
बेइजिङ । चीनका पूर्वप्रधानमन्त्री लि खछ्याङको शुक्रबार हृदयाघातका कारण निधन भएको छ ।
सिन्ह्वा समाचार एजेन्सीका अनुसार कम्युनिष्ट पार्टीको १७औँ, १८औँ र १९औँ केन्द्रिय समितिको राजनैतिक ब्युरोका स्थायी समिति सदस्य तथा पूर्वप्रधानमन्त्री लिको ६८ वर्षको उमेरमा शुक्रबार साङ्घाईमा निधन भएको हो ।
मलुककै दोस्रो सर्वोच्च नेताको पदबाट हटेको एक वर्ष नपुग्दै उहाँको हृदयाघातको कारण निधन भएको हो । सि जिनपिङमाथि हावी नहुन् भनेरर कुनै समय सम्भावित शीर्ष नेताका रूपमा हेरिएका लिलाई जानाजान वर्षौँसम्म सार्वजनिकरूपमा टाढा राखिएको थियो । सिले त्यसपछि धेरै शक्ति हासिल गर्नुभयो ।
केही मानिसका अनुसार लिले आफ्नो देशका लागि योगदान दिने महत्वाकांक्षाका साथ कम्युनिस्ट पार्टीमा प्रवेश गर्नुभएको थियो तर कठोर कम्युनिस्ट शासनले उहाँलाई दबाएर राख्यो ।
सिङ्गापुर पोस्टका अनुसार उहाँलाई शक्तिबाट बाहिर निकालेपछि मुलुकको निजी क्षेत्रको भविष्यका साथै उहाँले समर्थन गरेको आर्थिक सुधारमाथि पनि प्रश्नचिह्न खडा भयो ।
विश्लेषकहरूका अनुसार लि आफ्नै प्रकारको अन्तिम प्रधानमन्त्री हुन सक्नुहुन्छ जसको शासनप्रति अर्थतन्त्र–केन्द्रित दृष्टिकोण सि जिनपिङको वैचारिक स्वर र अधिनायकवादी प्रवृत्तिको विपरित छ ।
सिङ्गापुर पोस्टका अनुसार लिका लागि सि जिनपिङलाई सन् १९७८ मा सुरु गरिएको ‘सुधार र उद्घाटन’ नीतिको भावनालाई ‘विघटन’ गर्नबाट रोक्न असम्भव थियो तर उहाँले केही साहस देखाउनुभयो ।
लिको स्थानमा आउनुभएका लि कियाङलाई सिको निकट मानिन्छ जसलाई साङ्घाईमा महिनौँसम्म निर्मम तरिकाले कोभिड लकडाउन लागु गर्ने नेताका रूपमा चिनिन्छ ।
तमु धीं यूकेको १७औँ नेपाली मेला अगस्ट ३० मा, एम्बासडर कपदेखि सांस्कृतिक प्रतिस्पर्धा हुने
नेपालमा चेक अनादरको अभियोगमा सेफ सन्तोष साह पक्राउ
बेल्जियममा उभौली साकेला ५०८६ भव्य रूपमा मनाइयो
नेपालको काभ्रेपलाञ्चोकमा बस दुर्घटना, कम्तीमा ८ जनाको मृत्यु, १६ घाइते
फिफा विश्वकप : दक्षिण कोरियाको विजयी सुरुआत, चेक गणतन्त्र पराजित
वेल्स राज्यमा नेपाली समुदायसँग नेपाल पत्रकार महासंघ बेलायतको अन्तरक्रिया, कसले के भने ?
भूपू ब्रिटिश गोर्खाको मुद्दामा लन्डन दूतावासमा उच्चस्तरीय वार्ता
भूपू गोर्खा मुद्दाबारे बेलायत र नेपालका मन्त्रीको उपस्थितिमा आज लन्डनमा वार्ता
कम्बोडियामा गैरकानुनी बसोबास गर्ने नेपालीलाई स्वदेश फर्कन नेपाली दूतावासको आग्रह
बेलायतमा १३औँ पाँचथर कपको उपाधि फार्नबोरो इलाइटलाई