काठमाडौँ । नेपालका लागि नवनियुक्त राजदूत चेन सोङ कार्यभार सम्हाल्न काठमाडौँ आइपुगेका छन् ।
उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा परराष्ट्र मन्त्रालय र चिनियाँ दूतावासका प्रतिनिधिले स्वागत गरे ।
यसअघिका चिनियाँ राजदूत होउ यान्छी कार्यकाल पूरा गरी स्वदेश फर्किएपछि चीन सरकारले सोङलाई नयाँ राजदूतका रुपमा नियुक्त गरेको थियो । राजदूत चेन नेपालका लागि चीनका २२आँै राजदूत हुनुहुन्छ ।
सो अवसरमा उनले हिमाल र नदीले जोडिएको चीन र नेपालबीच चिरकालिन मित्रता रहेको र सन् १९५५ मा कूटनीतिक सम्बन्ध स्थापना भएदेखि नै चीन र नेपालले सधैं एकअर्कालाई सम्मान, विश्वास र समर्थन गर्दै आएका उल्लेख गरे ।
साथै राजदूत चेनले सन् २०१९ मा चिनियाँ राष्ट्रपति सी जिनपिङले नेपालको ऐतिहासिक राजकीय भ्रमण गरेको र दुई राष्ट्र प्रमुखले विकास र समृद्धिका लागि सदा चिरस्थायी मित्रतासहितको सहकार्यको रणनीतिक साझेदारी निर्माण गर्न सहमत भएको समेत स्मरण गरे ।
दोस्रो गण्डकी लोक तारा २०८३ मा स्याङ्जाकी बत्तीकुमारी थापा प्रथम
बेलायतीमन्त्री मल्होत्रा र लुम्बिनीका मुख्यमन्त्री आचार्यबीच भेटवार्ता
पूर्वब्रिटिस गोर्खाका चिन्ता र गुनासालाई यथाशीघ्र सम्बोधन गर्न बेलायती मन्त्रीसँग परराष्ट्रमन्त्री खनालको आग्रह
नेपाल मगर संघको १३ औँ राष्ट्रिय महाधिवेशन काठमाडौंमा उद्घाटन, शनिबारदेखि बन्दसत्र
बेलायतीमन्त्री मल्होत्रा र नेपालका शिक्षामन्त्री पोखरेलबीच भेटवार्ता
बेलायतमा २४ औं गोर्खा कपमा ५६ टिम भिड्ने, ३ लाख ५० हजार पाउन्डभन्दा बढी खर्च हुने अनुमान
श्रम संस्कृति समाज बेलायतमा नयाँ कार्यसमिति निर्विरोध चयन, संयोजकमा मनोज पुन
बेलायतमा डुप्सीङ्ग रिन्पोछेद्वारा बीसीसी गुम्बामा प्रवचन
डा.सुमाया राईको पुस्तक ‘जिन्दगी फूल सम्झे फूलै हो’ लन्डनमा विमोचन
बेलायतमा नवनिर्वाचित काउन्सिलर कमलबहादुर गुरुङलाई तमु समाज यूकेको सम्मान