
काठमाडौँ । संयुक्त राष्ट्र सङ्घको आह्वानमा नेपाली सेनाको शान्ति स्थापना कार्यको ईतिहासमै पहिलो पटक छ हजारभन्दा बढी नेपाली सेनाका फौज मिशनमा तैनाथ भई ऐतिहासिक कोसेढुङ्गा कायम भएको छ ।
‘मिनुस्का मिशन’ सेन्ट्रल अफ्रिकन रिपब्लिकमा गत मङ्सिर २७ गते लाइट इन्फेन्ट्री बटालियनको अन्तिम डफ्फामा रहेका दुई सय दुई शान्ति सैनिकको तैनाथीसँगै शान्ति मिशनमा नेपाली सेनाको तैनाथी सङ्ख्या छ हजार १६ पुगेको छ । सन् १९५५ मा नेपालले संयुक्त राष्ट्र सङ्घको सदस्यता प्राप्त गरेपश्चात संयुक्त राष्ट्र सङ्घको आह्वानमा सन् १९५८ मा पाँच मिलिटरी अब्जर्भर युएनओजिआइएल मिशन लेवनानमा तैनाथ गरेसँगै सुरु भएको नेपाली सेनाको शान्ति मिशनको यात्राले छ दशकभन्दा बढीको समयावधि पूरा गरिसकेको छ ।
शान्ति मिशनको यस यात्रामा सन् १९७४ मा युएनइइएफ मिशन सिनाइ (ईजिप्ट) मा पहिलो नेपाली सैनिक कन्टिजेन्टको रुपमा पुरानो गोरख गण सहभागी भएको थियो । हालसम्म नेपाली सेनाले संयुक्त राष्ट्र सङ्घीय ४४ वटा शान्ति मिशनमा सहभागिता जनाइसकेको छ । यस क्रममा नेपाली सेनाका एक लाख ४२ हजार पाँच सय ८५ सकलदर्जा शान्ति मिशनमा सहभागी भएकामा एक हजार नौ सय ८२ महिला सैनिक समावेश रहेका सैनिक जनसम्पर्क तथा सूचना निर्देशानालयले जनाएको छ । विश्व शान्ति स्थापनाको यस महायज्ञमा हालसम्म ७१ नेपाली सेनाका शान्ति सैनिकले आफ्नो प्राणको आहुती दिएका छन् भने ६८ जना सकलदर्जा घाइते भएका छन् ।
हाल संयुक्त राष्ट्र संघमा फौज योगदान गर्ने राष्ट्रको मर्यादाक्रममा नेपाल तेस्रो स्थानमा रहेको छ भने विभिन्न १२ शान्ति मिशनमा नेपाली सेनाका छ हजार १६ जना सकलदर्जा (चार सय २९ महिलासहित) सहभागी भइरहेका छन् ।
यसैगरी संयुक्त राष्ट्रसङ्घीय शान्ति मिशन मध्य युएनडिओएफ मिशन सिरियामा फोर्स कमाण्डर, युएनआइएफआइएल मिशन लेवनानमा डेपुटी फोर्स कमाण्डर तथा एमआइएनयुएसएमए मिशन माली र युएनएमआइएसएस मिशन दक्षिण सुडानमा सेक्टर कमाण्डरको रुपमा नेपाली सेनाका रथीवृन्द कार्यरत हुनुहुन्छ ।
प्रतिवेदन भन्छ – ‘करीव ७० लाख अष्ट्रेलियालीहरू घातक जङ्गली आगोको जोखिममा रहेको क्षेत्रमा बस्छन्’
साझा नेपाली समाज यूकेको अध्यक्षमा नारायण फुँयाल चयन
थारु कल्याणकारिणी सभा यूकेले दोस्रो माघी महोत्सव मनाउने
सोलार फार्म नेपालले चार प्रतिशत बोनस शेयर दिने
बेलायतमा दिउँसोको समयमा “जङ्क फूड” को विज्ञापनमा प्रतिबन्ध
‘भोजपुर प्रतिभा सम्मान’ राईलाई र पुरस्कार गन्धर्वलाई प्रदान गर्ने भोजपुर प्रतिभा प्रतिष्ठान बेलायतको निर्णय
ड्यालसमा महावाणिज्यदूतावास खुलेसँगै सेवाग्राहीलाई राहत
नेपालमा बुद्ध एयरको विमान विमानस्थलको रनवेमा चिप्लिएर दुर्घटना, यात्रु सकुशल
एकीकरण भयो राप्रपा र राप्रपा नेपाल
बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने