
संयुक्त राष्ट्रसङ्घ । सयुंक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटरेसले आइतबार गाजा क्षेत्रमा यथाशीघ्र मानवीय सहायता पुर्याउन आग्रह गर्नु भएको छ । उहाँले हमासद्वारा बन्धक बनाइएका मानिसहरूलाई तुरुन्त रिहा गर्न आह्वान गर्नुभएको छ ।
“ मध्यपूर्व अहिले असहज परिस्थितिमा छ”, उहाँले भन्नुभयो । हमासले बन्धकहरूलाई तुरुन्तै रिहा गर्न र इजराइलले गाजा क्षेत्रका नागरिकहरूलाई मानवीय सेवाको आपूर्ति तथा आवश्यक कामदारका लागि सहायता प्रदान गर्नु आवाश्यक रहेको महासचिवको धारणा छ।
जोर्डन, पश्चिम किनार र इजराइलमा खाद्यान्न, पानी, गैर खाद्यवस्तु, चिकित्सा, एवं इन्धनको आवश्यकता रहेको भन्दै महासचिवले त्यसको तत्काल आपूर्तिका निम्ति आग्रह गर्नु भएको छ ।
यसैबीच, अरब लिग प्रमुखले गाजा पट्टीमा सैन्य कारबाही अन्त्य गर्न माग गर्दै उक्त क्षेत्रको घेराबन्दीले प्यालेस्टिनीलाई आफ्नो मानवताबाट बञ्चित गरिरहेको आरोप लगाउनुभएको छ ।
बग्दादमा अरब न्यायमन्त्रीहरूको बैठकमा महासचिव अहमद अबुल घेइतले भन्नुभयो, “हामी सैन्य अभियान तत्काल अन्त्य गर्न र सुरक्षित मार्ग खोल्न माग गर्दछौं ।
गत अक्टोबर ७ मा प्यालेस्टिनी इस्लामिक समूह हमासका लडाकूहरूले गाजाको कडा किल्लाबन्द सीमामा एक हजार ४०० भन्दा बढी मानिसहरूलाई गोली हान्ने र छुरा प्रहार गर्ने र जीउँदै आगो लगाई मृत्युको मुखमा धकेल्नेजस्ता काम लगाउने गरेका थिए ।
आफ्नो इतिहासकै सबैभन्दा घातक आक्रमणबाट गुज्रिरहेको इजरायलले गाजा पट्टीमा निरन्तर बमबारी अभियान चलायो, जसले छिमेकलाई ध्वस्त पारेको छ र कम्तीमा दुई हजार ७५० व्यक्तिको ज्यान लिएको छ ।
अबुल घेइतले इजरायलले गाजामा गरेको पूर्ण घेराबन्दीले पानी, खाद्यान्न, बिजुली र इन्धन कटौतीजस्ता प्यालेस्टिनीहरूलाई मानवीय सहयोगबाट बञ्चित गरेको बताउनुभयो ।
तमु धीं यूकेको १७औँ नेपाली मेला अगस्ट ३० मा, एम्बासडर कपदेखि सांस्कृतिक प्रतिस्पर्धा हुने
नेपालमा चेक अनादरको अभियोगमा सेफ सन्तोष साह पक्राउ
बेल्जियममा उभौली साकेला ५०८६ भव्य रूपमा मनाइयो
नेपालको काभ्रेपलाञ्चोकमा बस दुर्घटना, कम्तीमा ८ जनाको मृत्यु, १६ घाइते
फिफा विश्वकप : दक्षिण कोरियाको विजयी सुरुआत, चेक गणतन्त्र पराजित
वेल्स राज्यमा नेपाली समुदायसँग नेपाल पत्रकार महासंघ बेलायतको अन्तरक्रिया, कसले के भने ?
भूपू ब्रिटिश गोर्खाको मुद्दामा लन्डन दूतावासमा उच्चस्तरीय वार्ता
भूपू गोर्खा मुद्दाबारे बेलायत र नेपालका मन्त्रीको उपस्थितिमा आज लन्डनमा वार्ता
कम्बोडियामा गैरकानुनी बसोबास गर्ने नेपालीलाई स्वदेश फर्कन नेपाली दूतावासको आग्रह
बेलायतमा १३औँ पाँचथर कपको उपाधि फार्नबोरो इलाइटलाई