लण्डन । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) युकेले समाचार सम्पादन तथा लेखन तालिम सम्पन्न गरेको छ ।
शनिबार भर्चुअलरूपमा आयोजित सो तालिममा नेपालबाट कान्तिपुर एफएम तथा रे टेलिभिजनमा कार्यरत श्याम रानामगर स्रोत व्यक्तिका रूपमा रहेका थिए ।
फोनिज युकेकी अध्यक्ष गोमा रानामगरको अध्यक्षतामा भएको सो तालिमको सन्चालन सचिव लीला सेलिङले सन्चालन गरेकी थिइन् ।
तालिमका क्रममा स्रोत व्यक्ति रानामगरले समाचार संकलन, लेखन र सम्पादनका विभिन्न पक्षहरूका बारेमा चर्चा गरेका थिए भने सहभागीहरूले राखेका विभिन्न जिज्ञासाहरूको जवाफ दिएका थिए । फोनिज युकेका सल्लाहकारहरू नरेश खपाङ्गीमगर, एकेन्द्र गुरुङ, प्रमिला लाबुङ राई, विश्वासदीप तिगेला, सचिव लीला सेलिङले सो क्रममा जिज्ञासा राखेका थिए ।
तालिममा बेलायतमा कार्यरत आदिवासी जनजाति पत्रकारहरूको उपस्थिति रहेको थियो ।

बेलायतसहित युरोपमा चिसोका कारण जनजीवन प्रभावित
ऊर्जामन्त्री कुलमान घिसिङद्वारा पदबाट राजीनामा
राष्ट्रिय सभा निर्वाचन : १९ पदका लागि ४४ जनाको उम्मेदवारी
यी हुन् एनआरएनए यूकेको स्कटल्यान्डमा बसेको पूर्ण बैठकका निर्णयहरु
ट्रम्पको घोषणाः भेनेजुएलाबाट करोडौँ ब्यारेल तेल बजारमा
नेपाली बक्सिङ खेलका प्रथम ओलम्पियन नामसिंह थापा मगरको हङकङमा निधन
बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने
नेपालमा बुद्ध एयरको विमान विमानस्थलको रनवेमा चिप्लिएर दुर्घटना, यात्रु सकुशल
विविध धार्मिक कार्यक्रमकासाथ बीसीसी यूकेले मनायो तमु ल्होछार
भेनेजुएलामा भएका अमेरिकी कारबाहीमा बेलायतको कुनै संलग्नता छैन : प्रधानमन्त्री स्टार्मर