
पेरिस । युक्रेनका केही भाग गाँभ्ने रुसी निर्णयको सर्बत्र आलोचना भएको छ ।
राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनको चार क्षेत्रलाई विलय गर्ने घोषणा गरेपछि संयुक्त राज्य अमेरिकाले शुक्रबार रुसलाई “छिटो र गम्भीर मूल्य” चुकाउनुपर्ने चेतावनी दिएको छ ।
उक्त कदमलाई “अवैध“ भन्दै अमेरिकी राष्ट्रपति जो बाइडेनले अमेरिकाले सधैं युक्रेनको अन्तरराष्ट्रिय मान्यता प्राप्त सिमानाको सम्मान गर्ने र सैन्य र कूटनीतिकरूपमा आफ्नो देशलाई बलियो बनाएर आफ्नो क्षेत्रको नियन्त्रण पुनःप्राप्त गर्ने युक्रेनी प्रयासलाई समर्थन जारी राख्ने बताएका छन् ।
फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोनले शुक्रबार युक्रेनी भू–भाग रुसद्वारा गाभिएको कार्यको निन्दा गर्दै यसलाई अन्तरराष्ट्रिय कानून र युक्रेनी सार्वभौमसत्ताको गम्भीर उल्लङ्घन भएको बताएका छन् ।
उनले यो कदमको फ्रान्सले विरोध गरेको र आफ्नो भू–भाग फिर्ता लिन रुस विरुद्धको युद्धमा युक्रेनको साथमा रहेको समेत प्रतिबद्धता व्यक्त गरेका छन् । उनले ट्वीट गर्दै लेखेका छन्,– रुसको चार युक्रेनी क्षेत्र गाँभ्ने कदम अवैध भएको, यसले अन्तरराष्ट्रिय कानून र युक्रेनी सार्वभौमिकता को गम्भीर उल्लङ्घन” गरेको बताएका छन् ।
“फ्रान्सले यसको विरोध गर्दछ, रुसी आक्रमणको सामना गर्न र युक्रेनलाई आफ्नो सम्पूर्ण भू–भागमा पूर्णस्वामित्व स्थापित गर्न, सार्वभौमसत्ता पुनःप्राप्त गर्ने कदममा युक्रेनको साथमा उभिनेछ,” उनले ट्वीटरमा लेखेका छन् ।
टर्कीले शनिबार रुसले युक्रेनी चार प्रान्तहरू गाभ्नु अन्तरराष्ट्रिय कानूनको “गम्भीर उल्लङ्घन” भएको भन्दै द्वन्द्व अन्त्य गर्न वार्ताको लागि आह्वान गरेको छ।
सन् २०१४ मा क्रिमियालाई गाभेको रुसले शुक्रबार लुगान्स्क, डोनेस्क, खेर्सन र जापोरिज्जियालाई आफ्नो क्षेत्रको हिस्सा घोषणा गरेपछि अङ्काराले रुसले सन् २०१४ मा गरेको क्रिमियालाई मान्यता नदिएको विदेश मन्त्रालयको विज्ञप्तिमा उल्लेख छ ।
टर्कीले २०१४ मा एक अवैध जनमत सङ्ग्रहका नाममा रूसले क्रिमिया गाभेको भएपनि टर्कीले मान्यता नदिएको र हरेक अवसरमा युक्रेनको क्षेत्रीय अखण्डता, स्वतन्त्रता र सार्वभौमिकतालाई बलियो समर्थनमा जोड दिएको टर्कीको दाबी छ।
त्यसैगरी टर्कीले युक्रेनका केही भाग हिजोमात्र रुसले गाभेको दाबीलाई अन्तरराष्ट्रिय कानूनको स्थापित सिद्धान्तको विपरीत रहेको जनाएको छ ।
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
उपनिर्वाचनमा बर्नह्यामको जितले बेलायती प्रधानमन्त्री स्टारमरमाथि दबाब
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
पूर्वगोर्खा वृद्ध, वृद्धा नेपालीमाथि बेलायतमा आक्रमण
मेरो मेनोपज यात्रा: मौन पीडाबाट आत्मविश्वाससम्म
तमु धीं यूकेको १७औँ नेपाली मेला अगस्ट ३० मा, एम्बासडर कपदेखि सांस्कृतिक प्रतिस्पर्धा हुने
नेपालका परराष्ट्रमन्त्री शिशिर खनाल बेइजिङमा
नेपालमा चेक अनादरको अभियोगमा सेफ सन्तोष साह पक्राउ
स्कटल्याण्डमा सेलरोटी बिक्रीबाट मन्दिरका लागि दुई घण्टामै ४०० पाउन्ड संकलन