
डुम्रे । तनहुँ समाज हङकङले मुटु रोगबाट पीडित तनहुँको ऋषिङ गाँउपालिका–७ की ४३ वर्षीया चन्द्रमाया नेपालीलाई आर्थिक सहयोग गरेको छ । समाजले उहाँलाई रु एक लाख ७९ हजार सहयोग गरेको हो ।
डेढ दशकदेखि मुटु रोगबाट पीडित नेपालीलाई समाजका पूर्व अध्यक्ष भीमराज गुरुङ र श्रीराम आलेले उहाँकै घरमा गई सहयोग रकम हस्तान्तरण गर्नुभएको हो । रोजगारीको सिलसिलमा हङकङमा रहेकाहरुले उक्त रकम सङ्कलन गरेका हुन् । उहाँको हालै मुटुको शल्यक्रिया गरिएको थियो । शल्यक्रिया पश्चात थप औषधी सेवन गर्नुपरेकाले आर्थिक अभाव भएको अवस्थामा गरिएको सहयोगले उपचारमा मद्दत पुगेको गुरुङले बताउनुभयो ।
पीडित नेपालीका श्रीमान् डोलराजका अनुसार उपचार गर्न आर्थिक अभाव भएपछि तनहुँ हङकङ समाजलाई सहयोगका लागि आग्रह गरिएको हो । सामाजिक सेवामा सक्रिय समाजले यसअघि पनि थुप्रैलाई सहयोग गरेको छ । हङकङमा बसोबास गर्दै आएका नेपालीहरुले समन्वय गरी सहयोग रकम सङ्कलन गर्दै आएका कार्यक्रमका संयोजक प्रदीप काफ्लेले जानकारी दिनुभयो । समाजले एक दशकदेखि तनहुँको शिक्षा, स्वास्थ्य, खानेपानी, दैवीप्रकोपलगायत क्षेत्रमा सहयोग गर्दै आएको छ ।
इराकमा कार्यरत नेपालीलाई अभिलेखीकरणमा ल्याउने नेपाल सरकारको निर्णय अत्यन्त स्वागतयोग्य : एनआरएनए
रास्वपा सभापति र काठमाडौं महानगर प्रमुखबीच राजनीतिक सहमति, भावी प्रधानमन्त्रीको उम्मेदवार बालेन्द्र शाह
जनवरी १ मा लन्डनमा टोपी दिवस मनाइने
नेपालमा सवा ९ लाख मतदाता थपिए
मदनकृष्ण श्रेष्ठको स्वर र अभिनयमा ‘पहाड भो मलाई’ बोलको गीत सार्वजनिक
बेलायतको प्लमस्टिडमा मोहन गुरुङको टिमद्वारा ‘एसियन ओरिएन्टल सुपरमार्ट’ सञ्चालन
अमेरिकामा भएको नेपाली गायन र नृत्य प्रतियोगितामा आर्या र खुसी विजयी
बेलायतमा अरुले कमाउँछन्, म सेवा गर्छु : पुनम गुरुङ
बेलायतमा ईलमपोखरी समाज यूकेले भव्य रुपमा मनायो ‘त ल्हो’ल्होछार
नेपाली दूतावास लन्डनमा पहिलो पटक ध्यान शिविर आयोजना, करिब ४० जना सहभागी