
प्राग । चेक गणतन्त्रको प्राग विश्वविद्यालयमा एक विद्यार्थीले अन्धाधुन्द गोली प्रहार गरी १४ जनाको हत्या गरेका छन् ।
विहीबार भएको सो घटनामा २५ जना घाइते भएको र गोली हान्ने आफैँले आफैँलाई गोली प्रहार गरेको प्रहरीले जनाएको छ ।
चेकका राष्ट्रपति पेटर पावेलले प्रागको चार्ल्स विश्वविद्यालयमा बिहीबार भएको गोलीबारीबाट आफू “स्तब्ध” भएको बताउनु भएको छ । बिहीबार पेरिसको दुईदिने भ्रमणमा रहनु भएका पावेलले भन्नु भयो- “घटनाबाट स्तब्ध छु । गोलीबारीमा मारिएकाहरूका परिवार र आफन्तहरूप्रति गहिरो दुःख र गहिरो समवेदना प्रकट गर्न चाहन्छु ।”
चेक गणतन्त्रले डिसेम्बर २३ मा राष्ट्रिय शोक मनाउने घोषणा गरेको छ ।
बन्दुकधारी विद्यार्थीले घरमा आफ्ना पिताको हत्या गरी राजधानी आएको आशंका गरिएको छ । उनी क्लाडनो क्षेत्रका बासिन्दा हुन् । बन्दुकधारी यसअघि प्रागमा भएका गोलीकाण्डमा पनि सहभागी भएको हुनसक्ने अनुमान गरिएको छ । उनी पढाइमा तेज र कुनै आपराधिक गतिबिधिमा विगतमा संलग्न नभएको बताइएको छ ।
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
नेपालमा थप चार मन्त्री नियुक्त
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
बेलायतको प्रोपर्टी मार्केटमा हुँदै गरेको परिवर्तनमा बारेमा निशुल्क वेभिनार
हङकङको आगलागीमा बितिन् एनआरएनए युकेका पूर्व अध्यक्ष अशोक श्रेष्ठकी पत्नी
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता प्रकरण : ५ जना पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा