
काठमाडौँ । कुवेतको कुवेत एयरले भैरहवाको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित उडान गर्ने योजना पेश गरेको छ ।
नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का अनुसार उक्त एयरले अबको एक महिनापछि भैरहवाको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित उडान गर्ने योजना पेस गरेको हो ।
गएको सोमबार मात्रै उक्त एयरले कुवेत–नेपाल चार्टर उडान सुरु गरेको नागरिक उड्डयन प्राधिकरण (क्यान) का महानिर्देशक प्रदीप अधिकारीले जानकारी दिनुभयो । उहाँका अनुसार कुवेत–नेपाल दुईतर्फी उडानका लागि करिब दुई महिनाअघि कूटनीतिक प्रक्रिया सुरु गरेको उक्त कम्पनीले सुरुआतमा चार्टर उडान सुरु गरेको हो ।
उक्त कम्पनीले चार्टर उडान सुरु गरेको र हाल पर्यटकको यामसँगै अगाडि नै तालिका लिइसकेका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान गर्न दिइएको प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले जानकारी दिनुभयो । उहाँका अनुसार उक्त कम्पनीलाई चार्टर उडानका लागि भैरहवा गन्तव्य कायम गरिने र आउँदो डिसेम्बरबाट यो कम्पनीले भैरहवामै नियमित उडान गर्ने योजना पेस गरिसकेको छ ।
उक्त कम्पनीले भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित उडान गर्ने योजना पेस गरेको भए पनि उडान तालिका प्रस्ताव आउन बाँकी रहेको बताइएको छ । भैरहवाबाट हाल कुवेतकै जजिरा एयरवेजले नियमित उडान गर्दै आएको छ । कुवेत एयरको नियमित उडान सुरु भएसँगै बजार थप प्रतिस्पर्धात्मक हुने प्राधिकरणले जनाएको छ ।
यसैगरी अबुधाबीस्थित बिज एयरले आफ्नो उडान मिति तत्कालका लागि स्थगित गरेको बताइएको छ । अबको डेढ महिनापछि भैरहवाको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान गर्ने वायुसेवा कम्पनीको सङ्ख्या आधा दर्जनभन्दा बढी पुग्ने नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले जनाएको छ । डिसेम्बर १६ बाटै प्राधिकरणले फ्लाइ दुबई, कतार एयरवेज, एयर अरेबियालगायत वायुसेवालाई गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान गर्न निर्देशन दिइसकेको छ ।
अमेरिकामा मौसमी फ्लुको प्रभाव कायमै, अस्पताल भर्ना दुई लाख ३० हजार
नेपाली कांग्रेस (देउवा पक्ष) निर्वाचन आयोगको निर्णयविरुद्ध सर्वोच्च अदालत जाने
गगनकुमार थापा नेतृत्वको नेपाली कांग्रेसलाई निर्वाचन आयोगले दियो आधिकारिकता
यसरी मनायो थारु कल्याणकारी सभा यूकेले माघी पर्व
गिनिज वर्ल्ड रेकर्ड धारक सुनारलाई अमेरिकामा खेल विज्ञानमा मानार्थ विद्यावारिधि
चर्चित गायक तथा अभिनेता प्रशान्त तामाङको निधन
झापाली समाज यूकेमा नयाँ कार्यसमिति चयन, अध्यक्षमा टंक भट्टराई
सरल छविका थिए प्रशान्त तामाङ
नेपाली कम्युनिष्ट पार्टीको केन्द्रीय सदस्यको संख्या २४ सय ९९, मंगलबार लिए शपथ
संयुक्त राष्ट्रवादी नेपाली संगठन बेलायतले मनायो ३०४औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस