
काठमाडौँ । नेपाल सरकारसँग सद्गुरु जग्गी वासुदेवको ‘माटो जोगाऔँ’अभियानले यही भदौ १७ गते सम्झौतापत्रमा हस्ताक्षर गर्ने भएको छ । नेपाल सरकारको तर्फबाट कृषि तथा पशुपंक्षी विकास मन्त्रालय र माटो जोगाऔँ अभियानबीच हस्ताक्षर हुन लागेको हो ।
माटो जोगाऔँ अभियान माटोको विनाशलाई सम्बोधन गर्नका लागि ईशा फाउण्डेशन नामको लाभरहित मानव सेवी संस्थानका संस्थापक सद्गुरुद्वारा पहल गरिएको विश्वव्यापी अभियान हो । माटोलाई स्वस्थ राखिरहनका लागि विश्वभरिका मानिसलाई एकजुट गर्ने साथै उब्जाउयोग्य माटोमा जैविक पदार्थको मात्रा वृद्धि गर्नका लागि हरेक राष्ट्रमा राष्ट्रिय नीति निर्माण र कार्यान्वयन गर्न सबै राष्ट्रका नेतृत्वकर्तालाई सहयोग गर्ने अभियानको उद्देश्य रहेको छ ।
माटोको विनाशको सङ्कटलाई सबैसामु छर्लङ्ग पार्नका लागि सद्गुरुले गत मार्चमा २७ राष्ट्रहरूमा १०० दिने यात्रा सुरु गर्नुभएको थियो । यात्राको सुरुआतदेखि ८० राष्ट्रहरूले माटो जोगाऔँ अभियानलाई समर्थन गरेका छन् । क्यारेबियन राष्ट्रहरू, अजरबैजान, युएई लगायतका राष्ट्रले माटो जोगाउन सम्झौतापत्रमा हस्ताक्षर गरिसकेका छन् । पर्यावरणीय कार्यको नेतृत्व गरिरहेका अन्तर्राष्ट्रिय संस्थाहरू आयुसिएन, संयुक्त राष्ट्रसङ्घका संस्था तथा अन्य संस्था पनि यस अभियानसँग साझेदारी गर्न अग्रसर भएका छन् ।
कार्यक्रममा सद्गुरुले तत्काल माटो जोगाउन किन आवश्यक छ भन्नेबारे सम्बोधन गर्नुहुनेछ । नेपालमा आयोजना हुने उक्त माटो जोगाऔँ अभियानको कार्यक्रममा नेपाल सरकारका विभिन्न मन्त्रालयका अधिकारीसहित पाँच हजारभन्दा बढीको उपस्थिति हुने जनाइएको छ ।
प्राविधिक शिक्षा विस्तारमा सहकार्य हुन्छ : बेलायती मन्त्री मल्होत्रा
तमु धीं को आयोजनामा आज बेलायतमा २४ औं गोर्खा कप, ५६ टिमबीच प्रतिस्पर्धा हुने
दोस्रो गण्डकी लोक तारा २०८३ मा स्याङ्जाकी बत्तीकुमारी थापा प्रथम
बेलायतीमन्त्री मल्होत्रा र लुम्बिनीका मुख्यमन्त्री आचार्यबीच भेटवार्ता
पूर्वब्रिटिस गोर्खाका चिन्ता र गुनासालाई यथाशीघ्र सम्बोधन गर्न बेलायती मन्त्रीसँग परराष्ट्रमन्त्री खनालको आग्रह
बेलायतमा २४ औं गोर्खा कपमा ५६ टिम भिड्ने, ३ लाख ५० हजार पाउन्डभन्दा बढी खर्च हुने अनुमान
किरात सुनुवार सेवा समाज यूकेले मनायो उभौली पर्व
डा.सुमाया राईको पुस्तक ‘जिन्दगी फूल सम्झे फूलै हो’ लन्डनमा विमोचन
बेलायतमा नवनिर्वाचित काउन्सिलर कमलबहादुर गुरुङलाई तमु समाज यूकेको सम्मान
नेपाल तामाङ घेदुङमा नयाँ कार्यसमिति निर्वाचित, अध्यक्षमा रामकृष्ण ब्लोन [सूचीसहित]