
चुनाव आयो भने मात्र गाउ फर्की आउने
अरुबेला रातो-दिन शहर बजार धाउने
ठेक्का पट्टा कमिसनले परिवार पाल्ने
यिनले भोट नहारेर कसले हो त हार्ने ?
गाउघरमा आउँदा पनि टाइसुटमै आउने
ससुराली जादा पनि हेलिकप्टेर चाहिने
गरिखाने जनताको कुरै नसुन्ने
यिनले भोट नहारेर कसले हो त हार्ने ?
छोरी,चेली जस्तै सधैं क्रिम पाउडर घस्ने
नङ काट्न नसकेर ह्याण्डसम पार्लर पस्ने
माछा, मासु बिना त भान्सै नबस्ने
यिनले भोट नहारेर कसले हो त हार्ने ?
चुनाव जिति गएपछि फर्की नआउने
जनताको पक्षमा माखो नमार्ने
सुरापान, सुन्दरीमै मस्ती सधैं मार्ने
यिनले भोट नहारेर कसले हो त हार्ने ?
पार्टीभन्दा बाहिरकालाई वास्तै नगर्ने
सानो काम लगायो कि कमिसन माग्ने
आफ्नै कार्यकर्तालाई नि दास,दासी ठान्ने
यिनले भोट नहारेर कसले हो त हार्ने ?
देशभक्ती र राष्ट्रवादको कुरा पनि गर्ने
राष्ट्रघाती सन्धी गर्न अघि पनि सर्ने
एमसिसीको कमिसनले राजनीति गर्ने
यिनले भोट नहारेर कसले हो त हार्ने ?
मतदातालाई अपमानित गर्ने
भोट हुनुभन्दा पहिला भगवान भन्ने
भोट पाइसके पछि भेडाबाख्रा ठान्ने
यिनले भोट नहारेर कसले हो त हार्ने ?
३०० वर्ष पुरानो भायलिन प्रदर्शन हुँदै बेलायतको सङ्गीत महोत्सवमा
युद्ध साहित्य पुरस्कार २०८२ विरहीका ‘बारुदले कोरेका अक्षरहरु’ लाई प्रदान गरिने
नेपालमा प्राणघातक रोग रुबेला उन्मूलन भएको विश्व स्वास्थ्य सङ्गठनको घोषणा
बेलायतमा मनाइयो ‘लन्डन इन्द्र जात्रा’
र्यापमा रमाउँदै नयाँ पुस्ता : ‘र्यापले नचाउँछ, विद्रोहको भाव जगाउँछ’
बीसीसी यूकेले गर्यो कुलमान घिसिङलाई स्वागत तथा सम्मान
युद्ध साहित्य पुरस्कार २०८२ विरहीका ‘बारुदले कोरेका अक्षरहरु’ लाई प्रदान गरिने
एनआरएनए यूकेका दुई समूहले गरे कुलमान घिसिङसँग छुट्टाछुट्टै ‘मिट एन्ड ग्रिट’कार्यक्रम
एक लाख १० हजार धरौटीमा छुटे चक्रे मिलन
बेलायती सांसद एलेक्स बेकरसँग कुमाल घिसिङको भेटवार्ता