
लण्डन । वयोवृद्ध पूर्व गोरखा भूतपूर्व सैनिकहरुलाई सहयोग गर्ने च्यारिटीका लागि कोष संकलन गर्ने कार्यक्रममा प्रसिद्ध नेपाली कलाकारहरु मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य बेलायत आउनुहुने भएको छ ।
आइतबार यसबारेमा जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा आयोजक द गोरखा सेन्टरले सो जानकारी दिएको हो ।
कलाकार श्रेष्ठ र आचार्य डिसेम्बर २० मा बेलायत आउने तय भएको छ भने डिसेम्बर २३ तारिखमा लण्डनमा र २४ तारिखमा अल्डरसटमा उहाँहरुको कार्यक्रम राखिएको छ । लण्डनस्थित ह्यारो लिजर सेन्टरमा राखिएको कार्यक्रममा कलाकार प्रकाश सपुत पनि सहभागी हुने बताइएको छ भने अल्डरसटको एम्पायर हलमा हुने कार्यक्रममा गत सिजनका भ्वाइस अफ नेपालका विजेता करण राई सहभागी हुनेछन् । उहाँहरुका साथै स्थानीय कलाकारहरुले पनि कार्यक्रममा प्रस्तुति दिने बताइएको छ ।
द गोरखा सेन्टरका संस्थापक भीम तामाङले कार्यक्रमबाट संकलित राशीले पूर्व गोरखाहरुलाई आर्थिक, सामाजिक, भाषिक रुपमा सहयोग गरिने जानकारी दिए । बेलायतको च्यारिटी कमिसनमा दर्ता भएको सेन्टरले केही वर्षदेखि पूर्व गोरखाहरुलाई स्वास्थ्य, भाषा, तन्दुरुस्ती, सेवा लगायतका क्षेत्रमा सहयोग गर्दै आएको छ ।
कार्यक्रमको टिकट शुल्क अग्रीम खरिदमा २५ रुपियाँ राखिएको छ ।
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
नेपालमा थप चार मन्त्री नियुक्त
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
बेलायतको प्रोपर्टी मार्केटमा हुँदै गरेको परिवर्तनमा बारेमा निशुल्क वेभिनार
हङकङको आगलागीमा बितिन् एनआरएनए युकेका पूर्व अध्यक्ष अशोक श्रेष्ठकी पत्नी
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता प्रकरण : ५ जना पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा