
लण्डन । वीनेपाली डटकमका सम्पादक नरेश खपाङ्गीमगर एफएनजे यूके वर्ष पत्रकारिता पुरस्कार २०२३ बाट पुरस्कृत हुनुभएको छ ।
नेपाल पत्रकार महासंघ बेलायत शाखाको १२ औँ वार्षिकोत्सवका अवसरमा आइतबार अल्डरसटस्थित एम्पायर बाङ्क्वेट हलमा आयोजित एक समारोहमा उहाँलाई बेलायतका लागि नेपाली राजदुत ज्ञानचन्द्र आचार्यले दोसल्ला तथा प्रमाणपत्र प्रदान गर्नुभयो । यस्तै कार्यक्रमका विशेष अतिथि नेपाल पत्रकार महासंघका केन्द्रीय महासचिव रोशन पुरीले पुरस्कार राशी ५०२ पाउण्ड हस्तान्तरण गर्नुभयो ।
सो अवसरमा पुरस्कार सिफारिस समितिका संयोजक डा बच्चुकैलाश कैनीले पुरस्कार छनौटको प्रक्रिया र मूल्याङ्कन विधिका बारेमा प्रष्ट पार्नुभएको थियो । त्यस्तै, शाखाका उपाध्यक्ष प्रमिला लाबुङ राईले पुरस्कृत व्यक्तित्वको प्रोफाइल वाचन गर्नुभएको थियो ।
बेलायतको नेपाली पत्रकारितामा गहन तथा खोजी पत्रकारितालाई प्रोत्साहन गर्ने उद्देश्यले शाखाले सो पुरस्कार स्थापना गरेको हो ।
त्यसअवसरमा शाखाका तर्फबाट पुरस्कार सिफारिश समितिका संयोजक डा बच्चुकैलाश कैनी तथा सदस्यहरु नवीन पोखरेल र लक्ष्मी राई लारालाई प्रमाणपत्र र मायाको चिनोसहित सम्मान गरेको थियो ।
बेलायतमा कमलबहादुर गुरुङ फेरि काउन्सिलरमा निर्वाचित
बेलायत निवासी शान्ति लिम्बुको ‘थेम्सको लहरमा तमोरको स्पर्श’ कवितासंग्रह विमोचन
बेलायतमा स्थानीय निर्वाचन : सत्तारुढ दल लेबरलाई झड्का, नेपालीमुलका उम्मेदवार को को भए निर्वाचित ?
बेलायतमा नेपाली दम्पती नै काउन्सिलर निर्वाचित
पूर्वमन्त्री सुदन किराती हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीमा प्रवेश
स्याङ्जा समाज यूकेको संरक्षकमा मेजर कुमार गुरुङ र प्रमुख सल्लाहकारमा विजयबहादुर गुरुङ मनोनीत
डायमण्ड बु्द्धिष्ट सेन्टर यूकेद्वारा तमु लामा बौद्ध धर्म समाजलाई १६ लाख १३ हजार हस्तान्तरण
बेल्जियममा श्रम संस्कृति पार्टीको प्रवास तदर्थ समिति गठन
तेह्रथुम समाज यूकेको वार्षिक भेला २०२६ सम्पन्न
निवर्तमान गृहमन्त्री सुधन गुरुङबारे तमु समाज यूकेले भन्यो – ‘निष्पक्ष छानबिन सुनिश्चित गरियोस्’