पहिलो ननिटन गल्फ च्याम्पियनसीप सम्पन्न

लण्डन । मिडल्याण्डस नेपलिज गल्फ सोसाइटीको आयोजनामा ननिटनमा पहिलो ननिटन गल्फ च्याम्पियनसीप सम्पन्न भएको छ ।
शनिबार ननिटनको ओकरिज गल्फ क्लबमा सम्पन्न सो प्रतियोगितामा ग्रसतर्फ प्रेम तामाङ विजेता बने भने नेटतर्फ लोकेश गुरुङ विजेता बने । तामाङले ५०० पाउण्ड नगद पुरस्कारसहित ट्रफी हात पारे भने गुरुङले ४०० पाउण्ड नगद पुरस्कार पाए ।
प्रतियोगितामा तीन डिभिजन विभाजन गरी हरेक डिभिजनका विजेतालाई १५० पाउण्ड र रनर अपलाई १०० पाउण्ड पुरस्कार दिइएको थियो । त्यस्तै लङ्गेष्ट ड्राइभ, नियरेष्ट टू द पिन र प्रोज आप्रोजमा पनि उत्कृष्टलाई ५०/५० पाउण्ड पुरस्कार दिइएको थियो ।
प्रतियोगिताको प्रायोजकहरुमा द गोरखा कर्नर, डिएमके ग्रोसरी, सारु इम्ब्रोइडरी, आरएलटी सप्लायर्स लिमिटेड, साहारा ट्याक्सी प्रायोजक रहेका थिए ।

प्रतियोगितामा करिब ६० खेलाडीले भाग लिएका थिए ।
कार्यक्रमको संयोजन मिडल्याण्डस् नेपलिज गल्फ सोसाइटीका सचिव भूपाल गुरुङ र उहाँको टीमले गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री