
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले उसपभाति पदमा डा स्वर्णिम वाग्लेलाई चयन गरेको छ । साथै सबै सांसद पार्टीको केन्द्रीय सदस्य भएका छन् ।
महोत्तरीको जलेश्वरमा बसेको रास्वपाको संसदीय दल र केन्द्रीय समितिको संयुक्त बैठकले वाग्लेलाई महत्वपूर्ण जिम्मेवारी दिएको हो । लामो समय काँग्रेसमा रहेर राजनीति गरेका वाग्ले केही महिनाअघि मात्र रास्वपा प्रवेश गरी उपनिर्वाचनबाट सांसदमा निर्वाचित हुनुभएको हो ।
पार्टीमा यसअघि नै डोलप्रसाद अर्याल उपसभापति छन् ।
पार्टीले सहमहामन्त्रीमा कविन्द्र बुर्लाकोटी, सुमना श्रेष्ठ र विपिन आचार्यलाई चयन गरेको छ भने कोषाध्यक्षमा लीमा अधिकारी र सहकोषाध्यक्षहरुमा बसुमाया तामांग र दीपक बोहरालाई जिम्मेवारी दिएको छ ।
सहप्रवक्तामा मनिष झा, प्रतिभा रावल र रमेश प्रसाईँलाई जिम्मा दिएको छ । साथै पार्टीले १४ जना सांसदलाई केन्द्रीय सदस्यमा मनोनित गरेको छ । पार्टीका छ जना सांसद यसअघि नै केन्द्रिय सदस्य हुनुहुन्थ्यो ।
बेलायतमा ग्रीष्मकालीन मुक्तक सन्ध्या कार्यक्रम भव्य रुपमा सम्पन्न
आफैंले चलाएको गाडी भीरमा खस्दा उपमेयर मीनराज राना मगरको ज्यान गयो
युरोपमा शनिबार १९ करोड ३० लाख मानिस उच्च तापक्रमबाट प्रभावित
भेनेजुएलाको भूकम्पमा मृत्यु हुनेको सङ्ख्या ९२० पुग्यो, विदेशी नागरिक पनि प्रभावित
फिफा विश्वकप २०२६ : नर्वेलाई हराउँदै फ्रान्स समूह आइको बिजेता
नेपाली ‘डायस्पोरा’लाई मातृभूमिमा लगानी गर्न दूतावासको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशन भरतपुरमा उद्घाटन
बेलायतमा ग्रीष्मकालीन मुक्तक सन्ध्या कार्यक्रम भव्य रुपमा सम्पन्न
नेपाली समाज नटिङ्घम यूकेले आगामी २७ जुलाईमा चौंथो मिडल्याण्ड नेपाली मेला आयोजना गर्ने
ग्यास टर्मिनल विस्फोटले कतारमा सङ्कट : कम्तीमा ५४ घाइते, १८ जना अझै बेपत्ता