काठमाडौँ । आमनिर्वाचनमा प्रभावशाली नेताहरुले पनि अनपेक्षित परिणाम भोग्नु शुरु गरेका छन् । यसक्रममा नेकपा (एमाले) का दोस्रो वरियताका नेता, वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल काठमाडौँ-५ बाट पराजित भएका छन् ।
यसअघिको निर्वाचनमा सोही क्षेत्रबाट निर्वाचित पोखरेललाई नेपाली काँग्रेसका युवा नेता प्रदीप पौडेलले हराएका हुन् । मंगलबार सम्पन्न मतगणनाअनुसार पौडेलले १५ हजार २३७ मत पाए भने पोखरेलले १० हजार १७५ मत मात्र पाए ।
पौडेल तनहुँबाट टिकटको आकांक्षी थिए तर रामचन्द्र पौडेल तनहुँबाट उठ्ने भएपछि काठमाडौँमा उनलाई उठाइएको थियो । नेपाल विद्यार्थी संघका पूर्व अध्यक्षसमेत रहेका पौडेल गत निर्वाचनमा प्रदेश सभा सदस्यमा ५ मतले पराजित भएका थिए ।
उता पोखरेल भने २०४८ यता नै एमालेको प्रभावशाली नेता रहँदै आएका छन् । तथापि संसदमा उनको जित भने सधैँ एकनासको थिएन । उनी कहिले धनुषाबाट त कहिले काठमाडौँबाट पराजित भएका थिए ।
जनवरीमा बेलायतबाट नेपाल गए ३ हजार ९७३ पर्यटक
बेलायतमा ६/५ गोर्खा राईफल्सले ७८औं स्थापना दिवस मनायो
पदम गुरुङले पाए ननिटन काउन्सिलबाट ‘फ्रिम्यान अफ द बरो’ को सम्मान
युएईले दियो २ सय ६७ नेपालीलाई आममाफी
बेलायतको नेपाली दुताबासमा विद्यार्थीका समस्याबारे सम्मेलन
एनआरएनए प्रतिनिधिमण्डलद्वारा परराष्ट्रमन्त्री बालानन्द शर्मासँग भेट
अमेरिकामा भीषण आँधी : ११ हजार ४०० भन्दा बढी उडान रद्द
स्याङ्जा समाज यूकेको अध्यक्षमा रुपा गुरुङ सर्वसम्मत चयन
महाराष्ट्रका उपमुख्यमन्त्री अजित पवारको चार्टर विमान दुर्घटनामा निधन
ग्लास्गो नेपाली एसोसिएसन स्कटल्यान्डको अध्यक्षमा रामप्रसाद कँडेल चयन