतका विषयमा कुराकानी भएको थियो । त्यसअवसरमा दुई देश र जनताजनताबीचको ऐतिहासिक सम्बन्धबारे छलफल भएको पनि उहाँले जानकारी दिनुभयो ।
सो अवसरमा ‘भरतपुर भ्रमण वर्ष २०२४’ मा सहभागी हुन नेपाल आउन प्रमुख दाहालले उपसभामुख नाइजललाई निमन्त्रणा गर्नुभएको थियो । भरतपुर महानगरपालिकाले सन् २०२४ लाई ‘घुमौँ भरतपुर’ नारासहित भरतपुर भ्रमण वर्षका रुपमा मनाइरहेको छ ।
सो भेटपश्चात् नाइजलले बेलायती संसद्को इतिहासको अध्ययन गर्नुका साथै संसदीय गतिविधि र संसद् भवनको अवलोकन गर्नुभएको दाहालले जानकारी दिनुभयो ।
गैरआवासीय नेपाली लगानीकर्तालाई समेट्नुपर्नेमा एडीपीको जोड
एनआरएनए हङकङद्वारा ईको कविता प्रतियोगिता आयोजना, विश्वभरका नेपाली साहित्यकारले भाग लिन पाउने
पत्रकार –साहित्यकार वाग्लेको ‘कोरियाना कफी गफ’ अब अंग्रेजीमा
बेलायतका राजकुमार एन्ड्रूको उपाधि खोसियो
नेपाल सरकारले तत्काल राजदूत नियुक्त गर्दैन : मन्त्री खरेल
बेलायतको ननिटनका मेयर भूतपूर्व गोर्खा क्याप्टेन सारू सिंहदरबारमा सम्मानित
जीआरएनसी यूकेले भवन खरिद प्रक्रिया अघि बढायो, पूर्वअध्यक्ष बेल्वासेको संयोजकत्वमा समिति गठन
आदिवासी जनजाति महासंघ क्यालिफोर्नियाको अध्यक्षमा कुमार दोङ
‘हिडन भ्याली’मा अलपत्र परेका तीन बेलायती महिलासहित १२ स्वदेशी पर्यटकको उद्धार प्रयास जारी : नेपाली सेना
बेलायतमा तमु समाज यूकेले यस वर्ष पनि खेल्यो देउसी-भैलो