
लण्डन । वयोवृद्ध पूर्व गोरखा भूतपूर्व सैनिकहरुलाई सहयोग गर्ने च्यारिटीका लागि कोष संकलन गर्ने कार्यक्रममा प्रसिद्ध नेपाली कलाकारहरु मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य बेलायत आउनुहुने भएको छ ।
आइतबार यसबारेमा जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा आयोजक द गोरखा सेन्टरले सो जानकारी दिएको हो ।
कलाकार श्रेष्ठ र आचार्य डिसेम्बर २० मा बेलायत आउने तय भएको छ भने डिसेम्बर २३ तारिखमा लण्डनमा र २४ तारिखमा अल्डरसटमा उहाँहरुको कार्यक्रम राखिएको छ । लण्डनस्थित ह्यारो लिजर सेन्टरमा राखिएको कार्यक्रममा कलाकार प्रकाश सपुत पनि सहभागी हुने बताइएको छ भने अल्डरसटको एम्पायर हलमा हुने कार्यक्रममा गत सिजनका भ्वाइस अफ नेपालका विजेता करण राई सहभागी हुनेछन् । उहाँहरुका साथै स्थानीय कलाकारहरुले पनि कार्यक्रममा प्रस्तुति दिने बताइएको छ ।
द गोरखा सेन्टरका संस्थापक भीम तामाङले कार्यक्रमबाट संकलित राशीले पूर्व गोरखाहरुलाई आर्थिक, सामाजिक, भाषिक रुपमा सहयोग गरिने जानकारी दिए । बेलायतको च्यारिटी कमिसनमा दर्ता भएको सेन्टरले केही वर्षदेखि पूर्व गोरखाहरुलाई स्वास्थ्य, भाषा, तन्दुरुस्ती, सेवा लगायतका क्षेत्रमा सहयोग गर्दै आएको छ ।
कार्यक्रमको टिकट शुल्क अग्रीम खरिदमा २५ रुपियाँ राखिएको छ ।
बेलायतमा ७ जुनमा हुने ‘गोर्खा वाक’को तयारी अन्तिम चरणमा
सभामुख अर्यालसँग एएनओको भेट, नेपाली मूलका मानिसलाई फरक ढङ्गले समेट्नुपर्छ
बेलायतबाट ९औं राष्ट्रिय रनिङ्ग शिल्ड दोहोरीगीत प्रतियोगिताका लागि २ लाख सहयोग
पाँचदिने भ्रमणका लागि रास्वपा सभापति रवि लामिछाने भारत प्रस्थान
काठमाडौंमा छैटौँ नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव
नेपाल र बेलायत सरकारबीच ८ जुनमा हुने मन्त्रीस्तरीय वार्तालाई परिणाममुखी बनाउन गेसोको आग्रह
विचार : सहजताको मूल्य र गोपनीयता
आगामी जुन २१ मा नेपाली राजदूतावास लन्डनमा ध्यान तथा योग शिविर हुने
‘मोफा मित्र’ मोबाइल एपमार्फत कन्सुलर सेवा लिन विदेशमा रहेका नेपालीलाई परराष्ट्रमन्त्रीको आग्रह
संविधान संशोधनमा एनआरएनएले माग्यो विश्वभरका नेपालीको राय