लण्डन । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) युकेले समाचार सम्पादन तथा लेखन तालिम सम्पन्न गरेको छ ।
शनिबार भर्चुअलरूपमा आयोजित सो तालिममा नेपालबाट कान्तिपुर एफएम तथा रे टेलिभिजनमा कार्यरत श्याम रानामगर स्रोत व्यक्तिका रूपमा रहेका थिए ।
फोनिज युकेकी अध्यक्ष गोमा रानामगरको अध्यक्षतामा भएको सो तालिमको सन्चालन सचिव लीला सेलिङले सन्चालन गरेकी थिइन् ।
तालिमका क्रममा स्रोत व्यक्ति रानामगरले समाचार संकलन, लेखन र सम्पादनका विभिन्न पक्षहरूका बारेमा चर्चा गरेका थिए भने सहभागीहरूले राखेका विभिन्न जिज्ञासाहरूको जवाफ दिएका थिए । फोनिज युकेका सल्लाहकारहरू नरेश खपाङ्गीमगर, एकेन्द्र गुरुङ, प्रमिला लाबुङ राई, विश्वासदीप तिगेला, सचिव लीला सेलिङले सो क्रममा जिज्ञासा राखेका थिए ।
तालिममा बेलायतमा कार्यरत आदिवासी जनजाति पत्रकारहरूको उपस्थिति रहेको थियो ।

एनआरएनए पदाधिकारी र नेपाल पत्रकार महासंघबीच भेट, गैरआवासीय नेपालीका मुद्दालाई प्राथमिकता दिइने
मित्र राष्ट्रसँगको सम्बन्ध अझ सुदृढ बनाउन सरकार उत्सुक छ : प्रधानमन्त्री शाह
पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र पूर्वपरराष्ट्रमन्त्री डा.आरजु राणाविरुद्ध पक्राउ पुर्जी जारी
प्रवासी नेपाली सम्पर्क मञ्च बेलायतद्वारा नेपाल सरकारलाई ९ बुँदे ज्ञापनपत्र, के-के छन् माग ?
अमेरिका र इरानबीच दुई साताका लागि युद्धविराम गर्ने सहमति
जितबहादुर सिंजाली मगर साहित्य प्रतिष्ठानद्वारा विभिन्न पुरस्कार घोषणा
संसद्मा रवि लामिछानेको उद्घोष – ‘एकपटकको नेपाली सधैंको नेपाली’को वाचा पूरा गरेरै छाड्छौं
भूपू गोर्खाहरूलाई नागरिकको दर्जामा राख्न नेपाल सरकारसँग सांसद हर्कराज राईको माग
एनआरएनएले प्रवासी नेपाली श्रमिकका लागि १० अप्रिलमा मानसिक स्वास्थ्य सचेतना कार्यक्रम गर्ने
नेपालका परराष्ट्रमन्त्री खनालसँग एनआरएनए प्रतिनिधिमण्डलको भेट, नागरिकता निरन्तरताको माग