
काठमाडौँ । यसपटकको आमनिर्वाचनमा नेकपा एमाले र नेकपा माओवादी केन्द्र दुवै पार्टीका प्रभावशाली पद मानिने महासचिवहरु पराजित भएका छन् ।
लमजुङबाट प्रतिनिधिसभा सदस्यतर्फ उम्मेदवार रहेका नेकपा माओवादी केन्द्रका महासचिव देवप्रसाद गुरुङ नेकपा (एमाले) का उपमहासचिव पृथ्वीसुब्बा गुरुङसित पराजित भएका छन् ।
जिल्ला निर्वाचन कार्यालयका प्रमुख नारायणप्रसाद सापकोटाका अनुसार विजयी पृथ्वीसुब्बाले ३४ हजार नौ सय ६९ मत प्राप्त गर्नुभएको छ । पराजित गुरुङले ३१ हजार सात सय ८१ मत प्राप्त गर्नुभएको छ ।
कूल एक लाख ३३ हजार पाँच सय ५९ मतदाता रहेकामध्ये ८० हजार एक सय ९२ मत खसेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । देव गुरुङ यसअघिको निर्वाचनमा सोही निर्वाचन क्षेत्रबाट जितेका थिए भने पृथ्वी सुब्बा प्रदेशतर्फ चुनाव जिती गण्डकी प्रदेशको मुख्य मन्त्री बनेका थिए ।
यसैगरी, दाङ क्षेत्र नं २ को प्रतिनिधिसभा सदस्यको उम्मेदवार रहेका नेकपा एमालेका महासचिव शंकर पोखरेल नेकपा (माओवादी केन्द्र)की रेखा शर्मासित पराजित भएका छन् । शर्माले २६ हजार आठ सय ७७ मत प्राप्त गरी विजयी हुँदा पोखरेलले २६ हजार छ सय ८१ मत प्राप्त गर्नुभएको मुख्य निर्वाचन अधिकृत कृपासुर कार्कीले जानकारी दिनुभयो । उहाँहरूबीचको मतान्तर एक सय ९६ रहेको छ ।
उक्त क्षेत्रमा एक लाख ३३ हजार सात सय ४८ मतदातामध्ये ७९ हजार चार सय ४६ मत खसेको थियो । निर्वाचित शर्मा माओवादी केन्द्रको केन्द्रीय सदस्य तथा पूर्वमन्त्री हुनुहुन्छ भने पोखरेल नेकपा (एमाले)का महासचिव तथा लुम्बिनी प्रदेशका पूर्वमुख्यमन्त्रीसमेत हुनुहुन्छ ।
पुस्तक चर्चाः कामी शेर्पाका सगरमाथामा ६ पाइला
गोर्खा सैनिक र उनीहरुका सन्ततिको नागरिकता निरन्तरताबारे नेपालका राष्ट्रपति पौडेललाई बुझाइयो ज्ञापनपत्र
गैरआवासीय नेपाली ऐनसम्बन्धी मस्यौदा आगामी संसद् अधिवेशनमा प्रस्तुत गर्ने परराष्ट्रमन्त्री खनालको प्रतिबद्धता
बेलायतवासी युद्ध साहित्यकार काङमाङ नरेश राईलाई ‘प्रज्ञा अन्तर्देशीय पुरस्कार-२०८२’ प्रदान गरिने
होर्मुज खुलाउन इरानले मानेन
‘लिब्जु–भुम्जु पुरस्कार’ ऋषि र कमललाई
बेलायतमा नेपाल पहिल्यै लोकप्रिय : राजदूत रोर्वट फेन
बेलायतको साउथह्यारोमा नेपाली नयाँ वर्ष २०८३ भव्य रुपमा मनाइयो
सर्वोच्च अदालतले दियो गगनकुमार थापा नेतृत्वको नेपाली कांग्रेसलाई आधिकारिकता
नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा पक्षले अदालतको फैसला स्वीकार गर्ने