
काठमाडौँ । नेपाल सरकारसँग सद्गुरु जग्गी वासुदेवको ‘माटो जोगाऔँ’अभियानले यही भदौ १७ गते सम्झौतापत्रमा हस्ताक्षर गर्ने भएको छ । नेपाल सरकारको तर्फबाट कृषि तथा पशुपंक्षी विकास मन्त्रालय र माटो जोगाऔँ अभियानबीच हस्ताक्षर हुन लागेको हो ।
माटो जोगाऔँ अभियान माटोको विनाशलाई सम्बोधन गर्नका लागि ईशा फाउण्डेशन नामको लाभरहित मानव सेवी संस्थानका संस्थापक सद्गुरुद्वारा पहल गरिएको विश्वव्यापी अभियान हो । माटोलाई स्वस्थ राखिरहनका लागि विश्वभरिका मानिसलाई एकजुट गर्ने साथै उब्जाउयोग्य माटोमा जैविक पदार्थको मात्रा वृद्धि गर्नका लागि हरेक राष्ट्रमा राष्ट्रिय नीति निर्माण र कार्यान्वयन गर्न सबै राष्ट्रका नेतृत्वकर्तालाई सहयोग गर्ने अभियानको उद्देश्य रहेको छ ।
माटोको विनाशको सङ्कटलाई सबैसामु छर्लङ्ग पार्नका लागि सद्गुरुले गत मार्चमा २७ राष्ट्रहरूमा १०० दिने यात्रा सुरु गर्नुभएको थियो । यात्राको सुरुआतदेखि ८० राष्ट्रहरूले माटो जोगाऔँ अभियानलाई समर्थन गरेका छन् । क्यारेबियन राष्ट्रहरू, अजरबैजान, युएई लगायतका राष्ट्रले माटो जोगाउन सम्झौतापत्रमा हस्ताक्षर गरिसकेका छन् । पर्यावरणीय कार्यको नेतृत्व गरिरहेका अन्तर्राष्ट्रिय संस्थाहरू आयुसिएन, संयुक्त राष्ट्रसङ्घका संस्था तथा अन्य संस्था पनि यस अभियानसँग साझेदारी गर्न अग्रसर भएका छन् ।
कार्यक्रममा सद्गुरुले तत्काल माटो जोगाउन किन आवश्यक छ भन्नेबारे सम्बोधन गर्नुहुनेछ । नेपालमा आयोजना हुने उक्त माटो जोगाऔँ अभियानको कार्यक्रममा नेपाल सरकारका विभिन्न मन्त्रालयका अधिकारीसहित पाँच हजारभन्दा बढीको उपस्थिति हुने जनाइएको छ ।
बेलायतमा अरुले कमाउँछन्, म सेवा गर्छु : पुनम गुरुङ
सहारा यूकेको अध्यक्षमा शारदा गुरुङ चयन
दुर्घटनामा मृत्यु भएका युबिन तामाङको बेलायतमै अन्त्येष्टि
बेलायत र इरानका विदेशमन्त्रीबीच प्रत्यक्ष टेलिफोन वार्ता
नेपाली राजदूतावास लन्डनमा आइतबार विशेष योग ध्यान कार्यक्रम हुने
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
अष्ट्रेलिया सिड्नीमा गोलीकाण्ड, कम्तीमा ११ जनाको ज्यान गयो
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ