
विराटनगर । कोशी प्रदेश सरकारका मुख्यमन्त्री उद्धव थापाले विश्वासको मत पाउनुभएको छ ।
आज बसेको प्रदेशसभाको बैठकमा मुख्यमन्त्री थापाको पक्षमा ४७ मत र विपक्षमा ३० मत परेको छ । बैठकमा १६ प्रदेशसभा सदस्य अनुपस्थित रहनुभएको थियो ।
संविधानको धारा १६८ को उपधारा ४ बमोजिम आज मुख्यमन्त्री थापाले विश्वासको मत लिनुभएको हो । प्रदेशसभाको अर्को बैठक यही भदौ ६ गते दिनको ३ बजे बस्ने छ ।
दोस्रोपटक मुख्यमन्त्रीमा नियुक्त थापाले विश्वासको मत लिने बेलामा कोशी प्रदेशको संसदमा नाटक नै मन्चन भएको छ । सभामुख बाबुराम गौतमले पदबाट राजिनामा दिएर मन्त्री बनेपछि सभामुख पद रिक्त छ भने उपसभामुख सिर्जना दनुवार मुख्य मन्त्रीले विश्वासको मत लिने मिति तोकेर स्वास्थ्यमा समस्या आएको भन्दै काठमाडौँ हिँडेकी थिइन् । उनको अनुपस्थितिमा अध्यक्ष मण्डलका सदस्यहरुले बैठकको अध्यक्षता गर्नुपर्ने प्रावधानका कारण बैठकको अध्यक्षता गर्नुपर्नेभएकाले उनीहरूले बिदा लिएका थिए ।
आज बसेको बैठकमा पनि पालैपालो बैठकको अध्यक्षता गरी मत हालिएको छ । यसबारेमा सर्वोच्चमा जाने प्रतिपक्षको भनाइ छ । अघिल्लोपटक सभामुखले हालेको मत बदर गर्ने सर्वोच्चले यसपटक के गर्ने हो हेर्न बाँकी छ ।
अष्ट्रेलिया सिड्नीमा गोलीकाण्ड, कम्तीमा ११ जनाको ज्यान गयो
यस्तो चयन हुनेछ एमालेको केन्द्रीय कमिटीको संरचना
बेलायतका घरधनीहरूलाई नयाँ नियमबारे जानकारी राख्न आग्रह
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?
नेपाली प्रतिभा प्रतिष्ठान बेलायतद्वारा किराती र चौधरीलाई सम्मान तथा पुरस्कार