
लन्डन । बेलायतको हल विश्वविद्यालयमा प्रा सूर्य प्रसाद सुवेदीको नाममा स्थापित आधुनिक दासतासम्बन्धि अन्तरराष्ट्रिय पुरस्कारको विजेता घोषणा गरिएको छ ।
यस वर्षको पुरस्कार अक्सफोर्ड विश्वविद्यालयमा अन्तर्राष्ट्रिय मानव अधिकार कानूनमा स्नातकोत्तर गरिरहेका योगी ब्रतजयालाई उनको वातावरण परिवर्तन सम्बन्धि नीति र कानूनले आदिवासी जनजातिहरुको हजारौं वर्षदेखिको भूमिमाथिको अधिकारमा परेको असरबारेको निबन्धका लागि प्रदान गरिएको हो ।
आधुनिक प्रकारका दासता उन्मूलन र मानवको मानव भएर बाँच्न पाउने अधिकारको संरक्षण सम्बन्धि विषयमा संसारको कुनै पनि राष्ट्रमा भएका मेधावी व्यक्तिले लेखेको सर्वोत्कृष्ट आलेखलाई प्रदान गरिने उक्त पुरस्कार प्रत्येक वर्ष प्रदान गरिने व्यवस्था छ ।
करिब दुई सय वर्ष पहिले संसारभरी दासप्रथा उन्मूलन गर्न नेतृत्व गरेका बेलायतका एक राष्ट्रिय व्यक्तित्व विलिएम विल्बर्फोर्सको नाममा उक्त विश्वविद्यालयमा स्थापना गरिएको विल्बर्फोर्स इन्सटिच्युटले उक्त पुरस्कार प्रदान गरेको हो ।
सो पुरस्कार कानून, राजनीति शास्त्र, समाजशास्त्र, मानविकी आदि विषयमा संसारको कुनैपनि विश्वविद्यालयबाट स्नातक गरेका तर ४० वर्ष ननाघेका व्यक्तिले मात्र सहभागिता जनाउन पाउने गरी स्थापना गरिएको हो ।
उक्त विश्वविद्यालयबाट सन् १९८८ मा विशिष्ट श्रेणीमा प्रथम भई कानूनमा स्नातकोत्तर गरेका प्रा सुवेदीलाई तीन वर्षअघि उक्त विश्वविद्यालयले मानार्थ महाविद्यावारिधि जस्तो उच्च उपाधि प्रदान गरेको थियो।
परराष्ट्रमन्त्री शर्माको निर्देशन – ‘एनआरएनएको १२ औँ महाधिवेशन विधानअनुसार गर्नुस्’
नेपाल पत्रकार महासङ्घका पूर्वसभापति होमनाथ दाहालको निधन
बर्लिनाले ट्यालेन्टमा नेपालका चार प्रतिभा छनोट
एनआरएनए-एआईयू एमबीबीएस छात्रवृत्ति कविलवस्तुका सचिन र चितवनकी भावनालाई दिने घोषणा
पोखरामा नेपाली कलालाई विश्वमाझ चिनाउन प्रदर्शनी : नेपाली ३३ र बेलायतसहितका १५ विदेशी कलाकारको सहभागिता
नेपाली बक्सिङ खेलका प्रथम ओलम्पियन नामसिंह थापा मगरको हङकङमा निधन
भेनेजुएलाको राजधानीमा विस्फोट, अमेरिकी हस्तक्षेपको आरोप, के-के छन् घटनाक्रम ?
बेलायतमा दिउँसोको समयमा “जङ्क फूड” को विज्ञापनमा प्रतिबन्ध
यी हुन् एनआरएनए यूकेको स्कटल्यान्डमा बसेको पूर्ण बैठकका निर्णयहरु
भेनेजुएलामा भएका अमेरिकी कारबाहीमा बेलायतको कुनै संलग्नता छैन : प्रधानमन्त्री स्टार्मर