
काठमाडौँ । मङ्सिर ४ गते सम्पन्न हुने प्रतिनिधि तथा प्रदेशसभाको निर्वाचनमा ४४ राष्ट्रिय र तीनवटा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थालाई निर्वाचन पर्यवेक्षण गर्न अनुमति दिइएको छ ।
निर्वाचन आयोगका सहायक प्रवक्ता कमल भट्टराईले कुनै पनि पक्ष र विपक्षमा नलाग्ने राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थालाई निर्वाचन पर्यवेक्षण गर्न अनुमति दिइएको जानकारी दिनुभयो ।
उहाँले देशभर स्वयम्सेवीका रूपमा खटिने करिब १० हजार पर्यवेक्षकले संस्थामार्फत उपलब्ध गराउने निर्वाचन पर्यवेक्षण प्रतिवेदनमा उल्लेख हुने सुझावलाई निर्वाचन आयोगले ग्रहण गर्ने बताउनुभयो ।
यस्तै अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले सात सय ५० जनाभन्दा बढी निर्वाचन पर्यवेक्षक खटाउने भएको छ । इन्सेकका कार्यकारी निर्देशक विजयराज गौतमले एक सय ६५ निर्वाचन क्षेत्रमा सात सय ५० जनाभन्दा बढी निर्वाचन पर्यवेक्षक खटाउने जानकारी दिनुभयो ।
कार्यकारी निर्देशक गौतमले प्रजातन्त्र स्थापनापछिका सबै निर्वाचनमा इन्सेकले पर्यवेक्षण गर्दै आएको उल्लेख गर्दै यसपटक पनि निर्वाचनमा पर्यवेक्षक खटाउने बताउनुभयो ।
अमेरिकामा मौसमी फ्लुको प्रभाव कायमै, अस्पताल भर्ना दुई लाख ३० हजार
नेपाली कांग्रेस (देउवा पक्ष) निर्वाचन आयोगको निर्णयविरुद्ध सर्वोच्च अदालत जाने
गगनकुमार थापा नेतृत्वको नेपाली कांग्रेसलाई निर्वाचन आयोगले दियो आधिकारिकता
यसरी मनायो थारु कल्याणकारी सभा यूकेले माघी पर्व
गिनिज वर्ल्ड रेकर्ड धारक सुनारलाई अमेरिकामा खेल विज्ञानमा मानार्थ विद्यावारिधि
चर्चित गायक तथा अभिनेता प्रशान्त तामाङको निधन
झापाली समाज यूकेमा नयाँ कार्यसमिति चयन, अध्यक्षमा टंक भट्टराई
सरल छविका थिए प्रशान्त तामाङ
नेपाली कम्युनिष्ट पार्टीको केन्द्रीय सदस्यको संख्या २४ सय ९९, मंगलबार लिए शपथ
संयुक्त राष्ट्रवादी नेपाली संगठन बेलायतले मनायो ३०४औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस