फुटबलर विमल घर्ती मगरले गरे विवाह

काठमाडौं । नेपाली राष्ट्रिय टोलीका स्ट्राईकर विमल घर्तीमगर विवाह बन्धनमा बाँधिएका छन् ।
घर्तीमगरले आइतबार भद्रकाली मन्दिरमा प्रेमिका लिना प्रधानसँग लगनगाँठो कसेका हुन् ।
उनले सामाजिक सञ्जालमार्फत आफ्नो विवाहको तस्बिर सार्वजनिक गरेका छन् ।
विमल र लिना लामो समयदेखि प्रेम सम्बन्धमा रहेको बताइएको छ ।
सन् २०१२ मा बंगलादेशविरुद्धको खेलमार्फत नेपाली सिनियर राष्ट्रिय टोलीमा डेब्यु गर्नुभएका विमलले त्यसयता राष्ट्रिय टोलीबाट खेल खेल्दै आउनुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री