
काठमाडौँ । विश्वभर छरिएर रहेका प्रवासी नेपालीको साझा सङ्गठन प्रवासी नेपाली मञ्च (ओएनएफ) अन्तर्राष्ट्रिय कमिटिको पहिलो अधिवेशन यही कात्तिक १९ र २० गते काठमाडौँमा हुने भएको छ ।
मञ्चले आज यहाँ पत्रकार सम्मेलन गरी “सबल प्रवासी : समृद्ध नेपाल, सुखी नेपाली” भन्ने मूल नाराका साथ काठमाडौँमा अधिवेशन आयोजना गर्न लागिएको जनाकारी दिएको हो । अधिवेशनमा प्रवासी नेपाली मञ्चको १५ सदस्सीय आयोजक कमिटी, पाँच महादेश कमिटिबाट पाँच जनाको दरले २५ र हरेक राष्ट्रिय कमिटिबाट गरी तीन सय प्रतिनिधि सहभागी हुनेछन ।
अधिवेशनमा राजनीतिक, सांङ्गठनिक र आर्थिक प्रतिवेदन प्रस्तुत हुनेछ भने अध्यक्ष, उपाध्यक्ष, सचिव र दुई जना उपसचिवसहित ३१ सदस्सीय नयाँ कार्यसमिति चयन गर्ने कार्यसूची छ । प्रवासी नेपाली मञ्चको इन्चार्जको रुपमा नेकपा (एमाले) का स्थायी कमिटि सदस्य एंव विदेश विभाग प्रमुख डा राजन भट्टराईले सङ्गठनलाई नेतृत्व प्रदान गरिरहनुभएको छ । सोही अवसरमा विदेश विभाग प्रमुख डा भट्टराईले विदेशमा रहेका नेपालीले पनि मतदान गर्न पाउने व्यवस्था मिलाउन प्रयास भइरहेको जानकारी दिनुभयो ।
नेपालमा मन्त्रिपरिषद् विस्तार, परराष्ट्रमन्त्रीमा बालानन्द शर्मा नियुक्त
बुद्धि तामाङ निर्देशित नाटक ‘मिलारेपा’आगामी ८ मार्चमा बेलायतमा मञ्चन हुने
पेनिबा : युवाको प्रतिनिधि कथाहरू
राप्रपा र राप्रपा नेपालबीच फेरि एकीकरणको सहमति
नेपाल सरकारले अब दुई कार्यदिनभित्रै राहदानी उपलब्ध गराउने
दुर्घटनामा मृत्यु भएका युबिन तामाङको बेलायतमै अन्त्येष्टि
सहारा यूकेको अध्यक्षमा शारदा गुरुङ चयन
बेलायतको प्लमस्टिडमा मोहन गुरुङको टिमद्वारा ‘एसियन ओरिएन्टल सुपरमार्ट’ सञ्चालन
बेलायतको अल्डरसटमा नेपाली दूतावासको घुम्ती शिविर, राहदानी र कन्सुलर सेवा एकै ठाउँमा
बेलायतमा अरुले कमाउँछन्, म सेवा गर्छु : पुनम गुरुङ