
काठमाडौँ । यसपटकको आमनिर्वाचनमा नेकपा एमाले र नेकपा माओवादी केन्द्र दुवै पार्टीका प्रभावशाली पद मानिने महासचिवहरु पराजित भएका छन् ।
लमजुङबाट प्रतिनिधिसभा सदस्यतर्फ उम्मेदवार रहेका नेकपा माओवादी केन्द्रका महासचिव देवप्रसाद गुरुङ नेकपा (एमाले) का उपमहासचिव पृथ्वीसुब्बा गुरुङसित पराजित भएका छन् ।
जिल्ला निर्वाचन कार्यालयका प्रमुख नारायणप्रसाद सापकोटाका अनुसार विजयी पृथ्वीसुब्बाले ३४ हजार नौ सय ६९ मत प्राप्त गर्नुभएको छ । पराजित गुरुङले ३१ हजार सात सय ८१ मत प्राप्त गर्नुभएको छ ।
कूल एक लाख ३३ हजार पाँच सय ५९ मतदाता रहेकामध्ये ८० हजार एक सय ९२ मत खसेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । देव गुरुङ यसअघिको निर्वाचनमा सोही निर्वाचन क्षेत्रबाट जितेका थिए भने पृथ्वी सुब्बा प्रदेशतर्फ चुनाव जिती गण्डकी प्रदेशको मुख्य मन्त्री बनेका थिए ।
यसैगरी, दाङ क्षेत्र नं २ को प्रतिनिधिसभा सदस्यको उम्मेदवार रहेका नेकपा एमालेका महासचिव शंकर पोखरेल नेकपा (माओवादी केन्द्र)की रेखा शर्मासित पराजित भएका छन् । शर्माले २६ हजार आठ सय ७७ मत प्राप्त गरी विजयी हुँदा पोखरेलले २६ हजार छ सय ८१ मत प्राप्त गर्नुभएको मुख्य निर्वाचन अधिकृत कृपासुर कार्कीले जानकारी दिनुभयो । उहाँहरूबीचको मतान्तर एक सय ९६ रहेको छ ।
उक्त क्षेत्रमा एक लाख ३३ हजार सात सय ४८ मतदातामध्ये ७९ हजार चार सय ४६ मत खसेको थियो । निर्वाचित शर्मा माओवादी केन्द्रको केन्द्रीय सदस्य तथा पूर्वमन्त्री हुनुहुन्छ भने पोखरेल नेकपा (एमाले)का महासचिव तथा लुम्बिनी प्रदेशका पूर्वमुख्यमन्त्रीसमेत हुनुहुन्छ ।
ब्रिटेन नेपाल चेम्बर अफ कमर्समा नयाँ नेतृत्व चयन
ग्रीनल्याण्ड विवादले अमेरिका–युरोप सम्बन्ध तनावपूर्ण
गोरखा सैनिकहरुले बनाए साझा अजेण्डा
बेलायतलगायत देश र ठूला अन्तर्राष्ट्रिय कम्पनी सम्मिलित लिफ कोलियसन सम्झौतामा नेपालले गर्यो हस्ताक्षर
सभापति गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय
नेपाल आदिवासी जनजाति महासङ्घको ११ औँ राष्ट्रिय महाधिवेशन २२ जनवरीदेखि
युरोपेली सङ्घसँग सम्बन्ध सुधार्न बेलायतको लेबर तयार
मेडिकल व्यवसायी दुर्गा प्रसाईं पोखराबाट पक्राउ
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन सर्यो, अब १४-१६ मार्चमा हुने [विज्ञप्तिसहित]
एनआरएनए यूकेको जानकारीसभा तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न