
प्राग । चेक गणतन्त्रको प्राग विश्वविद्यालयमा एक विद्यार्थीले अन्धाधुन्द गोली प्रहार गरी १४ जनाको हत्या गरेका छन् ।
विहीबार भएको सो घटनामा २५ जना घाइते भएको र गोली हान्ने आफैँले आफैँलाई गोली प्रहार गरेको प्रहरीले जनाएको छ ।
चेकका राष्ट्रपति पेटर पावेलले प्रागको चार्ल्स विश्वविद्यालयमा बिहीबार भएको गोलीबारीबाट आफू “स्तब्ध” भएको बताउनु भएको छ । बिहीबार पेरिसको दुईदिने भ्रमणमा रहनु भएका पावेलले भन्नु भयो- “घटनाबाट स्तब्ध छु । गोलीबारीमा मारिएकाहरूका परिवार र आफन्तहरूप्रति गहिरो दुःख र गहिरो समवेदना प्रकट गर्न चाहन्छु ।”
चेक गणतन्त्रले डिसेम्बर २३ मा राष्ट्रिय शोक मनाउने घोषणा गरेको छ ।
बन्दुकधारी विद्यार्थीले घरमा आफ्ना पिताको हत्या गरी राजधानी आएको आशंका गरिएको छ । उनी क्लाडनो क्षेत्रका बासिन्दा हुन् । बन्दुकधारी यसअघि प्रागमा भएका गोलीकाण्डमा पनि सहभागी भएको हुनसक्ने अनुमान गरिएको छ । उनी पढाइमा तेज र कुनै आपराधिक गतिबिधिमा विगतमा संलग्न नभएको बताइएको छ ।
बेलायती प्रधानमन्त्री कीर स्टार्मरमाथि बढ्दो राजनीतिक दबाब
संविधानसभा सदस्य तथा पहिचानवादी नेता कुमार राईको निधन
इरानको नयाँ शान्ति प्रस्तावमा अमेरिकी राष्ट्रपति ट्रम्प असन्तुष्ट : रिपोर्ट
गोरखाली समाज यूकेको अध्यक्षमा टकमाया गुरुङ निर्विरोध निर्वाचित
नेपाली कम्युनिष्ट पार्टीको राष्ट्रिय महाधिवेशन आगामी मङ्सिर ११ देखि १५ सम्म
नेपाली दूतावास लन्डनले आगामी ३ मेमा प्रेस्टन क्षेत्र र ४ मेमा स्कटल्यान्डमा घुम्ती विशिर सञ्चालन गर्ने [सूचनासहित]
बेलायतमा बेपत्ता नेपाली वृद्धा सकुशल फेला
बेलायतको अल्डरसटबाट नेपाली ८१ वर्षीया वृद्धा सम्पर्कविहीन
गैरआवासीय नेपाली ऐनसम्बन्धी मस्यौदा आगामी संसद् अधिवेशनमा प्रस्तुत गर्ने परराष्ट्रमन्त्री खनालको प्रतिबद्धता
गोर्खा सैनिक र उनीहरुका सन्ततिको नागरिकता निरन्तरताबारे नेपालका राष्ट्रपति पौडेललाई बुझाइयो ज्ञापनपत्र