
लन्डन । नेपाल पत्रकार महासंघ बेलायत शाखाले वर्षेनी प्रदान गर्दै आएको एफएनजे युके वर्ष पत्रकारिता पुरस्कारका लागि सिफारिस समिति चयन गरिएको छ ।
जुलाई ९ तारिखमा अल्डरसटमा आयोजना हुने शाखाको १२ औं वार्षिकोत्सव तथा च्यारिटी कार्यक्रमको अवसरमा प्रदान गरिने यस वर्षको पुरस्कारका लागि शाखाले डा बच्चुकैलाश कैनीको संयोजकत्वमा तीन सदस्सीय सिफारिस समिति गठन गरेको छ ।
शाखाको शुक्रबार बसेको बैठकले डा कैनी संयोजक तथा नवीन पोखरेल र लक्ष्मी राई ‘लारा’ सदस्य रहेको पुरस्कार सिफारिश समिति गठन गरेको महासचिव नरेन्द्र बस्नेतले जानकारी दिए ।
समितिका संयोजक डा कैनीसँग बेलायतको राष्ट्रिय स्वास्थ सेवा (एनएचस) व्यवस्थापन, राजनीति, साहित्य र प्राध्यापनको अनुभव छ। डाटफोर्ड काउन्सिलका पूर्व काउन्सिलर उनले विगतमा लेबर पार्टीबाट बेलायतको संसदीय निर्वाचन लडेका थिए । उनी पत्रपत्रिकामा नियमित रुपमा लेखिरहने पनि गर्दछन भने उनका पुस्तकहरू पनि प्रकाशित छन् ।
त्यस्तै, समितिका सदस्य पोखरेल दुई दशकभन्दा लामो समयदेखि नेपाली पत्रकारितामा सक्रिय छन् । कान्तिपुर दैनिकका बेलायत संवाददाता तथा बेलायतबाट सञ्चालित नेपालीलिंकका प्रधान सम्पादक उनी नेपाल पत्रकार महासंघ बेलायतका संस्थापक अध्यक्ष पनि हुन् । उनले गत वर्ष एफएनजे यूके वर्ष पत्रकारिता पुरस्कार समेत प्राप्त गरेका थिए।
पुरस्कार सिफारिश समितिकी अर्की सदस्य लक्ष्मी राई (लारा) पेशाले साेसल वर्कर हुन् । युनिभर्सिटी कलेज लण्डन (युसीएल) बाट शिक्षा विषयमा स्नातकोत्तर गरेकी लारासित साहित्य र च्यारिटीमा लामो अनुभव छ । उनी अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज बेलायतकी पूर्व अध्यक्ष हुन् ।
महासचिव नरेन्द्र बस्नेतका अनुसार शाखाले पुरस्कारका लागि जुन मसान्तभित्र आवेदन तथा सिफारिशहरु संकलन गर्नेछ । संकलित आवेदनहरुमध्ये सिफारिश समितिको सिफारिशका आधारमा विजेता छनोट गरी पुरस्कार वितरण गरिनेछ।
५ सय दुई पाउण्ड नगदसहितको एफएनजे यूके वर्ष पत्रकारिता पुरस्कार यसअघि सन् २०२१ मा श्रीभद्र खनाल तथा सन् २०२२ मा नवीन पोखरेल र खेमराज रानाभाटले संयुक्त रुपमा प्राप्त गरेका थिए ।
बेलायतमा कार्यरत नेपाली पत्रकारहरुलाई गहन र खोजी पत्रकारिता गर्न प्रोत्साहन गर्ने उद्देश्यले शाखाले वार्षिक रुपमा यो पुरस्कार प्रदान गर्दै आएको हो ।
अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थायी रोक
तमु लम परिवार यूकेको विशेष बैठक, यस्ता छन् निर्णयहरु
जासुसी आरोपमा बेलायती कूटनीतिज्ञ निष्कासित
नेपाली कांग्रेसका सभापतिमा गगनकुमार थापा निर्विरोध निर्वाचित
बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निषेध
चर्चित गायक तथा अभिनेता प्रशान्त तामाङको निधन
एनआरएनए-एआईयू एमबीबीएस छात्रवृत्ति कविलवस्तुका सचिन र चितवनकी भावनालाई दिने घोषणा
बर्लिनाले ट्यालेन्टमा नेपालका चार प्रतिभा छनोट
रास्वपासँगको एकता १२ दिनमै तोडिएपछि उज्यालो नेपाल पार्टीको अध्यक्षमा घिसिङ
झापाली समाज यूकेमा नयाँ कार्यसमिति चयन, अध्यक्षमा टंक भट्टराई