
संयुक्त राष्ट्रसङ्घ । सयुंक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटरेसले आइतबार गाजा क्षेत्रमा यथाशीघ्र मानवीय सहायता पुर्याउन आग्रह गर्नु भएको छ । उहाँले हमासद्वारा बन्धक बनाइएका मानिसहरूलाई तुरुन्त रिहा गर्न आह्वान गर्नुभएको छ ।
“ मध्यपूर्व अहिले असहज परिस्थितिमा छ”, उहाँले भन्नुभयो । हमासले बन्धकहरूलाई तुरुन्तै रिहा गर्न र इजराइलले गाजा क्षेत्रका नागरिकहरूलाई मानवीय सेवाको आपूर्ति तथा आवश्यक कामदारका लागि सहायता प्रदान गर्नु आवाश्यक रहेको महासचिवको धारणा छ।
जोर्डन, पश्चिम किनार र इजराइलमा खाद्यान्न, पानी, गैर खाद्यवस्तु, चिकित्सा, एवं इन्धनको आवश्यकता रहेको भन्दै महासचिवले त्यसको तत्काल आपूर्तिका निम्ति आग्रह गर्नु भएको छ ।
यसैबीच, अरब लिग प्रमुखले गाजा पट्टीमा सैन्य कारबाही अन्त्य गर्न माग गर्दै उक्त क्षेत्रको घेराबन्दीले प्यालेस्टिनीलाई आफ्नो मानवताबाट बञ्चित गरिरहेको आरोप लगाउनुभएको छ ।
बग्दादमा अरब न्यायमन्त्रीहरूको बैठकमा महासचिव अहमद अबुल घेइतले भन्नुभयो, “हामी सैन्य अभियान तत्काल अन्त्य गर्न र सुरक्षित मार्ग खोल्न माग गर्दछौं ।
गत अक्टोबर ७ मा प्यालेस्टिनी इस्लामिक समूह हमासका लडाकूहरूले गाजाको कडा किल्लाबन्द सीमामा एक हजार ४०० भन्दा बढी मानिसहरूलाई गोली हान्ने र छुरा प्रहार गर्ने र जीउँदै आगो लगाई मृत्युको मुखमा धकेल्नेजस्ता काम लगाउने गरेका थिए ।
आफ्नो इतिहासकै सबैभन्दा घातक आक्रमणबाट गुज्रिरहेको इजरायलले गाजा पट्टीमा निरन्तर बमबारी अभियान चलायो, जसले छिमेकलाई ध्वस्त पारेको छ र कम्तीमा दुई हजार ७५० व्यक्तिको ज्यान लिएको छ ।
अबुल घेइतले इजरायलले गाजामा गरेको पूर्ण घेराबन्दीले पानी, खाद्यान्न, बिजुली र इन्धन कटौतीजस्ता प्यालेस्टिनीहरूलाई मानवीय सहयोगबाट बञ्चित गरेको बताउनुभयो ।
 नेपाल सरकारले तत्काल राजदूत नियुक्त गर्दैन : मन्त्री खरेल
नेपाल सरकारले तत्काल राजदूत नियुक्त गर्दैन : मन्त्री खरेल सन् २०३० भित्र चन्द्रमामा मानव पठाउने चीनको लक्ष्य
सन् २०३० भित्र चन्द्रमामा मानव पठाउने चीनको लक्ष्य नेपालमा प्रतिकूल मौसमले आन्तरिक तथा अन्तरराष्ट्रिय हवाई उडान प्रभावित
नेपालमा प्रतिकूल मौसमले आन्तरिक तथा अन्तरराष्ट्रिय हवाई उडान प्रभावित महिला फुटबल नेपालसँग भारत पराजित
महिला फुटबल नेपालसँग भारत पराजित प्रतिनिधिसभा विघटनविरुद्धको रिटमा सर्वोच्चले दिएन अन्तरिम आदेश
प्रतिनिधिसभा विघटनविरुद्धको रिटमा सर्वोच्चले दिएन अन्तरिम आदेश बेलायतको ननिटनका मेयर भूतपूर्व गोर्खा क्याप्टेन सारू सिंहदरबारमा सम्मानित
बेलायतको ननिटनका मेयर भूतपूर्व गोर्खा क्याप्टेन सारू सिंहदरबारमा सम्मानित जीआरएनसी यूकेले भवन खरिद प्रक्रिया अघि बढायो, पूर्वअध्यक्ष बेल्वासेको संयोजकत्वमा समिति गठन
जीआरएनसी यूकेले भवन खरिद प्रक्रिया अघि बढायो, पूर्वअध्यक्ष बेल्वासेको संयोजकत्वमा समिति गठन आदिवासी जनजाति महासंघ क्यालिफोर्नियाको अध्यक्षमा कुमार दोङ
आदिवासी जनजाति महासंघ क्यालिफोर्नियाको अध्यक्षमा कुमार दोङ ‘हिडन भ्याली’मा अलपत्र परेका तीन बेलायती महिलासहित १२ स्वदेशी पर्यटकको उद्धार प्रयास जारी : नेपाली सेना
‘हिडन भ्याली’मा अलपत्र परेका तीन बेलायती महिलासहित १२ स्वदेशी पर्यटकको उद्धार प्रयास जारी : नेपाली सेना नेपालमा कार्की नेतृत्वको सरकारमा दुई मन्त्री थप
नेपालमा कार्की नेतृत्वको सरकारमा दुई मन्त्री थप