
चितवन । भरतपुर महानगरपालिकाका प्रमुख रेणु दाहालले संयुक्त अधिराज्य बेलायतको हाउस अफ कमन्सका उपसभामुख नाइजल इभान्ससँग भेटवार्ता गर्नुभएको छ ।
अन्तर्राष्ट्रिय मेयर अवार्ड थाप्ने सिलसिलामा हाल बेलायत रहनुभएका दाहाल र उपसभामुख इभान्सबीच लण्डनमा भेटवार्ता भएको हो ।
दाहालले दिनुभएको जानकारीअनुसार भेटका क्रममा वर्षौंदेखिको नेपाल–बेलायत सम्बन्ध तथा ब्रिटिस सेनामा सेवा गरिरहेका गोर्खा सैनिक लगायतका विषयमा कुराकानी भएको थियो । त्यसअवसरमा दुई देश र जनताजनताबीचको ऐतिहासिक सम्बन्धबारे छलफल भएको पनि उहाँले जानकारी दिनुभयो ।
सो अवसरमा ‘भरतपुर भ्रमण वर्ष २०२४’ मा सहभागी हुन नेपाल आउन प्रमुख दाहालले उपसभामुख नाइजललाई निमन्त्रणा गर्नुभएको थियो । भरतपुर महानगरपालिकाले सन् २०२४ लाई ‘घुमौँ भरतपुर’ नारासहित भरतपुर भ्रमण वर्षका रुपमा मनाइरहेको छ ।
सो भेटपश्चात् नाइजलले बेलायती संसद्को इतिहासको अध्ययन गर्नुका साथै संसदीय गतिविधि र संसद् भवनको अवलोकन गर्नुभएको दाहालले जानकारी दिनुभयो ।
भेनेजुएलामा शक्तिशाली भूकम्प : १ हजार ९४३ को मृत्यु पुष्टि, १० हजारभन्दा बढी घाइते [अपडेट]
राष्ट्रिय स्वतन्त्र पार्टीका पदाधिकारी र केन्द्रीय सदस्यको शपथग्रहण [निर्वाचितको सूचीसहित]
राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपाल,अमेरिका शाखाको अध्यक्षमा उदय भट्टराई
विश्वकप फुटबलः फ्रान्सद्वारा स्विडेन पराजित
बेलायतमा ए–स्टार नेपाल बास्केटबल लिग’को फाइनल जुलाई ४ मा, टिकट बिक्री सुरु
बेलायतमा ग्रीष्मकालीन मुक्तक सन्ध्या कार्यक्रम भव्य रुपमा सम्पन्न
अभिव्यक्ति श्रृंखलामा स्रष्टा चिम्खोले काइँलाले सुनाए सृजना
राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशनः कुन केन्द्रीय सदस्यले कति मत पाए ? [सूची]
भेनेजुएलामा शक्तिशाली भूकम्प : कम्तीमा १६४ जनाको मृत्यु, ९७१ घाइते [अपडेट]
भेनेजुएलामा शक्तिशाली भूकम्प, कहाँ कहाँ पुग्यो क्षति ?