नेपालमा गाउँ र शहरको सिकाइको दुरी कम गर्न न्यूयोर्कमा कोष संकलन

न्यूयोर्क । डिजिटल ब्रिजेज फर नेपालले बाइक एण्ड वाक फर नेपाल कोष संकलन गरेको छ ।
न्यूयोर्कको क्वीन्समा अवस्थित कोरोना पार्कमा गएको आइतबार आयोजित कार्यक्रममा न्यूयोर्कमा बसोबास गर्ने नेपालीहरु तथा विदेशीहरु सहभागी भए । कार्यक्रममा डिजिटल ब्रिजेज फर नेपालले नेपालको दुर्गम जिल्लाहरुमा कोलाबोरेटिभ लर्निङ इन्भाइरोमेन्टल सेन्टरमा कार्यरत शिक्षकहरुका लागि तालिम प्रदान गर्नको लागि खर्च गर्ने डिजिटल ब्रिजेज फर नेपालको प्रेसिडेन्ट एडमण्ड एन्टोइनले जानकारी दिए ।
प्रेसिडेन्ट एडमण्डले डिजिटल ब्रिजेज फर नेपालले नेपालमा गरिरहेको कामको बारेमा जानकारी दिदैं दुर्गम गाउँको विद्यार्थी र शहरको विद्यार्थी बीचको शैक्षिक दुरीलाई कम गर्नका लागि डिजिटल ब्रिजेज फर नेपालले कोलाबोरेटिभ लर्निङ इन्भाइरोमेन्टल सेन्टर स्थापना गरी काम गरिरहेको बताए । उनले विदेशमा बस्ने नेपालीहरुलाई आफ्नो मातृभूमिसँग जोडि राख्नका लागि र आफ्नो समुदायलाई कम्प्यूटर शिक्षा मार्फत योगदान गरेर समुदायसँग जोडिन अनुरोध गर्दै सहयोगका लागि सबैसँग आव्हान गरे ।
डिजिटल ब्रिजेज फर नेपालले सोलुखुम्बको सोताङ, मनाङको थोन्चे, मुस्ताङको घराप्झोङ, विराटनगरको बैजनाथपुर, गोरखाको तान्द्राङमा र काठमाण्डौ युनिभर्सिटी हात्तिवनमा कोलाबोरेटिभ लर्निङ इन्भाइरोमेन्टल सेन्टर स्थापना गरेको छ ।
विदेशीले नेपालको लागि काम गरेको देखेर आफूहरुले पनि यो अभियानमा सहयोग गरेको सहभागीहरुको बताए । कार्यक्रमका संयोजन भोलिन्टरी रुपमा मच्छे गुरुङ, प्रोफेसर जीवन गुरुङ र संस्थाका सदस्य लिन स्काबरले गरेको हो ।
कार्यक्रममा व्यवसायी तथा एनआरएन अभियन्ता नविन शेरचनले आफ्नो गाउँमा कोलाबोरेटिभ लर्निङ इन्भाइरोमेन्टल सेन्टर स्थापना गरेर कम्प्युटर शिक्षा मार्फत आफ्नो गाउँ मुस्ताङको घराप्झोङ, योगदान गर्न पाएकोमा गर्व लागेको बताए । सानो सानो पैसा बचत गरेर भए पनि यसरी दुर्गम ठाउँमा यस्तो सेन्टर खोल्न मद्धत गर्नु अनुरोध गर्दै यो अभियानमा जोडिन उपस्थित सबैलाई आव्हान गरे ।
त्यस्तै, घ्याल्सुम्दो सेवा संस्थाका पूर्व सचिव राजु गुरुङले डिजिटल ब्रिजेज फर नेपालसँगको सहकार्यमा मनाङको थोन्चेमा कोलाबोरेटिभ लर्निङ इन्भाइरोमेन्टल सेन्टर स्थापना गरेका आफ्नो समुदायसँग जोडिन पाएकोमा खुशी व्यक्त गरे ।

प्रोफेसर जीवन गुरुङले विदेशीले नेपालको लागि काम गरिरहेको देखेर आफु यो अभियानमा जोडिएको बताए । प्रोफेसर गुरुङले यो अभियान एउटा लङटर्म इन्भेष्टमेन्ट भएकोले यो अभियानमा जोडिएका उपस्थित सहभागीहरुलाई धन्यवाद व्यक्त गरे ।
द गुरुङ (तमु) सोसाइटीका सल्लाहकार गौतम गुरुङले यो अभियान नेपालको बालबालिकाको क्षमता अभिवृद्धिको लागि एकदमै महत्वपूर्ण भएकोले नेपालसँग जोडिएको कुनै पनि काम हामी सबै नेपाली एकजुट हुनुपर्ने बताए ।
त्यस्तै घ्याल्सुम्दो सेवा संस्थाका पूर्व सचिव राजु गुरुङ, युएस नेपाल क्लाम्बर्स एशोसिएसनका अध्यक्ष तथा रक क्लाइम्बर पासाङ निमा शेर्पा तथा अन्य कार्य समिति सदस्यहरु सहभागी थिए ।
युएस नेपाल क्लाइम्बर्स एशोसिएसनका अधिकांश सदस्यहरु विश्वकै सर्वोच्च शिखर सगरमाथा हिमाल आरोहण गरेका आरोहीहरुसँग प्रत्यक्ष भेट हुन पाएकोमा बिदेशी तथा नेपालीहरुले खुशी व्यक्त गरे ।
त्यस्तै, कार्यक्रममा ६ पटकसम्म सगरमाथा हिमाल आरोहण गरेका निमा ग्याल्जेन शेर्पा लगायत अन्य हिमाल आरोहीहरु समेत सहभागी थिए ।
द गुरुङ (तमु) सोसाइटीका निर्वतमान अध्यक्ष तोरण गुरुङले यो अभियानमा जोडिन पाउँदा खुशी लागेको बताउँदै भविष्यमा पनि आफूले सहयोग गर्ने बताए । द गुरुङ (तमु) सोसाइटीका अध्यक्ष ओम गुरुङ, समाजसेवी केशवराम राई, तामाङ सोसाइटी अफ नर्थ अमेरिकाका पूर्व अध्यक्ष लक्यान लामा, प्रवासी नेपाली एकता मञ्चका पूर्व संयोजक टेक गुरुङ, नाट्य कलाकार गोपाल अर्याल लगायत विभिन्न संस्थाका प्रतिनिधहरु सहभागी थिए ।
दिनभरि पानी परे पनि अभियानमा जोडिनका लागि न्यूयोर्क, न्यूजर्सी, अपस्टेटबाट गरी झण्डै ५० जना नेपाली तथा विदेशीहरु कार्यक्रममा सहभागी भए । कार्यक्रममा युवा, बालबालिका तथा प्रोढहरु सहभागी थिए ।
आयोजकका तर्फबाट मच्छे गुरुङले मौसमले साथ नदिए पनि कार्यक्रममा उपस्थित भई सहयोग गरी अभियानमा जोडिएकोमा उपस्थित सबैलाई धन्यवाद दिंदै मातृभूमि नेपालसँग जोडिने एउटा महत्वपूर्ण अवसर रहेको बताए । साथै उनले खाना तथा चियाको सहयोग गरेकामा टेष्ट अफ नेपाल रेष्टुरेन्ट, मुस्ताङ थकाली किचन, अन्नपूर्ण रेष्टुरेन्टलाई धन्यवाद दिए ।
कार्यक्रममा १४ सय डलर बढी रकम उठेको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री