
काठमाडौँ । विश्वभर छरिएर रहेका प्रवासी नेपालीको साझा सङ्गठन प्रवासी नेपाली मञ्च (ओएनएफ) अन्तर्राष्ट्रिय कमिटिको पहिलो अधिवेशन यही कात्तिक १९ र २० गते काठमाडौँमा हुने भएको छ ।
मञ्चले आज यहाँ पत्रकार सम्मेलन गरी “सबल प्रवासी : समृद्ध नेपाल, सुखी नेपाली” भन्ने मूल नाराका साथ काठमाडौँमा अधिवेशन आयोजना गर्न लागिएको जनाकारी दिएको हो । अधिवेशनमा प्रवासी नेपाली मञ्चको १५ सदस्सीय आयोजक कमिटी, पाँच महादेश कमिटिबाट पाँच जनाको दरले २५ र हरेक राष्ट्रिय कमिटिबाट गरी तीन सय प्रतिनिधि सहभागी हुनेछन ।
अधिवेशनमा राजनीतिक, सांङ्गठनिक र आर्थिक प्रतिवेदन प्रस्तुत हुनेछ भने अध्यक्ष, उपाध्यक्ष, सचिव र दुई जना उपसचिवसहित ३१ सदस्सीय नयाँ कार्यसमिति चयन गर्ने कार्यसूची छ । प्रवासी नेपाली मञ्चको इन्चार्जको रुपमा नेकपा (एमाले) का स्थायी कमिटि सदस्य एंव विदेश विभाग प्रमुख डा राजन भट्टराईले सङ्गठनलाई नेतृत्व प्रदान गरिरहनुभएको छ । सोही अवसरमा विदेश विभाग प्रमुख डा भट्टराईले विदेशमा रहेका नेपालीले पनि मतदान गर्न पाउने व्यवस्था मिलाउन प्रयास भइरहेको जानकारी दिनुभयो ।
प्राविधिक शिक्षा विस्तारमा सहकार्य हुन्छ : बेलायती मन्त्री मल्होत्रा
तमु धीं को आयोजनामा आज बेलायतमा २४ औं गोर्खा कप, ५६ टिमबीच प्रतिस्पर्धा हुने
दोस्रो गण्डकी लोक तारा २०८३ मा स्याङ्जाकी बत्तीकुमारी थापा प्रथम
बेलायतीमन्त्री मल्होत्रा र लुम्बिनीका मुख्यमन्त्री आचार्यबीच भेटवार्ता
पूर्वब्रिटिस गोर्खाका चिन्ता र गुनासालाई यथाशीघ्र सम्बोधन गर्न बेलायती मन्त्रीसँग परराष्ट्रमन्त्री खनालको आग्रह
बेलायतमा २४ औं गोर्खा कपमा ५६ टिम भिड्ने, ३ लाख ५० हजार पाउन्डभन्दा बढी खर्च हुने अनुमान
बेलायतमा डुप्सीङ्ग रिन्पोछेद्वारा बीसीसी गुम्बामा प्रवचन
डा.सुमाया राईको पुस्तक ‘जिन्दगी फूल सम्झे फूलै हो’ लन्डनमा विमोचन
बेलायतमा नवनिर्वाचित काउन्सिलर कमलबहादुर गुरुङलाई तमु समाज यूकेको सम्मान
नेपाल तामाङ घेदुङमा नयाँ कार्यसमिति निर्वाचित, अध्यक्षमा रामकृष्ण ब्लोन [सूचीसहित]