इजरायलमा हमासको आक्रमणमा नौ नेपाली घाइते

Smoke rises from an area near a power plant outside Ashkelon, Israel, on Saturday, Oct. 7, 2023. Palestinian militants in the Gaza Strip infiltrated Saturday into southern Israel and fired thousands of rockets into the country while Israel began striking targets in Gaza in response. (AP Photo/Ohad Zwigenberg)

काठमाडौँ । इजरायलमा शनिबार हमासले गरेको आक्रमणमा परी नौ जना नेपाली घाइते भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
आक्रमणमा परेका नेपालीमध्ये दुई जनाको अवस्था गम्भीर रहेको बताइएको छ ।
नेपाल सरकारले घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना पनि गरेको छ ।
उता एनआरएनएले भने तीन जना नेपाली सम्पर्क बाहिर रहेको दाबी गरेको छ ।
यसैबीच, इजरायलस्थित नेपाली दूतावासले आक्रमण प्रभावित क्षेत्रमा बसोबास गरिरहेका नेपालीसँग निकट सम्पर्कमा रहेको जनाउँदै नेपालीको सुरक्षा तथा उद्धारका साथै घाइतेहरूको उपचारका लागि पनि इजरायली अधिकारीहरूसँग सम्पर्क र समन्वय गरिरहेको बताएको छ ।
दुताबासले इजरायलको वर्तमान स्थितिलाई दृष्टिगत त्यहाँ रहेका सबै नेपालीलाई सतर्क रहन तथा सम्वद्ध अधिकारीले दिएका सुरक्षा उपायको अक्षरसः पालन गर्न अनुरोध गरेको छ ।
दुताबासले नेपालीहरुका लागि इजरायलस्थित नेपाली दूतावासको सम्पर्क विवरण पनि सरकारले उपलव्ध गराएको छ ।
टेलिफोनः+९७२(०)३५१६८०८५
राजदूत कान्ता रिजाल ९७२५४५८६४४२३
प्रथम सचिव अर्जुन घिमिरे +९७२५४५८६४४२३
इमेल [email protected]
यसैबीच नेपाल सरकारले इजरायलमा भएको आतङ्कवादी हमलाको निन्दा गर्दै इजरायल सरकारप्रति ऐक्यबद्धता जनाएको छ । साथै सरकारले हमलामा अमूल्य जीवन गुमेकामा तथा धेरै मानिस घाइते दुःख व्यक्त गरेको छ । नेपाल सरकारले इजरायल सरकार तथा त्यहाँका जनताका साथै हमलामा परी जीवन गुमाएकाहरूका परिवारप्रति गहिरो सहानुभूति एवं समवेदना व्यक्त गरेको छ ।
परराष्ट्र मन्त्रालयले आज साँझ जारी गरेको विज्ञप्तिअनुसार आतङ्कवादी आक्रमणमा नेपाली पनि परेका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री