
न्यूयोर्क । हामी नेपाली ग्लोबलले पहिलो पटक नेपाल महोत्सव आयोजना गर्ने भएको छ । क्यानाडा र अमेरिकामा बसोबास गर्ने नेपाली तथा विदेशी पर्यटकलाई लक्षित गर्दै अमेरिका र क्यानाडाको सीमा नायग्रा फल्समा यही अक्टोबर १ र २ तारिखमा सो महोत्सव आयोजना गर्न लागेको हामी नेपाली ग्लोबलले पत्रकार सम्मेलन गरी जानकारी दिएको हो । नेपाललाई विदेशी भूमिमा चिनाउने उद्देश्यले नेपाल महोत्सव गर्न लागेको आयोजकले जनाएको छ ।
हामी नेपाली ग्लोबलका अध्यक्ष अमृत लामाले नेपालको शिक्षा, कृषि र पर्यटनमा काम गरेर नेपालमा रहेका नेपालीहरुलाई सहयोग पुर्याउनका लागि हामी नेपाली ग्लोबलको स्थापना भएको प्रसंग कोटयाउँदै नेपालको विभिन्न गाउँ ठाउँमा उत्पादित उपभोग्य वस्तुलाई महोत्सवको माध्यमबाट विश्व बजारीकरण गर्न सकिने बताए । महोत्सवमा विभिन्न समुदायले उत्पादन गरेका वस्तुलाई स्टल राख्न सकिने लामाले जानकारी दिए । महोत्सवमार्फत विदेशीलाई नेपालमा भित्र्याउन सकेमा महोत्सवको उपलब्धी रहने उल्लेख गर्दै अध्यक्ष लामाले सबै नेपालीलाई महोत्सवमा सहभागी हुन अनुरोध गरे । यस्ता महोत्सव भविष्यमा विभिन्न शहरहरुमा आयोजना गर्दै विदेशीलाई नेपाल भित्र्याउन प्रोत्साहन गरिने अध्यक्ष लामाको भनाइ छ ।
महोत्सवका संयोजक सामाजिक अभियन्ता केशवराम राईले नेपाल र नेपालीलाई चिनाउनका लागि नेपाल महोत्सवलाई सफल बनाउन सबै मिलेर सहयोग र सहकार्य गर्न सबै नेपालीलाई आग्रह गरे । यो महोत्सवलाई सबै नेपालीले अपनत्व गर्दै सहभागी हुन राईले अनुरोध गरे ।
द गुरुङ तमु सोसाइटीका अध्यक्ष तोरण गुरुङले सबै नेपालीहरुलाई एउटै मालामा उन्न र जोड्न सकिने नाम हामी नेपाली ग्लोबल नाम नै अर्थपूर्ण रहेको उल्लेख गर्दै नेपाल महोत्सवले सबै नेपालमा उत्पादित वस्तुलाई विश्व बजारमा पुर्याउन सहयोग पुग्ने बताए ।
नेपाल अमेरिका पत्रकार संघ (नेजा)का कार्यवाहक अध्यक्ष मच्छे गुरुङले महोत्सवमा के के गर्न सकिने, के के कार्यक्रम आयोजना गर्ने भन्ने बारेमा समयमा नै सूचना दिएमा धेरैभन्दा धेरै नेपालीलाई समेट्न सकिने बताए । नेपाल र नेपालीलाई चिनाउनका लागि नेपालीले गरेको महोत्सवमा धेरैभन्दा धेरै नेपालीलाई जोड्न सकेमा महोत्सव सफल बनाउन सकिने बताउँदै सबै समुदायलाई हातेमालो गरेर सहयोग गर्न समेत अनुरोध गरिन् ।
त्यस्तै, एनआरएनए न्यूयोर्क च्याप्टरका उपाध्यक्ष तथा महोत्सवका आर्थिक संयोजक शोभाकान्त पाण्डेले पर्यटनले नै देश विकास गर्न सकिने र देशलाई विश्वस्तरमा चिनाउन सकेमा पर्यटकलाई भित्र्याउन सकिने भएकोले पर्यटकीस्थल नायग्रा फल्सबाट महोत्सवको शुरु गर्न लागेको जानकारी दिए । पाण्डेले प्रति व्यक्ति १ सय डलरमा जान आउन र होटलमा बस्ने व्यवस्था गरेको जानकारी दिए ।
त्यस्तै, नेपाल आदिवासी जनजाति महासंघ (फिप्ना)का सभामुख सुवर्ण शाक्यले नेपाली उत्पादन र विभिन्न नेपाली परिकारका स्टल राखिने जानकारी दिंदै महोत्सवमा सहभागी हुन सबैलाई आव्हान गरे । त्यस्तै, युनाइटेड किरात राई अर्गनाइजेशन अमेरिका न्यूयोर्क च्याप्टरका अध्यक्ष ममता राईले कार्यक्रमले पर्यटनको माध्यमबाट गाउँ र समुदायको विकास गर्न सकिने बताए ।
त्यस्तै, महोत्सवमा नेपालमा विभिन्न जातजातिका भेषभूषालाई विदेशमा ल्याएर बिक्री वितरण गर्न सकेमा नेपाललाई आर्थिक रुपमा सवल बनाउन सकिने बताए ।
किरात याक्थुङ चुम्लुङका अध्यक्ष सुमन थाम्सुहाङले कार्यक्रम सञ्चालन गरेका थिए । महोत्सवले नेपाल र नेपाली उत्पादनलाई विश्व बजारमा बजारीकरण गर्दै नेपाली अर्थतन्त्रमा टेवा पुर्याउने आयोजकको अपेक्षा छ । कार्यक्रममा विभिन्न संघ संस्थाका प्रतिनिधीहरु सहभागी थिए ।
मधेस प्रदेशका मुख्यमन्त्री पदमा कृष्णप्रसाद यादव नियुक्त
नेपाली चलचित्रमा दर्शकको आकर्षण बढ्दो
बेलायती पोर्न कम्पनी एभिएस ग्रुपलाई १० लाख पाउन्ड जरिवाना
लन्डनमा नेपाली बैंक सिटिजन्सलाई दोस्रो पटक ‘बैंक अफ द इयर अवार्ड’
भारतको सबैभन्दा ठूलो विमान कम्पनीद्वारा २२०० उडान रद्द, हजारौँ यात्रुहरू अलपत्र
आप्रवासनका लागि बेलायत आउने व्यक्तिको सङ्ख्या ६९ प्रतिशतले घट्यो
बेलायतमा अध्ययन गर्न विद्यार्थी आउने मुख्य पाँच मुलुकमा नेपाल पनि
रोयल बरो अफ ग्रीनविच नेप्लिज सोसाइटीमा संरक्षक र सल्लाहकार मनोनीत
एनआरएनएका श्रेष्ठ र केसी समूहबीच बृहत् एकता, ६ महिनाभित्र महाधिवेशन गरिने
वैरागी काइँलालाई ५ लाख राशीको ‘पहिचान सम्मान’, गीलु रातोसलाई ‘पहिचान युवा सम्मान